logo

नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौतामा हस्ताक्षर

    1331   पटक पढिएको

२१ फागुन /अर्थ र व्यापार  - नेपाल र बंगलादेशको मन्त्रिपरिषद बैठकले पारित गरेपछि मंगलबार अर्थमन्त्रालयमा दोहोरो कर उन्मुक्ति सम्झौतामा हस्ताक्षर भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुसेनले सम्झौतामा हस्ताक्षर गरे । यो सम्झौतापछि रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को दशेमा बसेर आर्जन गरेको सम्पत्तिमाथि सोही देशमा मात्रै कर तिर्दा हुन्छ । नेपाल बसेर आय आर्जन गर्ने बंगलादेशीले नेपालमा कर तिर्दा हुन्छ भने बंगलदशेमा बसेर आय गर्नेले उतै आय कर तिर्दा हुन्छ ।

एउटा देशमा मात्रै कर लगाउँदा लगानीकर्ता र व्यवसायीलाई लगानीका लागि उचित वातावरण तयार हुन्छ । यस्तो सम्झौता नभए आफ्ना देशका नागरिकले विदेश बसेर गरेको आर्जनमा पनि सरकारले आय कर दावी गर्न सक्छ । यसले लगानीकर्तालाई दोहोरो कर तिर्नुपर्ने हुन्छ । यसैकारणबाट लगानीकर्ताहरु लगानी लिएर नआउने सम्भावना बढी हुन्छ । पछिल्लो समयमा बंगलादशेबाट पनि नेपालमा कम्पनीहरु भित्रिन थालेका छन् । लगानी लिएर आउने लगानीकर्ताहरुलाई यस्तो सम्झौताले आत्मबल र प्रेरणा दिने सरकारको अपेक्षा छ । बंगलादेशसँग यस्तो समझौता गर्ने समझदारी २०७१मै भएको थियो । २०५४ सालबाट दोहोरो कर उन्मुत्तिक्त सम्झौता गर्न दुई सरकारबीच कुराकानी सुरु भएको थियो । तर, लामो समयसम्म यसमा सहमति भएको थिएन ।

यो सम्झौतापछि नेपाल आउन चाहाने बंगलादेशी बहुराष्ट्रिय कम्पनीलाई सहज हुनेछ । नेपमालले यसअघि १० देशसँग यस्तो समझौता गरिसकेको छ । बंगलादेश दोहोरो कर उन्मुक्ति सम्झौता भएको ११औं मुलुक हो । नेपालले भारत, चीन,  कोरिया, नर्वे, थाइल्यान्ड, श्रीलंका, मरिसस, अस्ट्रिया, पाकिस्तानसँग पनि यो सम्झौता गरेको छ । यसबाहेक अमेरिका, जापान, मलेसिया, सिंगापुर, क्यानडा, ब्राजिल लगायत मुलुकसँग सम्झौतागर्न दुई पक्षीय छलफल भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।