logo

नौविसे–नागढुंगा सुरुङमार्गको जग्गा अधिग्रहण प्रक्रिया अगाडी बढ्यो, मुआब्जाका लागि सूचना जारी 

    2075   पटक पढिएको

२६ आषाढ/अर्थ र व्यापार– नौविसे–नागढुंगा सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको छ । जापान सरकारको करिव १५ अर्ब रुपैयाँ अनुदान सहयोगमा आगामी चार बर्ष भित्रमा यस सुरुङमार्गको निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ । 

आयोजनाले साविकको चन्द्रागिरी नगरपालिका (साविकका महादेवस्थान,बलम्वु,दहचोक र थानकोट गाविस)का वडा न१,३,४,५,७ र १२ अधिग्रहणमा पर्ने जग्गाधनीले जग्गाधनी प्रमाणपुर्जा,तिरो तिरेको रसिद,वडारनगरपालिकाको सिफारिस,नागरिकताको प्रतिलिपी,प्रमाणपत्र सहित आयोजनाको कार्यालय ज्वागलमा रकम बुझ्न आग्रह गरेको छ । 

सुरुङमार्ग बनाउने ठाउँमा संस्था र व्यक्तिको गरि ४ सय ३७ जग्गाधनीको जग्गा छ ।
आयोजनाका लागि २ सय ६७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ । यो क्षेत्रमा जग्गाको प्रकृति हेरेर ९ देखि ४२ लाख रुपैयाँ प्रतिआनासम्म पर्छ ।

अहिले जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग(जाइका)ले यो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पारिसकेको छ।अहिले यो प्रतिवेदन माथि थप अध्ययन भैरहेको सडक विभाग वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।
 महाशाखाका अनुसार अहिले उक्त डिपिआर जाइकाले अध्ययन गरिरहेको छ । जाइकाले उनीहरुको रिक्वायरमेन्ट अनुसार हेरेर थपघट गर्छ’उनले भने, जाइकाबाट नो अब्जेक्स लेटर पाएपछि मात्रै टेण्डर प्रक्रियामा जान सकिने महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

सुरुङमार्ग नागढुङगा–नौविसे सडकखण्ड अन्तर्गत थानकोट नजिकैक वस्नेतछापदेखि सिस्नेखोला २.७ किलोमिटरको हुनेछ ।सुरुङमार्गको पुर्वीद्धार नागढुङगाको फेदीमा पर्ने बस्नेतछापमा हुनेछ भने पश्चिमद्धार सिस्नेखोलामा रहनेछ । थानकोट देखि बस्नेतछाप २.६ किलोमिटर पुर्वीद्धारसम्म पुग्ने पहुचमार्ग निर्माण हुनेछ ।

सुरुङमार्गले नागढुङगाबाट घुमेर जाने बाटोमा लाग्ने ८ किलोमिटर बाटो छोट्याउने छ भने यात्रुको ३० मिनेट समय बचत गर्ने छ । 
जाइकाले तयार पारेको डिपिआर अनुसार सुरुङमार्गको चौडाई साढे ९ मिटरको हुनेछ । सुरुङमार्ग तीन लेनको हुनेछ । ३.५–३.५ मिटरको लेन हुनेछ । 

सवारीसाधन आउन जानका लागि दुईवटा लेन प्रयोग हुनेछन् । वीचमा २.५ मिटरको लेन सुरुङमार्ग भित्र गाडी विग्रिए वा समस्या आएमा साइड लगाउन र बाहिर निकाल्नका लागि प्रयोग गरिने छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।