logo

मुग्लिनमा निर्माणाधीन दोस्रो नमुना आर्क ब्रिज बैशाखदेखि संचालनमा आउने

    1302   पटक पढिएको

१७ फागुन/ अर्थ र व्यापार - पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिनमा निर्माणाधीन नेपालकै दोस्रो नमुना आर्क ब्रिज बैशाखदेखि संचालनमा आउने भएको छ । फागुनमा निर्माण पूरा गरेर फागुन संचालनमा ल्याउने लक्ष्य राखिएको पुल दुई महिना ढिलो गरी संचालनमा ल्याउन लागिएको हो । 

चैत मसान्तसम्म संरचना निर्माण सक्ने र बैशाख १ गतेबाट संचालन ल्याउने तयारी रहेको पुल महाशाखा प्रमुख दिपक भट्टराईले जानकारी दिए । उनका अनुसार अधिकांश संरचना तयार भैसकेको छ । अहिले ब्रिजमा ढलान भैरहेको छ । केही दिनभित्रै ढलान सकिने पुल महाशाखाले जनाएको छ । ढलान सकिएपछि रेलिङ हाल्ने,एप्रोच रोड बनाउने लगायतका काम सुरु गरिने छ । चैतसम्ममा ब्रिज तयार पार्ने र बैशाखमा उद्घाटन गरेर संचालनमा ल्याईने भट्टराईले जानकारी दिए । मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसि मोटरेवल आर्क ब्रिज पुरा भएपछि दुईतर्फी आवगमनमा सहज हुने अपेक्षा गरिएको छ ।

विश्व बैंकको १२ करोड रुपैयाँ लागतमा यो पुल निर्माण गर्न लागिएको हो । १ सय ६० मिटर लामो पुल ११ मिटर चौडाईको हुनेछ । २०७१ सालबाट निर्माण सुरु गरिएको थियो । चीनमा पढेर आएर नेपाली इन्जिनियरहरुले डिजाईन गरेको दोस्रो आर्क ब्रिज हो । पहिलो चोभारमा ट्रायलका रुपमा निर्माण गरिएको छ । निर्माण सम्पन्न भएपछि नेपाली इन्जिनियरहरुले पनि आर्क ब्रिज डिजाईन गरेर निर्माण गर्न सक्छन् भन्ने सावित हुने छ ।

आर्क ब्रिज सामान्य पुलभन्दा तुलनात्मक रुपमा बलियो र टिकाउ मानिन्छ भने लागत समेत कम लाग्छ । आर्क ब्रिजमा सवारीसाधनले उत्पन्न गर्ने कम्पन शून्य बराबर हुन्छ । यो पुल अफ्ठेरा ठाउँहरुमा सहजै निर्माण गर्न सकिने प्रकृतिको हुन्छ । पहाडका अफ्ठेरा ठाउँहरुमा निर्माण गर्न सामान्य पुलको तुलनामा सहज हुने भएकाले यो डिजाईन र प्रविधि नेपालमा उपयोगी मानिएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।