logo

न्यूनतम ज्याला सम्बन्धि सहमति मान्दैनौं : उद्योग सङ्गठन मोरङ

    1634   पटक पढिएको

२५ आषाढ/अर्थ र व्यापार– नेउवा महासङ्घले नेपाल सरकारसित श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० निर्धारण गर्ने भनी सोमवार गरेको सहमतिप्रति उद्योग सङ्गठन मोरङले बिरोध गरेको छ ।

 उद्योग सङ्गठन मोरङको अध्यक्षमा पदभार ग्रहण गरेको एक साता पनि नबित्दै भीम घिमिरेले नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल सरकारसित गरेको निर्णयप्रति विद्रोह जनाएका हो ।

सङ्गठनको ४६औँ साधारण सभाबाट जेठ २७ गते अध्यक्षमा निर्वा्चित अध्यक्ष घिमिरेले असार २४ देखि पदभार ग्रहण गरेका हुन् ।

महासङ्घका अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष चन्द्रप्रसाद ढकालले एकलौटि रूपमा गरेको सहमति हामीलाई मान्य छैन । यसप्रति हामी गम्भीर आपत्ति र असहमति प्रकट गर्दछौं  घिमिरेले बताए ।

न्यूनतम पारिश्रमिकको निर्णयका बारेमा महासङ्घलाई सङ्गठनका तर्फबाट लिखित रूपमै असहमति र आपत्ति जनाइसकेको जानकारी दिँदै घिमिरेले यो निर्णय कार्यान्वयनका लागि बाध्य बनाइएमा उद्योग–व्यवसाय र उद्यमशीलता नै धराशायी हुने जिकिर गरे ।
उनले आगामी साउन ७ गते भित्र मोरङ र सुनसरीका सम्पूर्ण उद्योगीको बृहत् भेला बोलाएर यो निर्णयको विरोध गर्ने जानकारी दिए ।
राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार दुई वर्षयता १३ प्रतिशत महँगी वृद्धि भएको तर न्यूनतम पारिश्रमिक ३६ दशमलव ६६ प्रतिशतले बढाउने सम्झौता गरिएको दाबी गर्दै उनले यसप्रति आफ्नो विरोध रहेको उल्लेख गरे ।

घिमिरेले थपे, ‘न्यूनतम पारिश्रमिकको २० प्रतिशत सामाजिक सुरक्षा भत्ता, विदाको रकम, दशैँ खर्च लगायतका खर्च जोड्दा ३६ होइन ५० प्रतिशत वृद्धि पुग्छ।’

मुलुकमा सबैभन्दा बढी रोजगारी सृजना गर्ने उद्योग मोरङ र सुनसरी अनि वारा र पर्सामा उद्यमीलाई न्यूनतम ज्याला निर्धारण गर्दा प्रतिनिधित्व सम्म नगराइनु घोर आपत्तिजनक भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।