logo

निर्यात बढाउन अर्थमन्त्रीको आग्रह

    1562   पटक पढिएको

२९ षुस / अर्थ र व्यापार - निजी क्षेत्रको हकहित संरक्षणका साथै मुलुकको आर्थिक सामाजिक विकास गर्ने उद्देश्यले स्थापित नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश गरेको छ।

सात दशकको अवधिमा चेम्बरले मुलुकको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्रका तर्फबाट दह्रिलो सहयोगीको भूमिका निर्वाह गरेको छ। आर्थिक तथा व्यापारिक गतिविधि अभिवृद्धि, स्वदेशी उत्पादनको विश्वव्यापीकरण तथा व्यापार विस्तारका साथै मुलुकको ढुकुटीमा उल्लेख्य राजस्व वृद्धिमा चेम्बरको योगदान रहेको छ।

चेम्बरको ६९ औँ वार्षिक साधारणसभा तथा ‘चेम्बर दिवस २०७६’ का अवसर पारेर सोमबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको लगानीबाट मात्र मुलुकको समृद्धि सम्भव नभएकाले यसका लागि निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको बताए।

‘मुलुक उच्च आर्थिक वृद्धिको बाटोमा छ। यो सरकारको लगानीबाट मात्रै सम्भव भएको होइन, सरकारले जम्मा एक तिहाई लगानी गरेको छ, बाँकी दुईतिहाइ निजी क्षेत्रले लगानी गरेको छ, त्यसले नै अर्थतन्त्र सबल दिशामा अगाडि बढेको हो,’ उनले भने।

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनावी घोषणापत्र तथा सरकारको नीति कार्यक्रममा निजी क्षेत्रको भूमिकालाई स्पष्टसँग लिपीबद्ध गरिएको उल्लेख गर्दै उनले आर्थिक समृद्धिको मार्गमा निजी क्षेत्रलाई सँगसँगै लैजान निजी क्षेत्रमैत्री कानून निर्माण गरिएको बताए।

‘कानून निर्माण गर्दा निजी क्षेत्रसँग पर्याप्त मात्रामा छलफल गरिएको छ, अपारदर्शी कानूनलाई पारदर्शी बनाइएको छ,’ निजी क्षेत्रलाई विश्वासमा लिने आधार प्रस्तुत गर्दै उनले भने, ‘निजी क्षेत्रलाई हतोत्साही र निरुत्साहित गरेर मुलुकको समृद्धि सम्भव छ भन्ने हाम्रो निष्कर्ष होइन।’

समृद्धिको यात्रामा सरकार र निजी क्षेत्र एउटै डुङ्गामा रहेको टिप्पणी गर्दै अर्थमन्त्री डा. खतिवडाले डुङ्गा डुब्दा सरकार पनि असफल हुने बताए। उनले अप्ठ्यारा कानून भए छलफल गरी सुधार गर्न आह्वान गरेका थिए। मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न निर्यात बढाउनुपर्नेमा जोड दिँदै उनले निर्यातजन्य उद्योगमा लगानी गर्न आग्रह गरेका थिए।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन सरकारले भरमग्दुर प्रयत्न गरिरहेको उल्लेख गर्दै कानूनी सुधार र प्रक्रियागत झन्झटलाई अन्त्य गरिएको बताए।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले निकासी प्रवद्र्धनमा सरकारको ठोस नीति र कार्यक्रमको अभाव, कच्चा पदार्थको अभाव, कमजोर पूर्वाधार सञ्जाल, प्रशासनिक झमेला, दक्ष जनशक्तिको अभावलगायत कारणले व्यापार घाटा न्यूनीकरणमा चुनौति थपिएको बताएका थिए।

सो अवसरमा चेम्बरमा निरन्तर २५ वर्ष सेवा र्पुयाएका कर्मचारी, कार्यसमिति सदस्य तथा पदाधिकारीलाई सम्मान गरिएको थियो। यस्तै ‘जनकदास स्मृति पुरस्कार’ उद्योगी पद्म ज्योति र डोको रिसाइक्लर्स नामक संस्थालाई प्रदान गरिएको थियो। सो संस्थाले फोहोरबाट बहुउपयोगी वस्तु निर्माण गर्दै आएको छ। यस्तै ‘वनवरीलाल स्मृति पुरस्कार’ पर्यटन व्यवसायी सिर्जना राणा, ‘इन्द्रभक्त स्मृति पुरस्कार’ विजयकुमार साह र ‘ईश्वरलाल श्रेष्ठ लाइफटाइम एचिभमेन्ट पुरस्कार’ महेशलाल प्रधानलाई प्रदान गरिएको छ।

कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले चेम्बर स्मारिका र महिला चेम्बरले एक वर्षको अवधिमा गरेको गतिविधिको विवरण समेटिएको पुस्तक विमोचन गरेका थिए।

मुलुक सङ्घीय संरचनामा गएसँगै चेम्बरले सङ्गठनलाई पनि सोहीअनुरुप पुनःसंरचना गरेको छ। सातवटै प्रदेश र ७७ जिल्लामा चेम्बर अभियान र्पुयाउने लक्ष्य अनुसार हालसम्म ५९ जिल्ला, ४० नगर तथा केही स्थानीय तहमा समेत चेम्बरले सक्रिय उपस्थिति जनाएको छ। हाल चेम्बरमा ८६ वस्तुगत सङ्घ र २१ द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ आबद्ध छन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।