logo

प्रधानमन्त्रीले स्थापना गरेका संस्थाका कर्मचारीनै भ्रष्ट, १५०० जनामाथि छानबिन गर्दै अख्तियार

    1172   पटक पढिएको

 २३ मंसिर / अर्थ र व्यापार - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हजार ५०० व्यक्तिको सम्पत्ति तथा उनीहरुको दैनिक जीवन एवम् रहनसहनको छानबनि गरिरहेको छ । पछिल्ला दिनमा भ्रष्टाचारको मात्रा बढेको र त्यो स्थानीय तहसम्म फैलिएको पाइएपछि अख्तियारले एकैपटक डेढ हजार व्यक्तिको सम्पत्ति छानबनि थालेको हो ।

भ्रष्टाचार विरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले उच्च सरकारी अधिकारीदेखि स्थानीय तहका प्रमुख तथा वडा अध्यक्षहरुको सम्पत्ति छानबनि भइरहेको जानकारी दिए । पछिल्ला दिनमा सरकारी कार्यालयका प्रमुखनै गैरजिम्मेवार देखिएको र प्रधानमन्त्रीले विशेष काममा लागि भनेर स्थापना गरेका संस्थाका कर्मचारी नै भ्रष्टाचारमा संलग्न देखिएका छन् ।

विशेष काममा लागि स्थापना भएका सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीले नै भ्रष्टाचारमा संलग्न देखिएको र उनीहरु कोही कसैप्रति जिम्मेवार नदेखिएको अख्तियारको अनुसन्धानमा देखिएको छ । विशेष गरी बढी सेवाग्राहीको भीड हुने सरकारी कार्यालयमा भ्रष्टाचारको मात्रा बढेको छ । यातायात व्यवस्था कार्यालय, कम्पनी रजिष्टारको कार्यालय, नापी तथा मालपोत कार्यालयमा बढी भ्रष्टाचार हुने गरेको छ ।

यस्तै सार्वजनिक खरीदमा संलग्न हुने विकासे मन्त्रालय तथा विभागहरुमा समेत देखिने, नदेखिने खालका भ्रष्टाचारको मात्रा बढेको छ । यस्तै राजस्व कार्यालय तथा सेवाग्राही बढी जाने विद्युत् प्राधिकरण तथा त्रिभुवन विश्वविद्यालयका विभिन्न कार्यालयमा समेत भ्रष्टाचारको दर बढी देखिएको छ । ती निकायका अख्तियारले गरेको स्टिङ अप्रेसन तथा विशेष कार्यदललेगरेको अध्ययनमा समेत भ्रष्टाचारको मात्रा बढी देखिएको छ ।

सार्वजनिक खरिदमा हुने भ्रष्टाचारमा नेपाल सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीको समेत संलग्नता हुने गरेको पाइएको छ । कोही कसैप्रति जिम्मेवार नहुने प्रवृत्ति बढेको प्रमुख घिमिरेले जानकारी दिए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।