logo

चक्रपथमा प्रविधियुक्त विद्युतीय बसमा लगानी गर्न लगानीकर्तालाई आह्वान

    1207   पटक पढिएको

८ चैत्र /अर्थ र व्यापार - लगानी बोर्डले चक्रपथमा ट्राफिक व्यवस्थापन गर्नका लागि प्रविधियुक्त विद्युतीय बसको अवधारणा अघि सारेको छ । बोर्डका प्रवक्ता बलराम रिजालले लगानी सम्मेलन मार्फत् चक्रपथमा ट्राफिक व्यवस्थापनको लागि प्रविधियुक्त विद्युतीय बसमा लगानी गर्न लगानीकर्तालाई आह्वान गरिएको बताए । उनले चक्रपथमा सञ्चालन गरिने विद्युतीय बस ‘बस र्या्पिड ट्रान्जिट’ (बिआरटी) आयोजनामा विदेशी लगानीकर्ताले लगानी गर्न सक्ने बताए । प्रवक्ता रिजालका अनुसार सो आयोजनाको लागत करिब १६ अर्ब ३९ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । सम्मेलन यही चैत्र १५ र १६ गते काठमाडौंमा हुँदैछ ।

मुलुकको यातायात क्षेत्र विकास होस् भन्ने उद्देश्यका साथ सो आयोजना छनोट गरिएको लगानी प्रवक्ता रिजालले बताए । रिजालका अनुसार बिआरटी आयोजना अन्र्तगत चक्रपथमा ७० देखि ७५ वटा प्रविधि सहतिको विद्युतीय बस सञ्चालन गर्न सकिन्छ । १६० जना यात्रु बोक्ने क्षमता भएको बस सञ्चालनको लागि सार्वजानिक–निजी–साझेदारी व्यवस्था अनुरुप सञ्चालनमा ल्याउन लागिएको हो । बसमा ट्राफिक नियन्त्रण प्रणाली हुनुको साथै बस रोकिने स्थान लगायतका सम्पूर्ण जानकारीहरु डिसप्लेमा देख्न सकिने हुनुपर्ने छ ।

बोर्डका अनुसार शहरी क्षेत्रको लागि निर्धारण गरिएको सो आयोजना विकास सञ्चालन र व्यवस्थापन मर्मत निर्माण परिचालन–स्थान्तरण (बिओटी) मोडलमा आधारित छ ।
प्रदेश नं ३ स्थित काठमाडौं चक्रपथको लागि सो आयोजना हो । चक्रपथमा सञ्चालन गर्न सकिने ७० देखि ७५ वटा विधुतिय बसका लागि ३० वटा चार्जिङ स्टेशन आवश्यक पर्ने बोर्डले जनाएको छ । प्रवक्ता रिजालले बस सडकको बीच भागबाट ७.५ तथा ८ मिटरको दुरीमा सञ्चालन हुने बताए । ५ मिटरको दुरीमा बसर्पाक राखिने तयारी गरिएको विधुत्तिय बसका लागि लागि २६ देखि ३० वटा बसपार्क हुनेछ । ६ सय ९३ आनामा टर्मिनलको व्यवस्था गरिएको छ ।

बोर्डका अनुसार बसले २०१९ मा अधिकतमा २ लाख ४० हजार २ सय १५ देखि न्यूनतम १ लाख ५४ हजार ५ सय ४५ जना यात्रुलाई सेवा दिने तथा २०२९ मा अधिकतम ३ लाख ८ हजार ३७४ देखि न्यूनतम १ लाख ७० हजार २७३ यात्रुलाई सेवा दिनुपर्ने छ । यस्तै बसले २०३९ मा अधिकतम ४ लाख ८ हजार ८१ जना देखि न्यूनतम २ लाख २५ हजार ६५४ जना तथा २०४९ मा अधिकतमा ४ लाख २९ हजार ५३८ देखि न्यूनतम २ लाख ३७ हजार ४९८ लाइ सेवा दिनुपर्ने लक्ष्य राखेको छ । काठमाडौं उपत्यकामा ५ लाख नागरिकलाई सेवा दिने अनुमान गरेको छ ।

प्रतिदिन २० घन्टा सेवा दिने बसले ५ देखि १० प्रतिशत रकम विज्ञापन, एटीएम, रेन्ट ,कफी पसलबाट उठाउने बोर्डको भनाई छ । भौतिक पक्ष अर्थात् सडक, बत्ती, बस पार्क लगायतका वस्तुहरु भने सरकारी प्रयोग गर्ने बताएको छ । आयोजना अनुरुप बसको उपायोगिता अध्ययन ४ महिनाको हुनेछ भने ६ देखि ८ महिना डिपिआर (विस्तुत प्रतिवेदन अध्ययन) तथा आर्थिक पक्षको अध्ययन गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।