logo

विद्युत प्राधिकरणलाई चुहावट नियन्त्रण गर्दा २ अर्ब फाइदा

    1466   पटक पढिएको

२९ असार / अर्थ र व्यापार – लोडसेडिङ अन्त्य गरेर प्रशंसा कमाई रहेको नेपाल विद्युत प्राधिकरण पछिल्लो समय चुहावट नियन्त्रणका लागि प्रयत्नशील छ । प्राधिकरणले तयार पारेको प्रारम्भिक आँकडा अनुसार यो वर्ष करिब २.५ प्रतिशतले मात्र चुहावट कम भएको छ र यसबाट २ अर्ब फाइदा भएको छ । गत वर्षसम्म देशमा उपलब्ध विद्युतको करिब २५.७८ प्रतिशत चुहावट हुने गरेको थियो । यसवर्ष यो घटेर २०.२८ प्रतिशतमा रहेको छ । 

अहिले पनि तराईका जिल्लामा ठुलो मात्रामा बिजुली चोरी हुने गरेको छ । त्यहाँ ५५ देखि ६० प्रतिशतसम्म बिजुली चुहावट हुने गरेको छ । जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत पर्ने जिल्लाहरुमा अठधिक मात्रामा बिजुली चुहावट हुन्छन् । सिरहा र सप्तरीमा अधिक मात्रामा बिद्युत चोरी हुने गरेको छ । यहाँ हुकिङ गरेर बिद्युत चोरी हुने गरेको छ ।

तराई मात्रै होइन, काठमाडौं उपत्यकामै पनि बिद्युत चोरी हुने गरेको छ । भक्तपुर जिल्लामा सबैभन्दा बढि बिद्युत चुहावट हुुन्छ । मिटर बिगारेर हुने यस्तो चोरीमा प्राधिकरणकै कर्मचारीको समेत संलग्नता पाइन्छ । यस्तो विद्युत चोरी गर्ने केहि कर्मचारीलाई प्राधिकरणले केही महिनाअघि कारबाही समेत गरेको थियो । तर, पछिल्लो समय भने यसमा खासै प्रगति भएको छैन ।

यो वर्ष प्राधिकरणको घाटामा समेत केही कमी आउने देखिन्छ । यो वर्षको घाटा ३ अर्बमै सिमित हुने प्राधिकरणले तयार पारेको प्रारम्भिक आँकडाले देखाएको छ । अघिल्लो वर्ष प्राधिकरणको घाटा ९ अर्ब थियो ।

भारतबाट चर्काे महशुल तिरेर ल्याएको बिद्युत नेपालमा चुहावट हुँदा प्राधिकरणलाई ठुलो घाटा लाग्छ । देशमा उपलब्ध जलविद्युत आयोजनाबाट उत्पादित बिद्युतले माग धानिरहेको छैन । जसका कारण विद्युत प्राधिकरणले भारतबाट ठुलो माात्रामा बिद्युत आयात गर्नु परिरहेको छ ।

अहिले बर्षायतका कारण खोलानाला बढेसँगै भारतबाट आयातित बिजुलीको मात्रामा केही कमी आएको छ । सुख्खा याममा ३८५ मेगावाटसम्म भारतबाट बिद्युत आयात गरेको प्राधिकरणले अहिले २२६ मेगावाटमा झारेको छ । अहिले स्वदेशमा रहेका आयोजनाबाट कुल ६ सय ३५ मेगावाट उत्पादन भइरहेको छ । पिक समयमा अहिले १२ सय ४६ मेगावाटको आवश्यकता पर्दछ ।

यो वर्ष नेपालले भारतबाट करिब १७ अर्बको बिद्युत खरिद गरेको छ । स्वदेशका निजी जलबिद्युत उत्पादन कम्पनीसँग भने १२ अर्ब बराबरको बिद्युत खरिद गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।