logo

अब नेपालमा ‘सफा नोट नीति‘ कार्यन्वयनमा आउँदै

    1647   पटक पढिएको

२६ साउन / अर्थ र व्यापार – अब नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्ने वा केरमेट गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्मको जरिवाना हुने भएको छ । व्यवस्थापिका संसद्ले पारित गरेको फौजदारी संहितामा नोट केरमेट गर्नेलाई ३ महिना जेल सजाय वा ५ हजार जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ ।

सरकारले नोट केरमेट गर्ने र नोटलाई बिगार्नेलाई फैजदारी संहितामा राखेको हुँदा नोटमा केही लेखेमा कारवाही हुने व्यवस्था भएको छ । व्यवस्थापिका संसद्ले मुलुकु ऐन २०२० लाई विस्थापन गर्दै नयाँ कानून बनाएको हो । 

सर्वोच्च अदालतले सफा नोट नीति कार्यन्वयनमा ल्याउन राष्ट्र बैंक र अर्थमन्त्रालयको नाममा अन्तरिम आदेश दिएपछि यो विषयलाई फौजदारी संहितामा समेटिएको हो । सर्वाेच्चले बैंक नोटमा स्टिच नगर्न, केरमेट नगर्न र जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारको नाममा यस्तो आदेश जारी गरेको थियो ।

राष्ट्र बैंकबाट छापिँदै आएका बैंक नोटहरूमा वर्षौअघिदेखि जथाभाथी रूपमा केरमेट गर्ने, च्यात्ने तथा जथाभावी रूपमा स्ट्याप्लर लगाउने र स्वयं बैंकहरूले समेत नोटका मुठ्ठाहरूमा स्ट्याप्लर लगाएर कारोबार गर्ने प्रचलन गरेकोमा कतैबाट रोक्ने प्रयास भएको थिएन ।

नेपालमा बैंकहरूले पैसाको बन्डलमा नोटमा पर्ने गरी स्ट्याप्लर गर्दै आएका छन् । जसले गर्दा बन्डलबाट पैसा झिक्दा च्यातिने सम्भावना रहन्छ । त्यस्तै नेपालमा केरमेट गरेको र केही भाग च्यातिए पनि नम्बर देखिने नोट चल्ने गरेको छ । यसरी एक पटक छापेको पैसा छोटो समयमात्र चलनमा आउँदा नयाँ नोट छाप्नका लागि राज्यकोष खर्च हुने गरेको छ ।

भारतमा सन् १९९० को दशकदेखि स्वच्छ नोटको कारोबारको विषयमा अभियान चलेको थियो । सन् २००१ मा भारतको ‘रिर्जव बैंक अफ इन्डिया’ले बैंक नोटमा जथाभावी कोर्ने, मेट्ने तथा स्ट्याप्लर गर्ने लगायतको काम रोक्न निर्देशन दिएको थियो । 

अमेरिकी डलरलाई च्यात्ने, काट्ने वा अन्य कुनै प्रकारले केर्ने, मेट्ने गरेमा १०० डलरसम्म जरिवाना र ६ महिनासम्म कैदको व्यवस्था छ । त्यस्तै घाना,बंगलादेश, अमेरिका, बेलायत तथा फ्रान्सलगायतका मुलुकमा समेत विगत लामो समयदेखि स्वच्छ नोटको कारोबारको अभ्यास हुँदै आएको पाइन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।