logo

विद्युतिय गाडीका लागि काठमाडौंमा १० स्थानमा सवारी चार्जिङ स्टेशन खुल्ने

    1683   पटक पढिएको

२२ बैशाख /अर्थ र व्यापार - काठमाडौंमा १० स्थानमा साना सवारीको चार्जिङ स्टेसन स्थापना गरिने भएको छ । यसमा ठूला बस लगायतका सवारी पनि चार्ज गर्न सकिनेछ । प्राधिकरणले एक सूचना जारी गर्दै शहरका मुख्य भागहरुमा स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन ब्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतलाई आग्रह गरेको छ । विशेष गरी धेरै चहल–पहल हुने शहरी क्षेत्रमा पहिलो चरणमा ‘डीसी बुस्ट चार्जिङ स्टेसन’ राख्न लागिएको ऊर्जा दक्षता विभागका सहायक प्रवन्धक सागरमणि ज्ञावालीले जानकारी दिए ।

यस्ता चार्जिङ स्टेसनका लागि तीनवटा गाडी एकैपटक चार्ज गर्न सकिने ठाउँ उपलब्ध हुनुपर्नेछ । यस्तै ५० वटा गाडी पार्किङको सुविधा भएका ठाउँलाई मात्र चार्जिङ स्टेसनका लागि छनोट गर्ने बताइएको छ । हाल पहिलो चरणमा १० चार्जिङ स्टेसनका लागि कन्ट्रोल रुमसहति १० करोड लगानी गर्ने योजना छ । चार्जिङ स्टेसनका उपकरण खरिदका लागि केही दिनमै बोलपत्र आह्वान गरिने ज्ञावालीले बताए ।अबको ६ महिनामा उपत्यकाभित्र चार्जिङ स्टेसन खोलिसक्ने योजना छ । हाल काठमाडौंमा ६ सय विद्युतीय सवारी रहेको अनुमान छ । ती सवारी घरमै निकै समय लगाएर चार्ज गरी चलाइन्छ । अब भने छिटो चार्ज हुने गरी साना सवारीका लागि प्राधिकरणले शहरका विभिन्न भागमा सुविधा दिन लागेको हो । यो सुविधापछि विद्युतीय सवारीको प्रयोगकर्तामा आत्मविश्वास बढ्ने र थप विजुली गाडी प्रयोगमा आउन सुरु हुने विश्वास प्राधिकरणको छ ।

यस्तै यस्ता चार्जिङ स्टेसनमा जाँदा मोबइल एपबाटै समय बुक गर्न सकिने प्रवन्ध पनि गरिने ज्ञावालीले बताए । आफूले बुक गरेको समयमा स्टेसन पुगेर चार्ज गराउन सकिनेछ । आगामी पुसदेखि माथिल्लो ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु हुने हुँदा मुलुक विद्युतीय सवारी साधन प्रयोगको प्रक्रियामा जानै पर्ने भएकाले त्यसको प्रक्रिया शुरु गर्न लागिएको प्राधिकरण बताउँछ । अब देशभित्रै बिजुलीको खपत बढाउन आवश्यक हुने भएकाले त्यसका लागि विजुली गाडीको प्रवद्र्धन योजना बनेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि रातको समयमा विजुली बढी हुने अवस्था आउनसक्ने भएकाले विद्युतीय सवारी साधन प्रयोगमा नागरिकलाई अभ्यस्त बनाउन आफूहरुले पहल गर्न लागेको प्राधिकरणको भनाइ छ ।

हाल माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण करिब ९८ प्रतिशत बढी सम्पन्न भएको छ । आगामी पुसमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । विद्युतभार कटौती अन्त्य गरेको प्राधिकरणले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगमा राज्य तथा नागरिकस्तरबाट पहल हुनुपर्नेमा जोड दिँदै आएको छ । प्राधिकरणले पहिलोचरणका काठमाडौँका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन खडा गर्नेछ ।

काठमाडौँपछि पोखरा, चितवन, विराटनगर, नेपालगन्ज लगायतका स्थानमा त्यस्ता स्टेसन जडान गने योजना छ । साना सवारीका लागि स्टेसन बनाएलगत्तै उपत्यकाभित्र बसहरुका लागि पनि स्टेसन बनाइने ज्ञावाली बताउँछन् । पेट्रोलियम पदार्थ आयातमा मात्रै मुलुकको ठूलो धनराशी वर्षेनी खर्च भइरहेको अवस्थामा विद्युतीय सवारी साधनको प्रयोगलाई विशेष ध्यान दिन लागिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।