logo

१६७ जनाले पाए राष्ट्रिय शिक्षा पुरस्कार, निजीतर्फ प्रसादी एकेडेमी र काठमाडौं मोडल प्रथम

    98   पटक पढिएको


२ असोज/अर्थ र व्यापार – यस वर्ष सामुदायिक विद्यालयतर्फ सिन्धुलीको दुधौलीस्थित कमला माध्यमिक विद्यालय राष्ट्रियस्तरमा पहिलो भएको छ। २०७९ सालको एसईई परीक्षाको नतिजाका आधारमा देशभरका सामुदायिक विद्यालयमध्येबाट कमला मावि पहिलो भएको हो। उसले राष्ट्रिय शिल्ड, ध्वजा र ३ लाख रुपैयाँ पुरस्कार पाएको छ।
सिन्धुलीकै कमलामाई–४ स्थित कमला माध्यमिक विद्यालय द्वितीय र सल्यानको कुमाख–२ स्थित नारायण माध्यमिक विद्यालय तृतीय भएका छन्। द्वितीय हुने कमला माविले २ लाख र तृतीय हुने नारायण माविले १ लाख रुपैयाँ पाएका छन्।
निजी विद्यालयतर्फ ललितपुरको मानभवनस्थित प्रसादी एकेडेमी प्रथम भएको छ। यस्तै काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेज द्वितीय र बुढानीलकण्ठ–५ स्थित बुढानीलकण्ठ स्कुल तृतीय भएका छन्। निजीतर्फका तीन वटै विद्यालयले सार्वजिनक विद्यालयले सरह शिल्ड र पुरस्कार पाएका छन्।

प्राविधिक शिक्षालयतर्फ रूपन्देहीको तामनगरस्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, मोरङको बुढीगंगास्थित मनमोहन मेमोरियल पोलिटेक्निक, झापाको दमकस्थित लाइफ लाइन अस्पताल र विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयले १÷१ लाख रुपैयाँका दरले पुरस्कार पाएका छन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले सञ्चालन गरेको परीक्षाको नतिजा र शैक्षिक क्रियाकलापका आधारमा ती चार शिक्षालयलाई पुरस्कृत गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।

क्याम्पसतर्फ राष्ट्रियस्तरमा पुल्चोक क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस र काठमाडौं मोडेल कलेज उत्कृष्ट ठहरिएका छन्। विश्वविद्यालय अनुदान आयोगको मूल्यांकनका आधारमा आंगिकतर्फ पुल्चोक, सामुदायिकतर्फ लुम्बिनी वाणिज्य र निजीतर्फ काठमाडौं मोडेल कलेज उत्कृष्ट ठहरिएका हुन्। ती तीन वटै क्याम्पसलाई २ लाख ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ।

शिक्षा दिवसको अवसर पारेर उत्कृष्ट विद्यालय, प्राविधिक शिक्षालय र क्याम्पसलाई पुरस्कृत गरिएको हो। मन्त्रालयले यस वर्ष राष्ट्रिय शिक्षा पुरस्कार १ सय ६७ जनालाई दिने निर्णय गरेको छ।

मन्त्रालयले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीतर्फ २५ जना, प्राविधिक शिक्षालयका कर्मचारीतर्फ ५ जना, सार्वजनिक विद्यालयका शिक्षकतर्फ ७२ जना, विद्यालय कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी र प्रारम्भिक बालविकास तथा शिक्षा सहजकर्तातर्फ ३४ जना र निजी विद्यालयका शिक्षक कर्मचारी र संस्थापकतर्फ ३१ जनालाई पुरस्कार दिने भएको हो।
मन्त्रालयले पुरस्कारका लागि छनोट गरिएका शिक्षक, कर्मचारी र सञ्चालकको नाम सार्वजनिक गरेको छ। सामुदायिक विद्यालयका शिक्षकतर्फ कोशीमा १३, वाग्मतीमा १३, गण्डकीमा ११, लुम्बिनीमा १२, कर्णालीमा १० र सुदूरपश्चिममा ९ जना छानिंदा मधेस प्रदेशबाट ४ जना मात्र छनोटमा परेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ ।

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।