logo

काठमाडौ महानगरपालिकाको नयाँ निणर्य,व्यावसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने

    627   पटक पढिएको


२ साउन/अर्थ र व्यापार – काठमाडौं महानगरपालिकाभित्रका व्यावसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने भएका छन । सोमबार एक सूचना सार्वजनिक गर्दै काठमाडौं महानगरले व्यावसायिक भवनहरू (निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल,अस्पताल)लगायत स्वास्थ्य सेवाप्रदायक संस्थाहरूलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।
महानगरपालिकाको आर्थिक ऐन २०८० अनुसार बहुतले आवासीय वा व्यावसायिक भवनहरूमा रहेका व्यवसाय र सेवाप्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारीसाधन पार्किङ बापतको शुल्क संकलन गर्न निषेध गरिएको हो ।
सेवाग्राहीबाहेक अन्यसँग मात्र पार्किङ शुल्क लिन सक्ने काठमाडौ महानगरपालिकाको यस नयाँ निणर्यमा उल्लेख छ । महानगरपालिकका अनुसार पार्किङ गराउँदा क्षेत्रगत आधारमा स्पष्ट रेखांकन गरेर प्रवेश र बहिर्गमन फरक–फरक हुनेगरी प्रविधि प्रयोग गरेर व्यवस्थापन गर्नुपर्ने छ  । क्षेत्र र समयका आधारमा महानगर आफैँले वा निजी क्षेत्रको सहयोगमा पार्किङ सञ्चालन व्यवस्थापन हुनेछ ।

फरक स्थानमा पार्किङ शुल्क पनि भिन्दै
न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौरसम्म) काठमाडौंको मध्यभागका तोकिएका स्थानलाई क्षेत्र नम्बर १ मा राखिएको छ । यस क्षेत्रमा सवारीसाधन पार्किङ गरेबापत दुईपांग्रे सवारीसाधनका लागि पहिलो आधा घन्टासम्म १५ रुपैयाँ र प्रतिघन्टा २५ रुपैयाँ कायम गरिएको छ । चारपांग्रे सवारीसाधनलाई पहिलो आधा घन्टासम्म ५० रुपैयाँ र प्रतिघन्टा ८० रुपैयाँ कायम गरिएको छ ।

क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रका अन्य ठाउँलाई क्षेत्र नम्बर २ मानिएको छ । यी क्षेत्रमा दुईपांग्रे सवारीसाधन पार्किङ गरेबापत प्रतिघन्टा १५ रुपैयाँ, चारपांग्रेका लागि ४० रुपैयाँ र चारपांग्रेभन्दा ठूला सवारीसाधनका लागि प्रतिघन्टा सय रुपैयाँ कायम गरिएको छ ।

निजी क्षेत्रबाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रूपमा सञ्चालित पार्किङमा दुईपांग्रे सवारीसाधनमा पहिलो आधा घन्टाका लागि १५ रुपैयाँ, पहिलो एक घन्टाका लागि २५ रुपैयाँ र त्यसपछि हरेक १५ मिनेटका लागि पाँच रुपैयाँ थप शुल्क लिन सकिनेछ ।
यस्तै, चारपांग्रे सवारीसाधनका लागि पहिलो आधा घन्टाका लागि ४० रुपैयाँ, एक घन्टाका लागि ७५ रुपैयाँ र त्यसपछि प्रत्येक १५ मिनेटका लागि थप १५ रुपैयाँ लिन सकिनेछ । लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारीसाधन पार्किङ गर्ने गरी सञ्चालन गरिने व्यवसायलाई व्यवसाय करमा पाँच वर्षसम्म शतप्रतिशत छुट प्रदान हुने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।