logo

ब्रोकर लाईसेन्स दिने प्रक्रिया खुलाउन अर्थ समितिले मंगलबार बोलायो बैठक, बाधक बन्दै मेटमणी

    1141   पटक पढिएको

१ असार / अर्थ र व्यापार- अर्थ समितिले नयाँ ब्रोकर लाईसेन्स दिने प्रक्रिया अघि बढाउने गरी आगामी मंगलबार बैंठक बोलाएको छ । नयाँ स्टक ब्रोकर एसोसिएसन र लगानीकर्ताहरुको ठूलो दबाबपछि नयाँ ब्रोकर लाईसेन्स रोक्न निर्देशन दिएको १ हप्ताभित्रै अर्को बैंठक बोलाएको हो ।

समितिले नयाँ ब्रोकर लाईसेन्स दिँदा अपनाएका प्रक्रिया र मापदण्ड बारे धितोपत्र बोर्डसँग छलफल गर्ने भन्दै आगामी मंगलबारलाई बैंठक बोलाएको हो । हाल अर्थ समितिले सिमित व्यक्तिको स्वार्थमा ब्रोकर लाईसेन्स प्रक्रिया रोकेको र बजार विस्तारको बाधक बनेको भन्दै विभिन्न संचारमाध्यम र सामाजिक संजालमार्फत ठूलो विरोध भएपछि समितिका सभापति (जेष्ठताका आधारमा) सन्तोष चालिसेले मंगलबार नै अर्को बैठक बोलाएका हुन् । ‘नयाँ ब्रोकर लाईसेन्स खुलाउने सम्बन्धमा मंगलबार नै आम लगानीकर्ताको हितमा निर्णय हुन्छ,’ अर्थ समिति स्रोतले भन्यो, ‘समितिले उपसमिति बनाएर छानविन तथा अनुसन्धान गर्ने काम गर्दैन, यदि धितोपत्र बोर्डले लाईसन्स दिँदा कमि कमजोरी गरेको छ भने त्यसको अनुसन्धान गर्ने छुट्टै निकाय छ त्यसमा अर्थ समिति अल्झिएर बस्दैन ।’

ब्रोकर लाईसेन्स रोक्न अर्थ समितिले निर्देशन दिएसँगै नयाँ स्टक ब्रोकर एसोसिएसनका संयोजक सागर ढकालको संयोकत्वमा उक्त समितिमा रहेका सबैजसो सांसदलाई भेटगरी अहिले भएको वास्तविकता बुझाउँदै आएका छन् । सो क्रममा समितिका सभापति चालिसिले अर्थ समितिमा यस अघि भएका केही सांसदको दबाबमा आफुले उक्त काम गरेको र अब बस्ने बैंठकले नयाँ लाईसेन्स प्रक्रिया खुला गरिदिने आश्वासन दिएका थिए । संयोजक ढकाल नेतृत्वमा भएको भेटमा सबैजसो सांसदहरुले अघि ब्रोकर लाईसेन्स रोक्ने भन्दै गरिएको निर्णय गलत भएको र तत्काल बैंठक बसेर वितरणको लागि बाटो खुला गरिदिने बताएका छन् ।

सर्वोच्च अदालतको निर्णय कुल्चदै अर्थ समितिले नयाँ ब्रोकर लाईसेन्स रोक्न जुन निर्देशन दियो त्यो कानुनी रुपमा गम्भिर त्रृटि रहेको सम्बद्ध कानून विदहरु बताउँछन् । ‘अर्थ समितिको काम कसले केको लाईसेन्स खुला गर्यो, त्यसका कागजात पुग्यो कि पुगेन भनेर छानविन गर्दै बस्ने होइन, त्यसका लागि छुट्टै निकाय छ,’ ती कानून व्यवसायीले भने, ‘समितिका केही सांसदहरुले सिमित स्वार्थी समुहहरुको जालमा परी सर्वोच्चको फैसला कुल्चदै जुन निर्णय गरे त्यसो एकदमै गलत छ ।’

तर अर्थ समितिका सांसद मेटमणी चौधरीले भने सर्वोच्च अदालतको निर्णय विपरित नयाँ लाईसेन्स वितरण प्रक्रिया तत्काललाई रोक्नु पर्ने भन्दै सभापति चालिसे लगायतलाई दबाब दिँदै आएका छन् । साथै उनले यसअघिका बैंठकमा पनि उपसमिति बनाएर अघि बढ्नुपर्ने माग राखेका थिए । मेटमणी चौधरी यसअघि अर्थ समितिले रामकुमारी झाक्री नेतृत्वमा गठन गरेको पुँजी बजार सम्बन्धी अध्ययन उपसमितिको सदस्य भएर काम गरेका व्यक्ति हुन । सो समयमा उनीहरुमाथि पुराना ब्रोकरको स्वार्थमा आर्थिक लाभ लिएर प्रतिवेदन तयार पारेको आरोप लागेको थियो । चौधरीले अहिले पनि तीनै ब्रोकरहरुले तयार पारेको १७ पाने प्रतिवेदन हल्लाउँदै धितोपत्र बोर्डले लाईसेन्स दिँदा गम्भिर त्रृटि गरेको र अहिले पनि उपसमिति बनाएर प्रतिवेदन बनाउने तथा छाविन गर्नुपर्ने माग राख्दै आएका छन् । ‘अहिले पनि मेटमणी चौधरीले यसअघि झै उपसमिति बनाउनु पर्यो भन्दै सभापतिलाई दबाब दिँदै आएका छन्,’ ती सांसदले भने, ‘उपसमिति बनाउँदा यसअघि झै बदानाम हुने भन्दै सभापति पन्छिदै आएका छन् ।’

साथै सांसद चौधरीले ढकाल नेतृत्वको टालीसँगपनि अहिले देशको ठूलो सख्यामा नयाँ ब्रोकर आवश्यक नभएको र अहिले नयाँ लाइसेन्स दिँदा स्वार्थ बझाएिको भन्दै छानविन गर्नुपर्ने बताएका थिए । साथै उनले संचारकर्मीहरु सँगपनि अहिले धितोपत्र बोर्डले लाईसेन्स दिँदा गम्भिर त्रृटि भएको र छानविन नगरी लाईसेन्स दिन नहुने बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।