logo

प्रधानमन्त्री दाहाल यसरी गए भारत भ्रमणमा, मिसन बिजुली बेच्ने र अन्य सम्झौता

    722   पटक पढिएको


१७ जेठ/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार (आज) दिउँसो १ बजे आफ्नो पहिलो विदेश भ्रमणमा निस्किएका छन् । प्रधानमन्त्री दाहाल सहभागी भ्रमणदलका जम्बो टोली नेपाल वायुसेवा निगमको विमानबाट भारत गएका हुन ।
आगामी ४ दिने भारत भ्रमणका क्रममा उनले ऊर्जासँग सम्बन्धित आधा दर्जन सम्झौता गर्ने तयारी छ । यसैगरि, प्रधानमन्त्री दाहालले भारत भ्रमणको वाणिज्य लगायतका विषयमा पनि दर्जनको हाराहारीमा सम्झौता हुने कार्यक्रम छ ।
यसका लागि तयारी पूरा भइसकेको छ । नेपाल सरकारका तर्फबाट भारत सरकारसँग गर्ने सम्झौताका लागि ठोस प्रस्तावको ड्राफ्ट तयार भइसकेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण नेपालमा उत्पादन भएको बिजुली बेच्ने मुख्य मिशन छ ।

‘बिजुलीको बजार खोज्न प्रधानमन्त्री भारत जान लाग्नुभएको हो,’ स्रोतले भन्यो, ‘भारत र बंगलादेशमा बिजुली बेच्ने एजेण्डा मुख्य हो ।’ अहिलेको प्रधानमन्त्रीको भ्रमण नेपालमा उत्पादन भएको बिजुली भारतमा कसरी बेच्न सकिन्छ भन्नेमै केन्द्रित भएको ऊर्जा, परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् ।
‘प्रधानमन्त्रीको भारत भ्रमण ऊर्जा क्षेत्रका लागि ब्रेक थ्रु हुनेछ,’ स्रोतले भन्यो । सरकारले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा २५ वर्षका लागि बिजुली बेच्ने सम्झौताको पनि ड्राफ्ट बनाइएको छ । यो सम्झौताबाट १० हजार मेगावाटसम्म बिजुली निर्वाधरुपमा भारतमा बेच्ने बाटो खोल्नेछ ।

‘नेपाल विद्युत प्राधिकरणले पटक पटक बिजुली बेच्न गरेको प्रस्तावलाई भारतीय पक्षले खासै चासो नदिइरहेको अवस्थामा प्रधानमन्त्रीस्तरीय सम्झौताबाट यसलाई टुंगोमा पु¥याउन खोजिएको हो’ सम्झौताको ड्राफ्ट निर्माणमा संलग्न ऊर्जा मन्त्रालयका एक कर्मचारीले भने ।
यसैगरी, ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता गर्ने, ४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत आयोजनाको द्विपक्षीय सम्झौता हुँदैछ ।
यस्तै, ४०० केभी क्षमताको १२० किलोमिटर लामो बुटवल(गोरखपुर प्रशारणलाइनको स्वीच थिचेर शिलान्यास हुँदैछ । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारेमा भ्रमणका क्रममा सम्झौता तथा छलफल हुनछ ।
सन् २०१९ को डिसेम्बर अन्तिममा समाप्त भएको पारवहन सन्धी नवीकरण र दुई देशबीच थप पेट्रोलियम पाइप लाइन विस्तारका विषयमा सहमति हुँदैछ । यस्तै सिलीगुडी चारआली पाइप लाइन र टर्मिनल ट्याङ्क निर्माण, अमलेखगञ्ज लोथरसम्मको पाइप लाइन र स्टोरेज टर्मिनल ट्याङ्क निर्माणका बारेमा सहमति हुने बताइएको छ ।

भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास गर्ने, नेपालगञ्ज र बिराटनगरमा एकीकृत भन्सार चौकीको दुबै देशका प्रधनमन्त्रीले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
कञ्चनपुरको दोधरा चाँदनी क्षेत्रमा ३ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सुक्खा बन्दरगाह निर्माण गर्ने सम्झौता हुँदैछ । जुट निर्यातमा लगाइएको एन्टिडम्पिङलगायत विषय र नेचुरल ग्यास ल्याएर नेपालमा रासायनिक मल कारखाना राख्ने विषयमा पनि कुरा हुने बताइएको छ।

यसैगरी, निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र निर्वतमान अध्यक्ष शेखर गोल्छाका ऊर्जासँग सम्बन्धीत सम्झौता हुने बताइएको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा मन्त्री, सचिव, सुरक्षाकर्मी, व्यवसायी र पत्रकार गरी १५० जनाको जम्बो टोली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।