logo

के पैसा कमाउनु मात्र सफल हुनु हो ? कता जाँदैछ, नेपाली समाज ?

नविन काफ्ले / विश्लेषण

    1631   पटक पढिएको

पछिल्लो एक–डेढ दशक यताको नेपाली समाजलाई हेर्ने हो भने एउटा धारणा जर्बजस्त स्थापित भएको देखिन्छ–राजनीतिमा पद र सामान्य जीवनमा पैसा बाहेक अरु कुरा सबै भ्रम हो ।

यो भाष्य किन स्थापित हुन पुग्यो भनेर विश्लेषण गर्न नेपाली समाजको आर्थिक, सामाजिक,राजनीतिक, सांस्कृतिक र समग्र पक्षको विश्लेषण गर्नुपर्ने हुन्छ । व्यक्ति होस वा समाज र देशको जीवनमा पैसा कमाउनु, समृद्ध बन्नु जायज हो तर जसरी पनि, जे गरेर भए पनि पैसा नै कमाउनुपर्छ भन्ने मान्यता स्थापित हुन पुग्दा समाजमा भष्टाचार र अनियमितता मात्र बढेको छैन, सत्कर्म गर्ने र जायज आम्दानीवाट मात्र सन्तुष्ट हुनेहरु समाजमा नै अपहेलित हुन पुग्ने सम्मको अवस्था सिर्जना भएको छ भने दीर्घकालिन रुपमा सिंगो देश नै भष्टाचार, अनियमितता, अनुशासनहिन हुने र असभ्य समाजमा रुपान्तरित हुनसक्ने जोखिम पैदा भएको छ ।

समाजमा यस्तो लाग्छ कि हरेक मानिसलाई जे–जसरी भए पनि पैसा कमाउनु छ । पैसा कमाए मात्र समाजमा प्रतिष्ठा आर्जन गर्न सकिने अवस्था आयो । तर नेपाली समाजले गरेको एउटा महाभुल के हो भने– त्यो पैसा कसरी आर्जन भयो भनेर सोच्न विर्सेको छ । जवसम्म समाजले हरेक व्यक्तिको अस्वभाविक आम्दानीको विषयमा प्रश्न गर्न सक्दैन, तबसम्म त्यो समाज पिछडिएको र सामाजिक लोकतन्त्रले पूर्ण हुन सक्दैन ।
राजनिती होस वा व्यापार तथा अन्यत्र नै किन नहोस ? किन यसरी पैसाले महत्व पायो भनेर हेर्ने हो भने यसको प्रमुख कारण पैसा लाई सफलताको मापक मानिनु हो । यसको असर निर्वाचनमा समेत देखिन थालेको पछिल्ला केहि निर्वाचनहरुले देखाएको छ । पैसा खर्च गर्न नसक्ने व्यक्ति निर्वाचन उठ्न नसक्ने र यहि क्रम जारी रहे जुनसुकै पेशा, व्यवसायमा रहेर पनि जसरी पनि पैसा कमाउने र निर्वाचन लड्ने परिस्थिति निर्माण हुँदैछ । त्यसले समग्र देशको निति निर्माण तहमा अबको एक दशक पछि कस्ता व्यक्तिहरुको हालिमुहाली हुनेछ भन्ने दृष्य अनुमान गरियो भने कहाली लाग्ने छ ।

पछिल्लो केहि वर्षहरुलाई नियालेर हेरौं त, भ्रष्टाचार मुद्दा लागेको नेता, सुन तस्करीमा संलग्न व्यक्ति, कालोवजारीमा समातिएको व्यापारी, बैंकको ऋण नतिरेर कालोसुचिमा परेको व्यक्ति, विदेश पठाईदिने नाममा लाखौं असुलेको व्यक्ति, केहि कमिशन बुझाएर राज्यको सम्पत्ति आफ्नो नाममा ल्याएको वा भोगचलन गरेको व्यक्ति/व्यापारी, घुस खाँदा–खाँदै रंगेहात समातिएको कर्मचारी, करोडौं घुस खाएर नक्कली धितोमा ऋण प्रवाह गर्ने बैंकका पमुख कार्यकारी र उच्चपदस्थ कर्मचारी, ठेक्का लिएर वर्षौंसम्म आयोजना अलपत्र पार्ने ठेकेदार,मिर्गौला चोर्ने अस्पताल सञ्चालक पनि सार्वजनिक जीवनमा ईज्जतका साथ हिँडिरहेको छ, त्यहि पनि मञ्चमा माला लगाएर ।

के एउटा सभ्य र समृद्ध हुन चाहिरहेको समाजका लागी यो सुहाउने विषय हो त ? अवश्य होईन ।

के समाज यसरी नै चहिरहन्छ त ? वा यस्तो संस्कारमा परिवर्तन आउला ?

त्यो परिवर्तन कसले ल्याउने त ?

यसको सिधा जवाफ छ–यो परिवर्तन सम्भव छ र परिवर्तन ल्याउने हामीले नै हो ।

त्यस्ता व्यक्तिलाई जवसम्म हामीले सावर्वजनिक जीवनमा बहिष्कार गर्न सक्दैनौं, तवसम्म सभ्य र सुसंस्कृत समाजको निमाण हुन सक्दैन ।
तपाईं हामी बसेकै समाजमा पनि कोहि राजनीतिककर्मी होस वा अन्य पेसाकर्मी नै किन नहोस, उसको जीवनशैलीमा छोटो समयमा नै अस्वभाविक परिवर्तन हरु देखिन थाल्यो भने उसको हामीले वाहवाही गर्ने होईन कि उसलाई शंकाको दृष्टिले मात्र हेर्न थाल्ने हो भने समाजमा उसको प्रभुत्व कम हुन थाल्छ । त्यसपछि क्रमश: यस्तो प्रवृत्तिमा कमी आउँदै जान थाल्नेछ ।

तर अनुसन्धान गर्ने विषय भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र वा सरकार र सरकारी निकायको नै हो । जवसम्म ति निकायहरु कमजोर हुन्छन वा बनाईन्छन, तवसम्म गलत किसिमले धन आर्जन गर्नेहरुलाई कानुनको दायरामा ल्याउन गाह्रो छ तर हाम्रो सामाजिक परिपाटिले नै समाजमा उनीहरुको रवाफ भने कम हुँदै जान्छ ।

जागीर खानेले कमाउने पैसाको सिमितता हुन्छ, आम जीवनमा जागीरेले रातारात पैसा कमाउन सम्भव छैन । त्यसमाथि बढ्दो महँगीका कारण जनजीवन धान्न नै गाह्रो हुने यथार्थ बेला बेलामा सार्वजनिक तथ्यांकहरुले नै देखाउँछ ।

त्यसो त व्यवसायमा पनि सिमितता हुन्छ नै । व्यापार वाट पनि वार्षिक कति नाफा सम्भव छ, त्यसको पनि सिमा पक्कै छ । नेपालको सन्दर्भमा व्यापारको पनि सामान्यतया नाफा भनेको १० देखि १५ वा वढिमा २० प्रतिशत नाफा कायम हुने देखिन्छ । यस लेखमा व्यवसायीको बैंक ऋण र त्यससंग सम्बन्धित विषयमा छिरिएन, त्यस विषयमा अन्य कुनै समय बेग्लै चर्चा गरौंला ।

यसको अर्थ यो होईन कि व्यक्तिले पैसा कमाउन चाहनु वा समृद्ध बन्ने सोच राख्नु गलत हो, त्यो कदापी होईन । खाली त्यो आम्दानी जायज हुनुपर्छ भन्ने मात्र हो ।

नेता, कर्मचारी, व्यापारी, पत्रकार,वकिल वा अन्य पेशाकर्मी जो होस, तपाईं–हामीले देख्दा–देख्दै रातारात वा छोटो समयमा बढि नै फुर्तिफार्ति गर्न थाल्यो भने वा कसैसंग बोल्दा नै आँफु सानो भएको महशुश गर्न थाल्यो, गाडी वाट ओर्लदाँ नै हिलो लाग्ला जस्तो गर्न थाल्यो वा उसको कमाई नेपाली जीवन र व्यवसायमा मेल नखाने जस्तो देखियो भने बुझनुस कि–उसको कमाई कालो हो । समाजले यत्ति बुझन सकेको दिनबाटै नेपाली समाज सभ्य समाजको दिशातिर अगाडी बढ्छ ।

त्यसवाहेक हरेक पेशाकर्मीको सफलता उसको कर्मवाट हेरिनुपर्छ न कि उसले कति पैसा कमायो भनेर । एउटा चिकित्सकले आफ्नो क्षेत्रमा के–कस्ता नयाँ प्रयोग गर्न सक्यो र विरामीहरुको उपचार ग¥यो, एउटा कर्मचारीले सार्वजनिक सेवा प्रवाहलाई कति छिटो, छरितो र सेवाग्राही मैत्री बनाउन सक्यो, एउटा पत्रकारले जनसरोकारका के–कति विषय उठान गर्न सक्यो, एउटा निर्माण व्यवसायीले कत्तिको बलियो र पक्कि संरचना निर्माण गर्न सक्यो, त्यसवाट उसको सफलता वा असफलताको मापन गरिनुपर्छ, उसले कति पैसा कमायो भनेर होईन । पैसा कति कमायो भनेर सफलता वा असफलताको मापन गर्ने भनेको व्यापारी व्यवसायीको हो, तर त्यसको पनि असिमितता भने नेपाल जस्तो मुलुकमा सम्भव छैन ।

पैसा कमाउन चाहनु र कमाउनु ठीक हो तर त्यो कमाई असल भने हुनुपर्छ, जसलाई सार्वजनिक रुपमा पनि लेखापरिक्षण गर्न सकियोस् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।