logo

बीमा कम्पनीहरुले आफ्ना एजेन्टलाई विदेश घुमाउन नपाउने

    997   पटक पढिएको

१३ पुस/ अर्थ र व्यापार - बीमा कम्पनीहरुले आफ्ना एजेन्टलाई विदेश घुमाउन नपाउने भएका छन् । एजेन्टलाई आकर्षित गर्न पछिल्लो समय बीमा कम्पनीहरुले तालिमका नाममा विदेश घुमाउन लैजाँदै आएका थिए । बीमा भनेको एजेन्ट बेस बिजनेश हो । त्यसैले बीमा कम्पनीहरुले एजेन्टलाई खुसी पार्न मोटो रकम खर्च गर्दै आएका थिए ।

एजेन्टलाई विदेश घुमाउन लाने प्रतिस्पर्धाले संस्थागत सुशासनमा समस्या आएको भन्दै नियामक निकाय बीमा समितिले त्यसमा रोक लगाएको छ । समितिले सर्कुरल जारी गर्दै अर्को ब्यवस्था नभएसम्मका लागि एजेन्टलाई विदेश भ्रमणमा नलान बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

विदेशमा एजेन्टहरुलाई के कस्ता तालिम दिइन्छ ? भनेर बीमा कम्पनीहरुसँग समितिले बिवरण पनि मागेको छ । समितिलाई बिबरण दिएपछि समितिको स्वीकृति लिएर मात्रै एजेन्टलाई तालिम दिन पाइने छ । एजेन्टलाई विदेश घुमाउन लाँदा ठूलो खर्च भएको र त्यसले मोटो रकम विदेशी पैसा पनि खर्च भएकाले समितिले कडाइ गरेको हो । सरकारले वैदेशिक मुद्रा खर्च गर्नमा कडाइको नीति अबलम्बन गर्दै आएको छ ।

मुलुकको भुक्तानी सन्तुलन लगातार कहालीलाग्दो गरी घाटामा जान थालेपछि सरकारले एकपछि अर्को गर्दै विदेशी मुद्रा खर्चमा कडाइ गरेको हो । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा मात्रै मुलुकको भुक्तानी सन्तुलन ५७ अर्ब रुपैयाँभन्दा बढीले घाटामा गएको छ । त्यसैगरी, चालू खाता पनि घाटामा छ ।

सरकारले सवारीसाधनको आयातलाई निरुत्साहित गरेको छ भने विदेश भ्रमाण्मा जाँदा प्रतिव्यक्ति २५ सय डलरको सटही सुविधालाई घटाएर १५ सय डलरमा झारिसकेको छ । त्यसैगरी, भारतीय बजारमा सामन किन्दा कार्डबाट एक महिनामा एक व्यक्तिले १ लाखमात्रै भुक्तानी गर्न मिल्ने सीमा तोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।