logo

कम्पनी छनौटको काममा ढिलाईले स्मार्ट लाइसेन्स छपाईमा चलखेल आशंका 

    1780   पटक पढिएको


२३ कात्तिक/अर्थ र व्यापार– यातायात व्यवस्था विभागले विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने टेन्डरको अन्तिम म्याद सकिएको २ महिना बितिसक्दा पनि कुनै पनि कम्पनीलाई एलओआई (लेटर अफ इन्डेन्ड) दिएको छैन । 

कम्पनी छनौटको काम २ महिना सम्म पनि हुन नसक्नु आर्थिक चलखेलको लागी हुनसक्ने विभागकै कर्मचारीहरुको भनाईले शंका उत्पन्न भएको छ ।

१४ लाख थान स्मार्ट लाइसेन्सको छपाईका लागि असार २९ गते  आह्वान गरेको ग्लोबल टेन्डरमा बोलपत्र पेश गर्ने अन्तिम मिति भदौ ३० गते सकिएको थियो । 

कागजात अध्ययनको नाममा २ महिनासम्म पनि प्रक्रिया नटुंयाउनु भनेको चलखेलका लागि भएको विभागकै कर्मचारीको भनाई छ । 

यसअघि विभागले विद्युतीय पासपोर्टजस्तो जटिल टेन्डरको प्रक्रिया पनि बोलपत्र आह्वान गरेको एक सातामै टुंगो लगाइएको थियो । असोज २९ गते बोलपत्र पेश गर्ने अन्तिम मिति रहेकोका कात्तिक ५ गते फ्रान्सको आइडेमिया कम्पनीलाई एलओआई दिइएको थियो । 

स्मार्ट लाइसेन्स छपाईका लागी मद्रास सेक्युरिटी प्रिन्टर्स भारत, सेल्प एसएसए, फ्रान्स र मलेसियन कम्पनी आइरेस गरी ३ वटा कम्पनीले बोलपत्र पेश गरेका छन् ।  

मद्रास सेक्युरिटी प्रिन्टर्सले अघिल्लो ३ पटकसम्मको स्मार्ट लाइसेन्स छपाइको जिम्मेवारी पाएको थियो । 
मद्रास सेक्युरिटी प्रिन्टर्सले १.०१ डलर प्रतिकार्डको दरमा छपाई गर्ने जनाएको छ । भने सेल्पले एउटा कार्डको ०.८० डलर तथा आइरेसले ०.५९ डलरमा छपाई गर्नेगरी बोलपत्र पेश गरेका छन् । 

टेन्डरको छनौट गर्न गठित समितिले तीनवटै कम्पनीले उपलब्ध गराउने लाइसेन्सको नमुना छपाइ परीक्षण समेत गरिसकेको छ । 

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले बोलपत्रदाता कम्पनीहरुले पेश गरेको डकुमेन्ट अध्ययन गर्नुपर्ने भएकोले समय लागेको बताए ।

विद्युतीय लाइसेन्सको टेन्डर प्रक्रिया अरु अन्तर्राष्ट्रिय बोलपत्रजस्तो जटिल प्रक्रिया नभएको जानकारहरुको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।