logo

एक आशालाग्दा युवा नेताको अविश्वासिलो अवसान

    1709   पटक पढिएको

१५ फागुन /  अर्थ र व्यापार- बुधवार १५ फाल्गुणको दिन । विहानैदेखि मौसम धुम्म परेको थियो । कहिले घाम लाग्दो र कहिले पानी पर्ने । बुधवार नै संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री तथा नेकपाका आशालाग्दा युवा नेता रविन्द्र अधिकारी तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणका लागी हेलिकोप्टरमा गएका थिए । पाथीभरा दर्शनमा लागि गएको मन्त्री अधिकारीको टोलि त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परि मन्त्री अधिकारसहित सातैजनाको निधन हुन पुग्यो ।

विं.स. २०२६ बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा मन्त्री रबिन्द्र अधिकारीको जन्म भएको थियो । गाउँकै श्री ब्रह्म ज्योति प्रा.वि बाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बि.बाट माध्यामिक शिक्षा हाँसिल गरेका अधिकारी सानै उमेर देखि राजनीतिक गतिबिधिमा चासो राख्थे । उनी बिद्यालयमा अनेरास्ववियु, रेडक्रस, र क्लबहरुमा संलग्न थिए ।

बिद्यार्थीका लागी निशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसन, लगायतका मध्यमबाट राजनितिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीबनमा बिद्यालयका जेहन्दार, लगनशील अध्ययनशील, र अनुशासित बिद्यार्थी थिए । त्यसै समय उनले बिद्यालयमा मात्र होइन, त्यस क्षेत्रमै अनेरास्वबियुको नेतृत्व पनि गरेका थिए ।

प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएको भए पनि  केही समय पछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन सुरु गरेका अधिकारीले बिद्यालय देखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगे पछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय रहे । अधिकारी २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष,२०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित भए ।

२०४६ को जनआन्दोलनमा क्रियाशील रविन्द्र पञ्चायतकालमा पटक–पटक गरी छ महिना जेल र हिरासतमा रहे । ०४६ को  परिबर्तन पछि बिद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनु पर्छ भन्ने बिचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गरेका थिए ।

शिक्षामा भएको निजीकरण र व्यापारिकरण, प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा, जस्ता आन्दोलन र राष्ट्रीयताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू –भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध तथा शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै पांच लाख २३ हÞजार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगाएत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई गरेकै कारण बिद्यार्थी आन्दोलनमा उनको अमिट छ ।

अधिकारीले २०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भए पछि संसदमा सार्बजनिक लेखा समितिमा रहेर जलबिद्युत, फ्रिक्योंसी, सार्बजनिक संस्थान,बैंक, उद्योग, सेना, बिकास खर्च, मेसिन रीडएबल पासर्पोर्ट आदि बिषयमा बिभिन्न उपसमितिमा रहेर त्यसको नेतृत्व गरी काम गरेका थिए । उनी २०७० को चुनाब पछी संसदको बिकास समितिमा सभापति रहेका थिए । संसद्को बिकास समितिमा रहदा नेपालमा बिकासको बहसलाई नयाँ उच्चाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य बिकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल रहे ।

२०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं. २ बाट निर्वाचित अधिकारी हाल नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रहेका थिए । हाल मन्त्री रहँदा मन्त्री अधिकारीले पर्यटन क्षेत्र सुधारका कयौं प्रयास गरेका थिए भने सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित महत्वाकांक्षी योजना ल्याएका थिए । नेकपा राजनीति र देशमै आशालाग्दा युवानेताको पहिचान बनाएका अधिकारीको बुधवार हेलिकोप्टर दुर्घटनामा परि अविश्वासिलो अवसान हुन पुग्यो । अलविदा रविन्द्र अधिकारी ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।