logo

व्यापारिक सम्बन्ध स्थापनाको १४८ वर्षपछि पहिलो पटक नेपाल-चिन वार्ता हुदै 

    1849   पटक पढिएको


१३ असोज/अर्थ र व्यापार– नेपाल-चीनबिच औपचारिक व्यापारिक सम्बन्ध स्थापनाको १४८ वर्षपछि पहिलो पटक वाणिज्य सहसचिवस्तरीय भर्चुअल व्यापार वार्ता हुँदैछ । 

मंगलबार मध्याह्न १२ बजे सुरु हुने दुवै देशको वाणिज्य सहसचिवस्तरीय पहिलो बैठकमा चीन नेपालसँगको उच्चस्तरीय वार्तामा चार वटा एजेण्डाहरुमा छलफल गर्ने भएको छ ।   

बैठकमा चीनले प्रस्तुत गर्ने चार वटा एजेण्डाहरुमा पहिलो नेपालसँगको व्यापारिक वातावरणमा सुधार गर्ने,  दोस्रो प्रमुख नाका जोड्ने स्याफ्रुबेंसी रसुवा सडक स्तोरन्नती परियोजना अघि बढाउने, तेस्रो कमजोर नेपाली बोर्डर पोइन्टहरुको स्तरोन्नतीर चौंथोमा चाइना इन्टरनेश्नल आयात एक्स्पोमा नेपालको सहभागीतालाई चिनले एजेण्डाको रुपमा प्रस्तुत गर्ने भएको हो । 

नेपाली वार्ता टोलीका संयोजक वाणिज्य सहसचिव प्रकाश दाहालका अनुसार वार्तामा नेपालले झण्डै दर्जन हाराहारीमा एजेण्डा बनाएको बताए । 

दुई देशबीचको व्यापारीक सम्बन्धको समीक्षा, नाकाको पूर्वाधार तथा सहजीकरण, व्यापार तथा पारवहन सन्धि कार्यान्वनयको अवस्था र व्यापार वृद्धि नेपालको प्रमुख मुद्दा भएको टोलीका संयोजक वाणिज्य सहसचिव दाहालले जानकारी दिए । 

दुई देशबीचको ब्यापार बढाउन सीमापार विशेष आर्थिक क्षेत्र स्थापना, थप व्यपारीक नाका सञ्चालनको सम्भाव्यता तथा नेपाली वस्तु निर्यातको सहजीकरण लगायतका विषय पनि बैठकका प्रमुख विषय भएको दाहालले जानकारी दिए । 

यसअघि चीनको स्वशासित क्षेत्र तिब्बतका वाणिज्य अधिकारीसँग मात्रै नेपालको  व्यापार वार्ता गर्दै आएको थियो ।  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।