logo

खोई तयारी नेपाल भ्रमण वर्षको ?

नविन काफ्ले / विश्लेषण

    2479   पटक पढिएको

शुक्रवार राष्ट्रपति विद्यादेवि भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० मा नेपाल भ्रमण वर्ष अभियान सञ्चालन गर्ने उल्लेख छ । नीति तथा कार्यक्रममा निर्माणाधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी कार्य सम्पन्न गरि सन् २०१९ भित्रै सञ्चालनमा ल्याईने, काठमाडौं उपत्यकाभित्रको मौलिक संस्कृति,परम्परा,संगीतको प्रवद्र्धन गर्न रात्रीकालिन काठमाडौं उपत्यका सम्पदा यात्रा सञ्चालन गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई चौबिसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाउने,राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरुलाई आपतकालिन विमान उडान र अवतरण गर्न सक्ने गरि विकास गरिने उल्लेख छ ।

त्यस्तै गुणस्तरीय पर्यटक भित्र्याउन निजी क्षेत्रसंगको सहकार्यमा सेवाको गुणस्तर वृद्धि गरिने,पुरातात्विक सम्पदाहरुको पुर्ननिर्माण आगामी दुई वर्षभित्र सम्पन्न गर्ने उल्लेख छ । सुन्दा यी कार्यक्रमहरु जति कर्णप्रिय लाग्छन, नेपाल भ्रमण वर्षको हालसम्मका गतिविधि र तयारी हेर्ने हो भने निकै अविश्वसनिय र एकहदसम्म हाँस्यापद लाग्छन । यसअघिकै सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष–२०२० को घोषणा गरेको थियो । तर सन् २०१९ को मे महिनाको सुरुवात सम्म आईपुग्दा सन् २०२० सुरु हुन सात महिनाको समय वाँकी छ । अघिल्लो वर्ष करिव दश लाखको संख्यामा नेपाल भित्रिएको पर्यटक संख्यालाई एक वर्ष पछाडी दोब्बर गर्न चाहिने तयारीहरु हेर्दा त्यो सम्भव देखिन्छ त ? होईन भने यो घोषणा गर्नु राम्रो हो, पर्यटनमा मिठा र गुलिया कुरा गर्नुपर्छ भनेर ताली वजाउन त सकिएला तर सन् २०२० को नेपाल भ्रमण वर्षको लक्ष्य प्राप्त गर्न भने सकिँदैन ।

अझ दुःखको कुरा त हेलिकोप्टर दुर्घटनामा परी निधन भएका तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधन पछि त नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम नै अन्यौलमा परेको छ । मन्त्री अधिकारीले नेपालको पर्यटन क्षेत्रमा गर्न खोजेका सुधारका कामहरु पनि रोकिएको छ । नेपाल भ्रमण वर्ष निकै महत्वाकांक्षी लक्ष्य राखेर मनाउने योजना हुँदा पनि पर्यटन मन्त्रलायले नयाँ मन्त्री नै पाउन सकेको छैन । मन्त्री अधिकारीको निधनपश्चात प्रधानमन्त्रीले एक पटक नेपाल भ्रमण वर्षको वैठक राखे पनि त्यसले निर्णयको तहमा कुनै प्रभाव पार्न सकेको छैन ।

सरकारको निति तथा कार्यक्रममा उल्लेख भएका कार्यक्रमहरु सहजै लागु होलान भन्ने अपेक्षा गरिहाल्न सक्ने अवस्था छैन । उदाहरणको लागी सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने विषय थाहा हुँदा हुँदै पनि त्यो भन्दा अगाडी नै सम्पदाहरुको पुर्ननिर्माण किन गर्न सकेन ?

अव हालसम्मका तयारीका विषयमा कुरा गरौं । नेपाल भ्रमण वर्षलाई लक्षित गरेर हालसम्म के–कस्तो तयारीहरु गरियो भन्ने प्रश्न उठ्छ । राष्ट्रिय संयोजक तोक्ने वाहेक अन्य काम हुन सकेको छैन । सन् २०२० मा तयार हुने गरि के पूर्वाधारहरु तयार भए त ? विमानस्थल कति थपियो, सडकको अवस्थामा के सुधार भयो त ? निजी क्षेत्रवाट केहि होटलहरु थपिए पनि अन्य ठूला पूर्वाधारका विषयमा कुनै सुधार भएको छैन । गफ त ठूला ठूला भए तर थपिएका पूर्वाधार केहि पनि छैनन ।

राज्यस्तरवाट विमानस्थल,सडक लगायतका पूर्वाधारका क्षेत्रमा सुधार गर्न सकिएको छैन । तर नेपालको निजि क्षेत्रले जसरी पर्यटन क्षेत्रका पूर्वाधारहरुमा लगानी गरिरहेकोे छ वा अन्तर्राष्ट्रिय चेन होटलहरु जसरी नेपालमा आकर्षित भएका छन, त्यो सकारात्मक पक्ष हो ।

अर्को महत्वपूर्ण विषय प्रचार प्रसारको हो । सन् २०२० लाई लक्षित गरेर अन्तर्राष्ट्रिय प्रचार–प्रसार त १९ देखि नै गर्नुपर्ने हो । अन्र्ताष्ट्रिय पर्यटकहरुको भ्रमण योजनालाई विश्लेषण गर्ने हो भने उनीहरु एक–दुई वर्ष अगाडी नै आफ्नो भ्रमण योजना वनाउँछन । सन् २०२० मा पर्यटक नेपाल भित्र्याउन त १९ मा नै प्रचार प्रसार तिव्र पार्नुप¥थ्यो । तर त्यस्तो हुन सकेन ।
विश्वले प्रविधिमा यति ठूलो फड्को मारिसक्यो, नेपालको प्रवद्र्धनको मुख्य जिम्मेवार निकाय नेपाल पर्यटन वोर्ड भने ब्रुसर युगवाट माथि उठ्न सकेको छैन । विश्वका विभिन्न मुलुकमा आयोजना हुने ट्राभल फेयर र पर्यटन सम्मेलनमा नेपालको उपस्थिति अप्रभावकारी मात्र होईन, वोर्डका कर्मचारीहरुलाई घुम्ने मेसो मात्र बनेको अवस्था छ । त्यसको ज्वलन्त उदाहरण हो–पछिल्लो एक–दुई वर्षमा विश्वका विभिन्न देशमा आयोजना हुने ट्राभल फेयरहरुमा घट्दो नेपाली पर्यटन व्यवसायीहरुको आकर्षण । कतिपय फेयरहरुमा त वोर्डका कर्मचारीहरु केहि दिन स्टल छोडेर फरार हुने गरेका यथार्थहरु धेरै सुनाईन्छ । यस्तो प्रचार शैलीले २० लाख पर्यटक नेपाल भित्र्याउने अपेक्षा गर्न पक्कै सकिन्न ।

त्यसकारण नाराका हिसाबले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य जति राम्रो सुनिन्छ, व्यवहारिक हिसाबले हेर्ने हो भने त्यति नै हाँस्यास्पद, उडन्ते र हावादारी देखिन्छ । यसका पछाडी नेपालको पर्यटन क्षेत्रको विगत,हाम्रा राजनितिक नेतृत्वको बेईमानी,सरकारी निकायहरुको असक्षमता र निरिह र निजी क्षेत्र भित्रको गैरजिम्मेवार एक तप्का जिम्मेवार छन ।
मुख्यतः नेपालमा हिमाल आरोहण संगै सुरु भएको पर्यटन क्षेत्रको ईतिहास पचास वर्षजतिको रहेको विज्ञहरु वताउँछन । करिव पचास वर्षको ईतिहास बोकेको नेपालको पर्यटन क्षेत्र हालका दिनसम्म आईपुग्दा बल्लतल्ल वार्षिक करिव नौ लाख केहि हजार भित्र्याउने अवस्थामा आईपुगेको छ । यद्यपी यो तथ्यांकलाई पर्यटक नमान्नेहरु पनि छन । सन २०१९ को मे सम्म आईपुग्दा अवको सात महिनाको तयारीमा कसरी २० लाख पर्यटक नेपाल भित्र्याउन सक्छौं भन्नेमा गम्भिर बहस,तयारी र त्यसको व्यवस्थापनको विषयमा सोच्नैपर्छ ।

करिव पचास वर्षको प्रयासमा पनि दश लाख पर्यटक भित्र्याउन नसकेको नेपालले यो सात महिनाको तयारीमा २० लाख पर्यटक भित्र्याउन संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको राजनीतिक नेतृत्वले के योजना वनाएको छ त ? जव कि मन्त्री रविन्द्र अधिकारीको निधन पश्चात अर्को पर्यटन मन्त्री समेत नियुक्त गरिएको छैन । नेपाल भ्रमण वर्षको सचिवालयको कार्यलयका लागी भवन खोजिएको विज्ञापन एक राष्ट्रिय दैनिकमा छपाएको वाहेक अन्य गतिविधि शुन्य जस्तै देखिन्छ ।

उद्देश्य ठूलो लिनु राम्रो हो, तर ठूलो उद्देश्य लिएपछि पूर्वतयारी, तयारी, व्यवस्थापन र प्रवद्र्धन पनि मेहनतका साथ नै गर्नुपर्छ । नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनको मुख्य जिम्मेवारी बोकेको संस्था नेपाल पर्यटन वोर्ड भद्रगोल अवस्थामा छ । यसको संरचना देखि यसको कार्यशैली र कार्यपद्धतिमा नै धेरैलाई विश्वास लाग्न छोडको मात्र छैन,वोर्डकै सञ्चालकहरुले वोर्ड अप्रभावकारी भएको विषय सार्वजनिक मञ्चहरुमा वोलिरहेका छन ।

सरकारको यो योजनामा नेपालको निजी क्षेत्र र निजी क्षेत्रका व्यवसायिक संघ–संस्थाहरु सहयोगी बन्न सकेका छैनन । निजी क्षेत्रका पर्यटनका व्यवसायिक संस्थाहरु राजनीतिक दुष्चक्रमा फस्दा भिजनविहिन र निष्प्रभावी देखिएका छन । पछिल्लो समय गैरजिम्मेवार निजी क्षेत्रका कारण नेपालको पर्यटन क्षेत्रको विश्वभर नकारात्मक प्रचार भयो । यस्ता गलत प्रवृत्ति कायम रहँदासम्म नेपालमा सन २०२० मा २० लाख पर्यटक सम्भव देखिँदैन ।

नेपाल भ्रमण वर्ष २०२० को लागी राज्यको करोडौं रुपैयाँ खर्च हुनेछ । तर लक्ष्य प्राप्ति भएन भने, त्यसको जिम्मेवारी कसैले लिनु पर्छ कि पर्दैन ? एउटा सामान्य नागरिकले नेपाल भ्रमण वर्ष मनाईंदै छ भन्ने अनुभव गर्न सक्ने के त्यस्तो कार्यक्रम ल्याईएको छ ?

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।