logo

भैरवकुण्ड हाईड्रोपावरका कारण श्री लालिगुराँस सहकारी कालोसूचिमा पर्ने

    4867   पटक पढिएको

२ माघ / अर्थ र व्यापार- गायक रामकृष्ण ढकालले श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थावाट ऋण लिएको र ढकालले ऋण तिर्न नसकेपछि सहकारीले उनको घर नै लिलाम गरेको घटनाले केहि अगाडी वजार तताएको थियो ।

ढकालको घर लिलाम गरेको श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भने अहिले आफैं समस्या परेको छ । यसको कारण हो– भैरवकुण्ड हाइड्रोपावर । भैरवकुण्ड हाइड्रोपावरले बैंकबाट लिएको ऋण नतिरेपछि लालिगुराँस सहकारी समेत समस्यामा परेको हो ।

भैरवकुण्डमा सानिमा बैंकको नेतृत्वमा बैंक अफ काठमाण्डू, एनएमबि, एनआईसी एशिया, ग्लोबल आइएमई बैंक र मञ्जुश्री फाइनान्सले कर्जा दिएका थिए । आयोजनाले ऋण नतिरेपछि बैंकले ऋण तिर्न आउनको लागि ३५ दिने सार्वजनिक सूचना जारी गरिसकेको छ । भैरवकुण्डको लागि जारी भएको सूचना दोस्रो पटक हो । भैरवकुण्ड हाइड्रोपावरमा २३ जना व्यक्तिगत जमानतकर्ताहरु थिए । ६ वटा संस्थागत जमानतकर्ता थिए,त्यसमध्ये ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको लालिगुराँस बहुउद्देश्य सहकारी संस्था लिमिटेड पनि संस्थागत रुपमा जमानतकर्ता बसेको छ ।

ऋण तिर्न नआएमा बैंकले धितो लिलामीको प्रक्रिया अगाडि बढाउने छ । ऋणीले ऋण नतिरेको खण्डमा कर्जा सूचना केन्द्रले ऋणीसँगै जमानतकर्ता बसेका व्यक्ति तथा संस्थालाई पनि कालोसूचिमा राख्छ । सोहि कारण लालिगुराँस सहकारी पनि कालोसूचीमा पर्ने भएको हो ।

श्री लालिगुराँस सहकारीले भैरवकुण्ड हाइड्रोपावरमा पनि लगानी गरेको छ । सेयरको रुपमा सहकारीले भैरवकुण्डमा लगानी गरेको हो । यदि हाइड्रोपावरले ऋण नतिरेमा लालिगुराँस सहकारी पनि कर्जा सूचना केन्द्रको कालोसूचिमा पर्छ । २ दशक पुरानो लालिगुराँस देशकै ठूलो सहकारीमा पर्छ । २०७५÷७६ को रिपोर्ट अनुसार श्री लालिगुराँस सहकारीमा ५ अर्ब ३५ करोड निक्षेप रहेको छ । ४ अर्ब १८ करोड रुपैयाँ कर्जा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।