logo

१५ निर्जीवन बीमा कम्पनीहरुद्वारा १ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन

    619   पटक पढिएको

९ फागुन /अर्थ र व्यापार - नेप्सेमा सुचिकृत १५ निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ५ अर्ब ३६ करोड ६० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा १ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् ।

१५ निर्जीवन बीमा कम्पनीहरु मध्ये खुद बीमा शुल्क र खुद नाफा आर्जनको आधारमा शिखर इन्स्योरेन्स अब्बल देखिएको छ । बीमा कम्पनीहरुको आम्दानीको मुख्य स्रोत बीमा शुल्क आर्जन गरी धेरै नाफा कमाउन शिखर इन्स्योरेन्स सफल भएको हो । यस अवधिमा इन्स्योरेन्सले ९० करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी २१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै नेको इन्स्योरेन्सले ६० करोड ३१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरी १७ करोड ३ लाख रुपैयाँ खुदनाफा आम्दानी गरेको छ । यसैगरी २५ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको राष्ट्रिय बीमा कम्पनीले १६ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

युनाइटेड इन्स्योरेन्सले सबै भन्दा कम १५ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी १ करोड ७४ लाख रुपैयाँ मात्रै आम्दानी गरेको हो । बीमा समितिले गरेको व्यवस्था अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ कम्पनीले चुक्ता पूँजी कायम गरेका छन् । बीमा समितिले तोकेको न्युनतम १ अर्ब चुक्ता पूँजी नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालयन जनरल, नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले तोकेको चुक्ता पूँजी पुर्याएका हुन् । नेको इन्स्योरेन्सको चुक्त पुँजी १ अर्ब १७ करोड रुपैयाँ छ । यस्तै शिखरको १ अर्ब ५ करोड, हिमालयन जनलरको १ अर्ब २ करोड, नेपाल इन्स्योरेन्सको १ अर्ब १ करोड र प्रभु इन्स्योरेन्सको १ अर्ब ५० लाख रुपैयाँ चुक्ता पूँजी छ । बाँकी कम्पनीहरुले पनि चुक्ता पूँजी वृद्धिको तयारी गरिरहेका छन् । राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी सबैभन्दा थोरै अर्थात २६ करोड ६६ लाख रुपैयाँ छ । सबैभन्दा थोरै चुक्ता पूँजी भएको राष्ट्रिय बीमा कम्पनीको जगेडा र बीमा कोषमा भने ठूलो रकम सञ्चित भएको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब १५ करोड र बीमा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ ।

शिखर इन्स्योरेन्सको जगेडा कोषमा ३४ करोड ८८ लाख र बीमा कोषमा ९५ करोड ७२ लाख रुपैयाँ सञ्चित छ । यस्तै नेको इन्स्योरेन्सको जगेडा कोषमा ४४ करोड र बीमा कोषमा ५४ करोड ३४ लाख रुपैयाँ छ । युनाइटेड इन्स्योरेन्सको जगेडा कोषमा सबैभन्दा कम ४ करोड ४० लाख रुपैयाँ सञ्चित छ भने आइएमई जनरल इन्स्योरेन्सको बीमा कोषको आकार सबैभन्दा सानो छ। आइएमईको बीमा कोषमा २० करोड ७२ लाख रुपैयाँ सञ्चित छ । राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी थोरै भएका कारण प्रतिशेयर आम्दानी र नेटवर्थ सबैभन्दा धेरै देखिएको छ। कम्पनीको प्रतिशेयर आम्दानी १२६ रुपैयाँ ३४ पैसा, प्रतिशेयर नेटवर्थ ९०८ रुपैयाँ १६ पैसा कायम छ । यस्तै शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४० रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ९९ पैसा रहेको छ । सबैभन्दा कम प्रतिशेयर आम्दानी रहेको प्रभु इन्स्योरेन्सको ८ रुपैयाँ ८४ पैसा र सबैभन्दा कम प्रतिशेयर नेटवर्थ रहेको युनाइटेड इन्स्योरेन्सको ११४ रुपैयाँ ५७ पैसा छ । राष्ट्रिय बीमा कम्पनीको मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै अर्थात ७३.६१ गुणा बढी छ भने नेको इन्स्योरेन्सको सबैभन्दा कम १७.६९ गुणा बढी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।