logo

बैंकर्स संघको माग संबोधन गर्दै राष्ट्र बैंकद्वारा नगदरहित तरलता उपलब्ध गराउने घोषणा

    999   पटक पढिएको

८ फागुन /अर्थ र व्यापार - बैंकर्स संघले पटक पटक राख्दै आएको माग संबोधन गर्दै नेपाल राष्ट्र बैंकले नगद नभए पनि तरलता उपलब्ध गराउने नयाँ घोषणा गरेको छ । पहिलो पटक कार्यान्वयन गर्न लागिएकाले यसको मूल्य १० अर्ब रुपैयाँ बराबरको निर्धारण गरिएको छ । राष्ट्र बैंकले पुनर्कर्जामार्फत यस्तो ब्यवस्था गर्न लागेको होे । 

अहिले केन्द्रीय बैंकको पुनर्कर्जा कोषमा २० अर्ब रुपैयाँ हाराहारी रकम छ । यसलाई ३५ अर्ब पुर्याउन घोषणा ६ महिनाअघि गरिए पनि पैसा अभाबले बढाउन सकिएको थियो । गत आर्थिक बर्षको नाफाबाट ११ अर्ब रुपैयाँ पुनर्कर्जा कोषमा थपेर ३१ अर्ब रुपैयाँ पुगेको थियो । बैंकरहरुले नगद रहित (रिजर्भ नभए पनि हुने) भएर पनि राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउन सक्ने भन्दै त्यसको रकम बढाउन माग गर्दै आएका थिए । नगदरहित पुनर्कर्जा उपलब्ध गराउनु भनेको पनि एक खालको मुद्रा बिस्तार गर्नु नै हो । त्यसैले पैसाको मूल्य घटेर मूल्य बृद्धि दर बढ्ने हो कि भन्ने चिन्ता केन्द्रीय बैंकको थियो । त्यही भएर अहिले उसले थोरै रकमको नगदरहित पुनर्कर्जा कोष सञ्चालन गर्न लागेको हो ।

बैंकर र ब्यवसायीले पुनर्कर्जा कोषको रकम २०० अर्ब रुपैयाँ पुर्याउन माग गर्दै आएका थिए । बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले राष्ट्र बैंकले पैसै नभए पनि पुनर्कर्जाको रकम बढाउन सक्ने भन्दै तत्कालिन अवस्थामा तरलता प्रवाह गर्न यस्तो खालको पुनर्कर्जाको बिकल्प रोज्न सुझाब दिएका थिए ।
बैंकरका अनुसार अहिले बल्लतल्ल सुरु भएकाले यसलाई आवश्यकता अनुसार बढाउँदै लैजान सुझाब दिएका छन् । राष्ट्र बैंक भने नगदमा आधारित नभइ सुरु गरिएको पुनर्कर्जाका कारण बजारमा तरलता उपलब्ध भएर आयात प्रोत्साहित हुनेमा चिन्तित देखिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।