logo

अमेरिका र हुवावेबीचको तनावले फाइभजीको विश्वव्यापी योजनामा धक्का

    993   पटक पढिएको

९ फागुुन /अर्थ र व्यापार - अमेरिकाले पछिल्लो समयमा चिनियाँ कम्पनी हुवावेविरुद्ध चालेको कडा कदमका कारण नयाँ पुस्ताको मोबाइल नेटवर्क फाइभजीको विश्वव्यापी योजनामा धक्का लागेको छ । अमेरिका र हुवावेबीचको तनावका कारण फाइभजीको तयारी गरिरहेका मोबाइल अपरेटरहरु समस्यामा परेको बताइएको छ । 

नयाँ सुपरफास्ट फाइभ जी नेटवर्कमा हुवावे कम्पनीका उपकरणहरुको प्रयोग नगर्नका लागि अमेरिकाले विश्वका अन्य देशहरुलाई आग्रह गरिरहेको छ । हुवावेमार्फत चिनियाँ सरकारले अन्य देश तथा कम्पनीहरुको जासुसी गर्ने गरेको अमेरिकी आरोप छ । तर हुवावेले भने अमेरिकाको यस्तो आरोप सख्त रुपमा खारेज गरिरहेकोे छ । हुवावेले फाइभजी टेक्नोलोजीमा यस्तो बलियो अग्रता कायम गरेको छ कि फाइभजी नेटवर्कमा जान चाहने कुनै पनि कम्पनीहरुले हुवावेका उपकरण प्रयोग नगरी त्यो सम्भव नै नहुने जस्तो अवस्था सिर्जना भएको छ ।

मोबाइल दूरसञ्चार पूर्वाधारसम्बन्धी विज्ञका अनुसार हुवावेलाई प्रतिबन्ध लगाउनु भनेको एउटा यस्तो रिक्तता सिर्जना गर्नु हो, जुन अहिले सजिलै अन्य कम्पनीले भर्न सक्दैन । जसका फाइभजीको विश्वव्यापी विकासमा गम्भीर असर पर्नेछ । यस्तो अनिश्चितता खासगरी युरोपेली मुलुकहरुका लागि समस्यापूर्ण हुने अनुसन्धान कम्पनी आईएचएस मार्किटका विज्ञ स्टेफेन टेराल बताउँछन् । युरोपको आर्थिक भविष्यका लागि फाइभजी नेटवर्क निकै महत्वपूर्ण रहेको बताइएको अवस्थामा फाइभजी नेटवर्कको पूर्वाधार विकासमा हुवावेको प्रमुख भूमिका रहने अपेक्षा गरिएको थियो ।

फाइभजी नेटवर्कको विश्वव्यापी सुरुवातका लागि इन्टरनेट प्रयोगकर्ता व्यग्र बनिरहेका बेला अमेरिका र चीनबीच हुवावे काण्डका कारण चिसिएको सम्बन्ध चुनौतीको रुपमा खडा भएको छ । विश्वमा टेलिकम उपकरणको क्षेत्रमा हुवावेसँग प्रतिस्पर्धामा उत्रिसक्ने कुनै हेभीवेट अमेरिकी कम्पनी छैन । हुवावेका मुख्य प्रतिस्पर्धी भनेकै स्विडेनको इरिक्सन र फिनल्याण्डको नोकिया रहेका छन् । तर ती दुई कम्पनी नै वर्षौंदेखि घाटा तथा कर्मचारी कटौतीको बाध्यताबाट गुज्रिरहेका छन् । जबकि हुवावेले भने १ खर्ब डलर वार्षिक आम्दानी मात्र गरेको छैन चिनियाँ अर्थतन्त्रको खम्बाको रुपमा स्थापित हुँदै गएको छ । हुवावेले यतिधेरै प्रविधिका पेटेन्ट राइटहरु आफूसँग सुरक्षित राखेको छ कि त्यसले फाइभजी नेटवर्कको भविष्य निर्धारण गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।