logo

तिहारका सामान असाध्यै महँगो, झिलिमिली बत्ती, भाइमसला र मालामा भारी मूल्यवृद्धि

    710   पटक पढिएको



६ कात्तिक /अर्थ र व्यापार – विगतको तुलनामा यो वर्षको तिहार धेरै महँगो भएको छ । तिहारमा अत्यावश्यक भाइमसाला, झिलिमिली बत्ती तथा फूलहरुको मूल्यमा भएको भारी मुल्य बृद्धिका कारण यसपालीको तिहार विगतका भन्दा असाध्यै महँगो भएको हो ।
तिहारमा सबैभन्दा बढी व्यापार हुने सामग्रीहरु मध्येमा पर्छन्, झिलिमिली बत्ती, फूलमाला र भाइमसला । तिहारलाई झिलीमिली, फूलैफूल र भाइमसलाको अत्यधिक व्यापार पनि हुने गर्छ ।
तिहारको पहलिोदिन आज काग तिहारको दिनबाट नै काठमाडौ उपत्यकाको बजारमा यस्ता सामान किन्नेहरुको अत्यधिक भीड लागेको छ । हाल काठमाडौ लगायत देसैभरका खुद्रा तथा होलसेल बजारमा तिहारका सामानहरुको व्यापार भईरहेको छ ।
बजारमा बिक्री भइरहेका झिलिमिली बत्ती, भाइमसला लगायतका वस्तुहरुमा गत वर्षको भन्दा धेरै मूल्यवृद्धि देखिएको आम उपभोक्ताहरुको भनाई छ । उनीहरुले यसपालीको तिहारका समाग्रीहरुमा झन्डै ४० देखि ७० प्रतिशतसम्म बजार भाउ बढेको बताएका छन ।
उनीहरुका अनुसार अहिले तिहारमा अत्यावश्यक वस्तुहरुमध्येको भाइमसाला किन्नेहरुको बजारमा बाक्लो भीड देखिएको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा भएका पसलहरुमा यस्ता वस्तुहरुको व्यापार भईरहेको किराना व्यावसायी तथा खुद्रा व्यापार संघले जनाएको छ ।
सामान्य अवस्थामा भन्दा तिहारको समयमा भाइमसलासँग सम्बन्धित वस्तुहरुको व्यापार ५० प्रतिशतले धेरै हुने संघको भनाई छ । विगतमा कोरोना महामारीलगायतको अवस्थाबाट गुज्रिएको बजार अहिले सामान्य बनेको छ । जसकारण गत वर्षजस्तै यो वर्ष पनि यी वस्तुहरुको बिक्रीविरतण बढ्ने अनुमान गरिएको छ । तिहार सुरुभएसँगै अहिले बजारमा भाइमसालाका विभिन्न सामग्रीहरुको प्याकिङ भएर बिक्री वितरण बढेको व्यावसायीहरु बताउँछन् ।
तिहारमा सबैभन्दा बढी मसलाको रुपमा प्रयोग हुने काजु, आल्मोन्ड, पिस्ता, किसमिस, नरिवल, छोकडा, सुपारी, ओखर, मखना र मिश्री हो । यो वर्ष यीमध्ये धेरैजसो मसालाहरूको मूल्य गत वर्षकै जस्तो छ ।
किराना व्यावसायी तथा खुद्रा व्यापार संघका महासचिव तुलाधारका अनुसार यो वर्षको गत वर्षको तिहारमा कायम भएको मूल्यमा केही वस्तुको मूल्य बढेको छ केही वस्तुको मूल्य घटेको छ । तर, खासै मूल्यमा धेरै भिन्नता भने देखिएको छैन ।
गत वर्षको तुलनामा यो वर्ष काजु, पिस्ता, छोकडाजस्ता वस्तुहरुको मूल्य बढेको छ भने आल्मोन्ड (बदाम), मखना, अन्जिर, सुकमेलजस्ता वस्तुहरुको मूल्यमा केही गिरावट देखिएको छ ।
यो वर्ष मूल्य बढेका भाइ मसालाका सामग्रीहरुमा पिस्ता र छोकडा मूख्य रहेका छन् । संघका अनुसार यो वर्ष खुद्रा बिक्री हुँदा पेस्ताको मूल्य प्रतिकेजी २१ सय वा सोभन्दा माथि रहेको छ । गत वर्ष प्रतिकेजी पिस्ताको मूल्य १७ सयदेखि १८ सयसम्म रहेको थियो ।
छोकडाको मूल्यमा पनि यो वर्ष वृद्धि देखिएको छ । संघका अनुसार यो वर्ष प्रतिकेजी छोकडाको मूल्य ४ सय रुपैयाँ रहेको छ । गत वर्ष छोकडा प्रतिकेजी २४० देखि २६० रुपैयाँमा बिक्री भएको थियो । यसैगरि, सुकमेलमा यो वर्षको मूल्य गत वर्षको भन्दा निकै कम देखिएको छ । गत वर्ष ४२ सय रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको सुकमेल यो वर्ष करिब ३ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।
त्यस्तै, गत वर्ष १३ सयदेखि १४ सय रुपैयाँ प्रतिकेजीमा बिक्री भएको आल्मोन्ड (बदाम) यो वर्ष ११ सयदेखि १३ सय रुपैयाँ प्रतिकेजीमा ब्रिकी भइरहेको संघले जनाएको छ । मखनामा पनि यो वर्ष मूल्य घटेको छ । गत वर्ष १२ सय रुपैयाँ प्रतिकेजी ब्रिकी भएको मखनाको यो वर्षको खुद्रा बजारको मूल्य प्रतिकेजी १ हजार रहेको छ ।
यी बाहेक किसमिस, काजु, खुर्पानी, अन्जिरजस्ता वस्तुहरुको मूल्य स्थिर छ । यी वस्तुहरु गत वर्ष जुन मूल्यमा ब्रिकी भएका थिए, यो वर्ष पनि खुद्रामा सोही मूल्यमा बिक्री भइरहेको संघले जनाएको छ ।
त्यसैगरी, अन्य देशहरू अफगानिस्तान, भियतनाम, कतार, थाइल्यान्ड, अमेरिकालगायत अन्य मुलुकबाट विभिन्न प्रकारका ड्राई फ्रुट्स अर्थात भाइमसला आयात हुने गर्दछ । तर, आयात भई तिहारको समयवधिमा बिक्री हुने भाइमसलाको भने हालसम्म संघसँग यकिन तथ्यांक नभएको संघले जनाएको छ ।

झिलिमिली बत्तीको आयात घट्यो, मूल्य वृद्धि
झकिझकाउँ तिहारका लागि आवश्यक झिलिमिलि बत्तीको यो वर्ष आयात घट्ने र मूल्य केही मात्राले बढ्ने देखिएको छ । नेपाल विद्युतीय व्यावसायी महासंघका अनुसार यो वर्ष विगतको तुलनामा आयातमा केही कमी आएको र गत वर्षको तुलनामा विद्युतीय झिलिमिली बत्तीको मूल्य बढ्ने देखिएको छ ।
महासंघका महासचिव कमल पोखरेलका अनुसार यो वर्ष बजारमा उपलब्ध हुने झिलिमिलि बत्तीमा १२ देखि १५ प्रतिशतसम्मको मूल्य वृद्धि भएको छ ।
सामान्य अवस्थामा वार्षिक १ अर्बभन्दा धेरैको विद्युतीय बत्ती नेपालमा आयात हुने गर्छ । जसमध्ये आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने गर्छ भने बाँकी २० प्रतिशत आयातित बत्तीको खपत क्रिसमस, नयाँ वर्ष तथा विवाह भोज जस्ता कार्यक्रमहरुमा खपत हुने गर्छ ।
विगतको तुलनामा कोरोना महामारीपछि निरन्तर यस्ता झिलिमिली बत्तीको आयात घटिरहेको छ । २०७६ मा तिहारको समयमा नेपालमा करिब ६० करोड बराबरको झिलिमिली बत्ती आयात भएको थियो । २०७७ मा भने कोरोना महामारीका कारण नेपालमा २५ करोड बराबरको मात्रै झिलिमिली बत्ती आयात भएको थियो ।
२०७८ मा कोरोना महामारी केही मत्थर भएता पनि आयात सामान्य अवस्थामाभन्दा निकै कम थियो । गत वर्ष नेपालमा २५ देखि ३५ प्रतिशत मात्रै झिलिमिली बत्ती आयात भएको थियो । गत वर्ष करिब ४० करोडको विद्युतीय बत्ती आयात भएको थियो, जसमध्ये ३० करोड रुपैयाँ बराबरको व्यापार गत वर्षको तिहारको समयमा भएको थियो ।
बजारमा तिहारलक्षित पर्याप्त झिलिमिली बत्तीको आयात हुन नसक्दा खुद्रा व्यापारीले पनि महंगो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएकाले उपभोक्ताले यो वर्ष केही महंगो मूल्य तिनुपर्ने देखिएको छ ।
बजारमा तिहारलक्षित विभिन्न प्रकारका लाइट भित्रिने गर्दछ । हाल बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाईट अत्याधिक बिक्री हुने गर्दछ । अहिले बजारमा यस्ता सामग्रीहरुको होलसेल तथा खुद्रा बिक्री पनि सुरु भइसकेको छ ।
२०७८ मा कोरोना महामारीभन्दा अघिको तुलनामा ३५ प्रतिशतसम्म झिलीमिली बत्तीहरुको मूल्य बढेको थियो । यो वर्ष झिलिमिली बत्तीहरुको मूल्य गत वर्षको भन्दा पनि महंगिएको छ । गत वर्षको तुलनामा यो वर्ष १२ देखि १५ प्रतिशतले मूल्य बढेको हो । पोखरेलले भने, ‘यो वर्ष गत वर्षभन्दा केही महंगो भएको छ । आयात गर्नमै समस्या हुँदा यस्तो मूल्यबृद्धि भएको हो ।’
यो वर्षको तिहारमा गत वर्षको तुलनामा फूलमाला बढी खपत हुने अनुमान गरेको छ । फ्लोरिकल्चर एशोसिएसनकाअनुसार यो वर्षको तिहारमा साढे २४ लाख माला खपत हुने अनुमान गरिएको छ ।
गत वर्ष देशभर १८ लाख १५ हजार व्यवसायिक सयपत्री फूलको माला खपत भएको थियो । तर, यो वर्ष १० प्रतिशतले सयपत्री फूलको बजार मागमा वृद्धि हुने अनुमान गरेको एशोसिएसनका अध्यक्ष मिन बहादुर तामाङले जानकारि दिए । उनका अनुसार यो वर्ष तिहारको ५ दिनमा करिब २० लाख सयपत्री, ४ लाख २५ हजार मखमली र २० हजार गोदावरी फूलको माला गरी २४ हजार ४५ लाख माला खपत हुने अनुमान गरेको छ ।
तिहारका लागि आन्तरिक र आयात दुबै फूलको खपत हुने देखिएको छ । जसम आन्तरिक ८५ प्रतिशत र १५ प्रतिशत आयातित फूलको खपत हुने तामाङको भनाई छ । यसैगरी, उनले यो वर्ष बजार माग अनुसार आन्तरिक १७ लाख र ३ लाख आयातित गरी २० लाख सयपत्री फूलको माला खपत हुने बताए ।
जसमा गत वर्षको तुलनामा १०.१९ प्रतिशतले फूलको अपत बढ्ने भएको छ । त्यस्तै, तिहारमा ३ लाख २५ हजार आन्तरिक उत्पादित मखमली फूल र २० हजार गोदावारी फूलको माला खपत हुने भएको छ । त्यसमा १ लाख माला भने निर्यात हुने एशोसिएसनले जनाएको छ ।
एशोसिएसन अनुसार तिहारमा साढे १३ करोडको कारोबार हुने जनाएको छ । गत वर्षको तिहारमा ११ करोड ९२ लाख रुपैयाँको कारोबार भएको थियो । यो वर्ष बजारमा फूल मालाको माग बढेकाले माग बढ्ने अनुमान एशोसिएसनले गरेको छ ।
तिहारमा सयपत्री फूलको मालाबाट ११ करोड करोड रुपैयाँ, मखमली फूलको मालाबाट १ करोड ७० लाख रुपैयाँ र गोदावारी फूलको मालाबाट ८० लाखको कारोबार हुने एशोसिएसनले जनाएको छ । गत वर्ष सयपत्री फूलको मालाबाट ९ करोड ९८ लाख रुपैयाँ, मखमली फूलको मालाबाट १ करोड ४२ लाख रुपैयाँ र गोदावारी फूलको मालाबाट ५२ लाख गरी ११ करोड ९२ लाख रुपैयाँको कारोबार गरेको थियो ।
यो वर्षको तिहारमा सयपत्री फूलबाहेक अन्य फूल मालाको मूल्य बढ्ने भएको छ । सयपत्री फूलको प्रति माला ५५ रुपैयाँ बिक्री हुने तामाङ्ले बताए । गत वर्ष पनि सोही मूल्य कायम भएको थियो ।
त्यसैगरी, मखमली फूलको मूल्य भने गत वर्षको तुलनामा ५ रुपैयाँले बढेको छ । गत वर्ष प्रतिमाला ३५ रुपैयाँ कायम भएकोमा यो वर्ष ४० रुपैयाँ तोकेको एशोसिएसनको भनाइ छ । त्यस्तै, गोदावारी फूलको माला ५० रुपैयाँले बढेको छ । गत वर्ष प्रतिमाला ३५० रुपैयाँ कायम भएको गोदावारी फूलको मूल्य यो वर्ष ४०० रुपैयाँ तोकेको छ ।

नेपालमा ७ वटै प्रदेशको विभिन्न क्षेत्रमा व्यवसायिक रुपमा सयपत्री फूलको खेती भइरहेको छ । त्यसमध्ये काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, मकवनपुर, रामेछाप, झापा, ईलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलाली लगायत जिल्ला छन् ।
मखमली फूल भने काठमाडौंको ईचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी बडिखेल, कैलाली, पाल्पा, धादिङ र इलाम आदि क्षेत्रहरुमा मखमली फूलको व्यवसायिक खेती भइरहेको हुनाले तिहारमा सोही क्षेत्रका फूलले बजारमा माग धान्ने एशोसिएसनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।