logo

सर्वाधिक महंगियो डलरको भाउ,प्रति अमेरिकी डलर १२४ रुपैयाँ ३८ पैसा

विदेशबाट सामान ल्याउनेलाई घाटा,डलर भित्राउने मालामाल

    815   पटक पढिएको

८ जेठ /अर्थ र व्यापार – अहिले नेपाली बजारमा अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएका कारण अहिले प्रति अमेरिकी डलर सटही गर्दा १२४ रुपैयाँ ३८ पैसा खर्चगनुपर्ने भएको छ । यो नेपालको वैदेशिक मुद्रा सटहीको इतिहासमै अमेरिकी डलरको भाउ सबैभन्दा उच्च हो ।
नेपाल राष्ट्र बैंकले शनिबार र आइतबारकालागि निर्धारण गरेको विनिमय दर अनुसार १ अमेरिकी डलरको खरिद मुल्य १२३ रुपैयाँ ७८ पैसा र विक्री दर १२४ रुपैयाँ ३८ पैसा रहेको छ । गत शुक्रबार अमेरिकी डलरको भाउ अझ बढी थियो । राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार शुक्रबार १ डलरको भाउ खरिददर १२४ रुपैयाँ ७ पैसा र बिक्रीदर १२४ रुपैयाँ ६७ पैसा कायम गरिएको थियो । शुक्रबार सबैभन्दा उच्चदर भएको अमेरिकी डलरको भाउ शनिबार र आइतबारकालागि अझ केही तल ओर्लिएको हो । राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको अमेरिकी डलरको विनिमय दरको तुलनामा अहिले २९ पैसाले कम हो ।
अमेरिकी डलरको भाउ अकासिएसँगै अहिले विदेशबाट सामान ल्याउनेलाई घाटा लागेको छ । अमेरिका लगायत विभिन्न देसबाट डलर भित्राउनेहरु भने मालामाल भएका छन । डलर भित्राउनेहरुले यसरी डलरको भाउ बढेको बेला नेपाली रुपैयाँसित सटही दर्ता धेरै रुपैयाँ पाएका छन ।
अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाएरसँगै हाल अमेरिकी डलर दिन प्रतिदिन बलियो बन्दै गएकाले नेपाली रुपैयाँ झन कम्जोर बन्दै गएको हो ।
एकवर्षअघिको ६ जेठमा पनि डलरको भाउ अत्यधिक बढेर एक अमेरिकी डलर बराबर ११७ रुपैयाँ ३७ पैसा पुगेको थियो । त्यसपछिको पछिल्लो एक वर्षमा अमेरिकी डलको भाउ लगातार बढेर अहिले नेपालको विनिमय दरको इतिहासमै सबैभन्दा बढी भएको हो । एक वर्षको अवधीमा नै थप प्रति डलर ७ रुपैयाँ ३८ पैसा बढेको हो ।
पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो । त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको जानकारहरू बताउँछन् । २०७४ सालको पुसमा एक अमेरिकी डलरको भाउ अवमूल्यन हुँदै १०२ रुपैयाँसम्म झरेको थियो । 
विश्वव्यापीकरण, आर्थिक उदारीकरण, आयात(निर्यात, जनस्तरको सम्पर्क र आवतजावत जस्ता विषयका कारण डलरको भाउमा हुने उतारचढावका सोझा असर नेपाली अर्थतन्त्रमा पनि पर्ने गर्छ । डलर महँगो हुनुको कारण नेपाली रुपैयाँ कमजोर हुनु हो । नेपाली रुपैयाँको भारुसँग स्थिर विनिमय दर कायम छ । यसको यसकारण भारु कमजोर हुनु भनेको पनि नेपाली रुपैयाँ पनि कमजोर हुनु हो ।
पछिल्लो समय भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुलाई थप अवमूल्यन हुन नदिन भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले २०.१० बिलियन डलर बिक्री समेत गरेको छ । भारु थप अवमूल्यन हुन नदिन आरबीआईले २०.१ बिलियन डलर बिक्री गर्ने भएको छ ।
अमेरिकी डलरको भाउसँगै अहिले कुवेती दिनारको विनिमय दर पनि ह्वात्तै बढेको छ अहिले कुवेती दिनारको भाउ बढेर पछिल्लो पाँच वर्ष यताकै उच्च हो । राष्ट्र बैंकले शनिबार र आइतबारकालागि निर्धारण गरेको विनिमय दर अनुसार कुवेती दिनार एकको खरिददर ४०४ रूपैयाँ १७ पैसा र बिक्रीदर ४०६ रूपैयाँ १३ पैसा रहेको छ । कुवेती दिनारको भाउ पनि गत शुक्रबारको दिन भन्दा शनिबार र आइतबारकालागि केही पैसा घटेको हो । यसभन्दा अघि कुवेती दिनारको सबैभन्दा उच्च विनिमय दर सन् २०२२ को ८ मार्चमा उच्च विन्दुमा पुगेको थियो । सो दिन कुवेती दिनारको भाउ खरिददर ४०४ रूपैयाँ ०७ पैसा र बिक्रीदर ४०६ रूपैयाँ ०४ पैसा पुगेको थियो।
अहिले बहराइन दिनारको विनिमय दर पनि पछिल्लो पाँच वर्ष यताकै एवं हालसम्मकै उच्च रहेको छ । शुक्रबार बहराइन दिनार एकको खरिदमा ३२९ रूपैयाँ ११ पैसा र बिक्रीमा ३३० रुपैयामा ७० पैसा तोकिएको थियो ।
नेपालको अर्थतन्त्रको प्रकृति अनुसार अमेरिकी डलरको भाउ बढ्दा नेपाललाई फाइदा भन्दा बेफाइदा नै बढी हुने सम्बन्धीत क्षेत्रका विज्ञहरूले बताएका छन् । उनीहरुका अनुसार डलरको भाउ बढ्दा नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) बाट फाइदा भएपनि त्यो भन्दा बढी आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा बढी घाटा पर्छ । डलरको भाउ बढ्दा वैदेशिक ऋणको लागत बढ्नुका साथै निर्यात महँगो पर्न जान्छ । डलर बढ्दा विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुन सक्छ ।
यसैगरि, डलरको भाउ बढ्दा त्यसले पर्यटन मार्फत् हुने आम्दानी बढाइदिन्छ । नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ । यस्तै डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महँगो हुन पुग्छन् । डलर महँगो भएसँगै यसले उपभोग बढाएर व्यापार घाटा थप चुलिने हुँदा देशको शोधनान्तर घाटा थप बढ्छ ।
नेपाल उपभोग्य वस्तुदेखि विलासी सामाग्री गाडीसम्म सबै आयातमा निर्भर रहकाले डलरको भाउ बढ्दा नेपाललाई फाइदा भन्दा बढी बेफाइदा हुन्छ । नेपालका ६० प्रतिशत बढी व्यापार भारतसँग हुने गरेको छ । यसले इन्धनको मूल्य बढी तिर्नुपर्ने र भारु सस्तो हुँदा नेपालमा पनि महँगी बढ्नसक्ने हुनसक्छ ।
पछिल्लो समय करिब लाखको संख्यामा नेपाली विद्यार्थी विदेशमा पढ्न गएका छन्। उच्च शिक्षा हासिल गर्नका लागि उनीहरूले त्यहाँ विदेशी मुद्रामा रकम भुक्तानी गनुपर्छ । डलरको भाउ बढ्दा ती विद्यार्थीको परिवारमाथि आर्थिक बोझ थपिन्छ भने समग्रमा नेपाली अर्थतन्त्रमा नै त्यसको चाप पर्न जान्छ ।
 विश्व वित्त बजारमा अस्थिरता
डलर थप शक्तिशाली बन्दै गएपछि विश्व वित्त बजारमा अस्थिरता बढेको छ । अमेरिकी मुद्रा बलियो हुँदै जाँदा अमेरिकामा मुद्रास्फीति दर केही मात्रामा घटेको छ । यसले अमेरिकी नागरिकलाई आवश्यक पर्ने आयातित वस्तु खरिदमा सहयोग गरेता पनि अमेरिका बाहेकका अरु देशमा मुद्रास्फीति दर अझै बढाउँदै गएको हो।
डलर बलियो हुँदै गर्दा विशेषगरी विकासोन्मुख देशहरुको मुद्रा कमजोर बनेको छ । सोही कारण आयातमा निर्भर देशहरुको विदेशी सञ्चितिमा कमी आएको छ । विदेशी सञ्चिति वृद्धि गर्नकालागि विकासोन्मुख राष्ट्रहरुले औसत ब्याज दर बढाउने प्रक्रिया अघि सारेका छन् ।
एक डलर बराबर भारु ७७.५६ भएपछि भारतले जुन महिनामा ०.४ प्रतिशतले औसत ब्याजदर बढाउने तयारी गरेको छ । डलर बलियो भएसँगै विकासोन्मुख राष्ट्रमात्रै नभई विकसित राष्ट्रहरु पनि प्रभावित हुन पुगेका छन् । मे महिनाको पहिलो सातामा फेडरल रिजर्भले ब्याज दर बढाएपछि जापानी येन र चिनियाँ युवान पाँच वर्ष यताकै कमजोर हुन पुगेको छ । युवान एक डलर बराबर ६.६९ युवान हुन पुगेको छ । यसैगरी, जापानी येन एक डलर बराबर १२७.८५ येन हुन पुगेको छ ।
फेडरल रिजर्भले बढाएको औसत ब्याज दर कैयौं विकासोन्मुख तथा विकसित राष्ट्रहरुको लागि टाउको दुखाइको विषय बनेको छ । यसका साथै डलर उच्च भएसँगै यसले विकासोन्मुख अर्थतन्त्र भएका राज्यहरुलाई करेन्सी मिसम्याच हुने खतरा बढाउँदै गएको छ । अमेरिकी डलरमा ऋण सापटी लिएर आफ्नो स्वदेशी मुद्रामा भुक्तानी गर्ने राष्ट्र, कर्पोरेशन तथा वित्तीय संघसंस्थाहरुको लागि यो खतरा बढ्दै गएको अन्तर्राष्ट्रिय वित्तीय संस्थान (आइआइएफ) ले जनाएको छ ।
यसैगरी आइआइएफले गरेको एक अध्ययन अनुसार युरोप आर्थिक मन्दीको बाटोमा लम्किएसँगै, चीनको आर्थिक वृद्धि दर सुस्ताएपछि र अमेरिकामा वित्तीय वातावरण थप नियन्त्रित हुँदै गएपछि प्राविधिक कम्पनीहरुको विश्वव्यापी वृद्धि दर खुम्चिने तथ्यांकले जनाएको छ । कोभिड–१९ ले सृजना गरेको आर्थिक अस्थिरता, रुस–युक्रेन युद्ध र चीनमा कोभिड–१९ संक्रमण बढ्दै जानुले उच्च आर्थिक अस्थिरता ल्याउने उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।