logo

डलर नपाएपछि इन्टरनेट ब्यान्डविथको भुक्तानी रोकियो ,अब जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने

    1243   पटक पढिएको

६ बैशाख/अर्थ र व्यापार – इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले भारतीय कम्पनीबाट नेपाल ल्याएको इन्टरनेट ब्यान्डविथ बापतको रकम भुक्तानी गर्न नसकेका कारण अब जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने अवस्था आएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई डलर भुक्तानीका लागि सिफारिस नदिँदा डलर भुक्तानी रोकिएसँगै अब नेपालको इन्टरनेट सेवा समेत रोकिन सक्ने इनटरनेट सेवा प्रदायक कम्पनीहरुले बताएका छन ।
अहिलेसम्म मन्त्रालयले सिफारिस नदिँदा गत साउनदेखि भारतीय कम्पनीलाई डलर भुक्तानी रोकिएको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले जनाएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्षमा सुधीर पराजुलीले सरकारकै कारण जुनसुकै समयमा नेपालको इन्टरनेट सेवा काटिन सक्ने बताए । उनका अनुसार नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीले भारतीय कम्पनीलाई बुुझाउनुपर्ने ३ अर्ब रुपैयाँ बढी रकम गत साउनदेखि रोकिएको छ ।
संसद्को सार्वजनिक लेखा समितिले नै बेरुजु फर्छ्योट भइसक्यो भनेर सिफारिस गर्दा समेत मन्त्रालयले सिफारिस रोकेपछि भारतीय कम्पनीले इन्टरनेट काट्न पटक÷पटक चेतावनी दिएको उनले बताए ।
‘एयरटेल र टाटाबीच हामीले ब्यान्डविथ सम्झौता गर्दा बुँदा नम्बर ५ र ९ मा सेवा प्रदायकले तोकिएको समयमा भुक्तानी गर्नुपर्ने र भुक्तानी नभए सम्झौता रद्द हुने प्रावधान तोकिएको छ । ९ महिनासम्म हामीले रकम नपठाउँदा उनीहरूले दैनिक चेतावनी दिन थालेका छन्, अहिलेसम्म हामीले उनीहरूले भनेअनुसार तीन महिनाको बैंक ग्यारेन्टी पठाएका थियौं, त्यसको पनि समय सकिसकेको छ, सरकारको कारण जुनसुकै समय नेपालको इन्टरनेट काटिन सक्छ,’ अध्यक्ष पराजुलीले भने ।
हाल नेपालका सेवा प्रदायक कम्पनीले भारतीय कम्पनी टाटा र एयरटेलबाट इन्टरनेट ब्यान्डविथ खरिद गरेर नेपालमा बिक्री गर्ने गरेका छन् ।
यसअघि महालेखा परिक्षकको कार्यालयले विभिन्न सेवा प्रदायक कम्पनीको नाममा ठूलो रकम बेरुजु देखाएको छ । महालेखाको प्रतिवेदनले सेवा प्रदायकले मर्मतसम्भारको शुल्कमा समेत रोयल्टी लाग्ने र त्यस बापतको बक्यौता उठाउनुपर्ने औँल्याएको थियो ।

सोही विषयलाई आधार बनाउँदै सञ्चार मन्त्रालयले डलर भुक्तानीको सिफासिर रोकेको हो । महालेखाले असुल गर्नुपर्ने भनेको रकम तिरेपछि सेवा प्रदायक कम्पनीहरूलाई डलर भुक्तानी सुविधाको सिफारिस गर्ने अडान मन्त्रालयले लिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिको २०७६ सालको २६ भदौमा बसेको बैठकले इन्टरनेट सेवा प्रदायक कम्पनीले ६ प्रतिशत रकम दूरसञ्चार कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेको थियो । सञ्चालक समितिले सेवा प्रदायक कम्पनीले उपभोक्तासँग मर्मतसम्भार शुल्कबापत लिएको रकमको ४ प्रतिशत रोयल्टी तिर्नुपर्ने र २ प्रतिशत रकम ग्रामीण दूरसञ्चार कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेको थियो ।
२०७६ सालको साउनअघि सेवा प्रदायकले असुल गरेको शुल्कमा मात्रै सो नियम लागू हुने भन्दै भदौमा प्राधिकरणले बोर्डले निर्णय गरेको थियो । यसैगरि, सार्वजनिक लेखा समितिले उक्त मर्मत शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार कोषबापतको कर नलाग्ने निर्णय गर्दै बेरुजुबाट हटाउन निर्देशन दिएको थियो ।
समितिले सो निर्देशन दिए पनि सञ्चार मन्त्रालयको अडानका कारण डलर भुक्तानीको सिफारिस नपाएको पराजुलीको भनाई छ । उनका अनुसार समितिले ‘दूरसञ्चार नियमावली २०५४ को नियम २६ र अनुसूची ६ (क) अनुसार सपोर्ट चार्ज, वार्षिक मर्मत, टेक्निकल चार्ज÷मनिटर चार्ज जस्ता गैर–दूरसञ्चार सेवामा ग्रामीण दूरसञ्चार कोषमा जम्मा गर्नुपर्ने शुल्क र रोयल्टी नलाग्ने देखिएकोले बेरुजु लगत हटाउन निर्देशन दिने’ भन्दै मन्त्रालयमा पत्र पठाएको थियो ।
सञ्चार मन्त्रालयका प्रवक्ता विनोद प्रकाश सिंहले महालेखाको प्रतिवेदन अनुसार भुक्तानी नहुँदासम्म सिफारिस रोकिएको बताए । ‘बक्यौता बाँकी रहेका सेवा प्रदायक कम्पनीको मात्र सिफारिस रोकिएको हो, भुक्तानी गर्ने कम्पनीले सिफारिस लगिरहेका छन’ उनले भने ।

यस्तो भनेको छ महालेखाले
राजस्व अभिलेखः दूरसञ्चार ऐन, २०५३ को दफा ३२ (१) मा दूरसञ्चार सेवा सञ्चालन गर्ने व्यक्तिले आफूले कबुल गरेको वा दूरसञ्चार नियमावली, २०५४ को नियम २६ बमोजिम वार्षिक कुल आम्दानीको ४ प्रतिशतले हुने रकम रोयल्टीको रुपमा नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ । यो वर्ष रोयल्टीबापत तीन अर्ब ९६ करोड ८४ लाख र फ्रिक्वेन्सी दस्तुर बापत ३ अर्ब ८७ करोड ८० लाख प्राप्त भएको आधारमा आम्दानी जनाएको छ ।
मन्त्रालयले दूरसञ्चार सेवा सञ्चालन गर्ने निकायहरुले नेपाल सरकारलाई बुक्राउनुपर्ने रोयल्टी र फ्रिक्वेन्सी दस्तुरको अभिलेख तथा लागत नराखेकोले प्राप्त हुनुपर्ने राजश्व यकिन हुन सकेन । सार्वजनिक लेखा समितिले २०७६ सालको १२ जेठमा अभिलेख व्यवस्थित बनाई अद्यावधिक गर्न निर्देशन दिएको छ । प्राप्त हुनुपर्ने, प्राप्त भएको र प्राप्त हुन बाँकी राजश्वको लगत तथा अभिलेख राख्नुपर्दछ ।
दूरसञ्चार रोयल्टीः दूरसञ्चार ऐन, २०५३ को दफा ३२ (१) र दूरसञ्चार नियमावली, २०५४ को नियम २६ (१) अनुसार अनुमतिपत्र प्राप्त व्यक्तिले कुन वार्षिक आम्दानीको ४ प्रतिशतले हुने रकम रोयल्टीको रुपमा नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ । विभिन्न ८ दूरसञ्चार सेवा प्रदायक संस्थाले आय वर्ष २०७५÷७६ को कुल आय ७५ करोड ३० लाख ११ हजारको ४ प्रतिशतले हुने रोयल्टी ३ करोड १ लाख २० हजार दाखिला गरेका छैनन् ।
यसैगरि, ४ सेवा प्रदायकले ग्राहकसँग असुल गरेको मर्मत तथा सपोर्ट चार्ज र अन्य चार्ज आम्दानी २ अर्ब ७३ करोड ७० लाखको ४ प्रतिशतले हुने रोयल्टी १० करोड ९५ लाखसमेत दाखिला गर्नुपर्नेमा सो आम्दानी घटाई रोयल्टी दाखिला गरेकोले छुट रोयल्टी असुल गर्नुपर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।