logo

निजी क्षेत्र राजस्व बुझाउन तयार हुँदाहुँदै अपमान नगरौं:महासंघ अध्यक्ष गोल्छा

    1027   पटक पढिएको

२८ चैत/अर्थ र व्यापार – सभामुख अग्नि सापकोटा र सरकारका मुख्यसचिव शंकरदास वैरागीलाई साक्षी राख्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र राजस्व बुझाउन तयार रहेको र त्यसको अपमान नगरिदिन आग्रह गरेका छन् ।
सोमबार राजधानीमा सम्पन्न नेउवा महासंघको ५६ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा अध्यक्ष गोल्छाले यस्तो आग्रह गरेका हुन । हरेक क्षेत्रबाट सरकारलाई राजश्व बुझाउँदै आएका निजी क्षेत्रलाई अपमानपूर्ण व्यवहार नगरिदिन आग्रह गर्दै महासंघका अध्यक्ष गोल्छाले भने,‘हामीले विस्तृत अध्ययन गरेका छौं,कार्यान्वयनमा सहकार्य गरिदिनुहोस्, हामी लगानी गर्छौं प्रक्रिया सहज बनाइदिनुहोस्, उत्पादन गर्छौं अवरोध नगरिदिनुहोस्,रोजगार दिन्छौं हडताल नगरिदिनुहोस्, निर्यात गर्छौं प्रोत्साहन गरिदिनुहोस् । यस्तै हामी पर्यटक ल्याउँछौं स्वागत पनि गरिदिनुहोस् ।’
देसको अर्थतन्त्रमा झन्डै ७७ प्रतिशतबढी हिस्सा राख्ने निजी क्षेत्रलाई सिंहदरबार र राष्ट्र बैंकमा हुने छलफल र निर्णयबारे कुनै जानकारी नहुने गरेकोमा निजी क्षेत्र दुःिखत भएको भन्दै उनले यस्तो नीति किन ल्याइँदैछ र यसको असर के पर्छ त्यो पनि थाहा नहुने बताए । यसैगरि, उनले पछिल्लो समय मुलुकमा देखिएको संकट रोक्न रकम भित्राउने संयन्त्र बालियो पार्नुपर्नेमा जोड दिए ।
अर्थतन्त्रमा के कस्ता समस्या छन् भनेर हालसम्म सरकारले निजी क्षेत्रसँग छलफल नगरेको उनको भनाइ छ । ‘सञ्चारमाध्यममा हेर्दा अर्थतन्त्रमा ठूलै संकट देखिन्छ’, अध्यक्ष गोल्छाले भने, ‘उद्यमी व्यवसायीसँग पनि सल्लाह गरी मिलेर समाधान निकाल्दा के नै बिग्रिन्छ र ?’
आफूहरु पनि यही मुलुकका नागरिक भएको र अर्थतन्त्रमा पनि ७७ प्रतिशत लगानी रहेको स्मरण गराउँदै उनले ७५ प्रतिशत रोजगारी पनि आफूहरुले सिर्जना गरेको बताए । ‘सोही हाराहारीमा राजस्व हामी र हाम्रो माध्यमबाट संकलन हुन्छ’, उनले भने, ‘हामी पनि संकट समाधानार्थ योगदान दिन चाहन्छौं । मुलुकको मायाँ हामीलाई पनि छ ।’
सात महिनाको तथ्यांक हेर्दा आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । ‘आठौं र नवौं महिनामा अर्थतन्त्रमा ठूलै संकट पो आयो कि ? हामी गत कात्तिकदेखि नै संकटोन्मुख भएका हौं । आयातमा केही प्रतिबन्ध लगाएर माघमा मंसिरभन्दा करिब ३० अर्ब रुपैयाँ कम आयात भएको पनि जानकारि गराउँदै उनले भने, ‘यो लम्बियो भने गैरकानुनी आयात हुने सम्भावना बढेको छ । त्यसतर्फ ध्यान दिन जरुरी छ ।’
नेपालको निजी क्षेत्र यसपटक दौडिन खोजेको भएपनि अर्थतन्त्रलले थेग्न नसकेको बताए । ६ प्रतिशत हाराहारी वृद्धि हुने वित्तिकै तरलता अभाव भइहाल्ने भएकोले निर्यात ९० प्रतिशत हाराहारी बढेपनि यसको मुल आधारनै निकै सानो रहेको उल्लेख गरे ।
कोभिड पछि पर्यटन आय ८० प्रतिशतले घटेको छ । रेमिट्यान्स आप्रवाह र वस्तु व्यापार घाटाबीचको फरक ४७५ अर्ब रुपैयाँ पुगिसकेकोले यसको अर्थ अव रेमिट्यान्सले घाटा थेग्न नसक्ने नै भन्ने भएको दाबी गरे । ‘त्यसअघि बैंक वित्तीय संस्थालाई ब्याज बढाउ, त्यसले आयात निरुत्साहित हुन्छ भनियो, बैंकहरुले पनि ब्याज बढाए, अध्यक्ष गोल्छाले भने, तर निक्षेप आउन सकेन ।’
पछिल्लो सात महिनामा निक्षेप करिब डेढ खर्ब हाराहारी मात्रै बढेको, कर्जा लगानी भने त्यसको साढे दुई गुणा बढी भएको, ब्याज बढेको र लागत महँगो भएको महासंघको दाबी छ । अध्यक्ष गोल्छाका अनुसार कहिले केन्द्रीय बैंक त कहिले अर्थमन्त्रालय धाइरहनुपर्यो । तर, केही पार लागेन । यदि यस्तै भएको खण्डमा अब व्यवसाय गर्न सकिँदन ।
पछिल्लो दुई वर्ष कोभिड पुनरुत्थानका लागि केन्द्रीय बैंकमार्फत प्राप्त सहयोगले व्यवसायीलाई तंग्रिन केहि सहज भएपनि संकट हुनेबित्तिकै भएका निर्णयले अन्योल सिर्जना भएको भनाई गोल्छाको छ । ‘हामी बिजुलीमा आत्मनिर्भर मात्रै होइन, निर्यात गर्न सक्ने भयौं भनिरहँदा एकाएक उद्योगहरुमा बिजुली काट्न थालिएका छ । यसरी पिक आवरमा विद्युत् अवरोध हुँदा जेनेरेटर नचलाई सुखै छैन’ अध्यक्ष गोल्छाले भने ।
महासंघको सो साधारण सभा उद्घाटनको क्रममा सभामुख अग्नि सापकाटोले निजी क्षेत्रको समस्या समाधानका लागि सरकार सधैं तयार रहेको भन्दै त्यसका लागि आवश्यक सहजीकरण गरिदिने बताए । उनले निजी क्षेत्रले अर्थतन्त्रमा दिएको योगदानलाई सम्मान गर्दै त्यसलाई बढाउनका लागि आवश्यक नीति नियम बनाउन सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सरकारका मुख्यसचिव शंकरदास वैरागीले अर्थतन्त्रको विषयमा सिंहदरबार र राष्ट्र बैंकमा हुने हरेक छलफलमा निजी क्षेत्रको प्रतिनिधित्व गराउने बताए । सरकारले निजी क्षेत्रलाई कहिल्यै पनि पक्षपात नगरेको दावी गर्दै वैरागीले भने, ‘ यदि कुनै बेलाको छलफलमा प्राविधिक कारणले नबोलाइएको हुनसक्छ, अब त्यस्तो हुँदैन ।’
महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारिका कारण सिथिल भएको देसको अर्थतन्त्रलाई उकास्नका लागि नीजि क्षेत्र तयार रहेको भन्दै आवश्यक सहजिकरण सरकारले गरिदिनुपर्ने बताए । कोभिडले थला परेको व्यवसाय उकास्न सरकारले सहयोग गरे नीजि क्षेत्र लगानीका लागि सदैब तयारहेको उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।