logo

बिमा कम्पनीले विभिन्न शीर्षकमा गरे ४ खर्ब ६१ अर्ब लगानी

    1047   पटक पढिएको

६ चैत /अर्थ र व्यापार – जीवन, निर्जीवन र पुनर्बिमा कम्पनीहरुले विभिन्न १६ वटा शीर्षकहरुमा खर्बौं रुपैयाँ लगानी गरेका छन् । जीवन तथा निर्जीवन र दुई पुनर्बिमा कम्पनीहरुले बैंकहरुको मुद्दती निक्षेप, सेयर बजार, सरकारको ऋणपत्र र ऊर्जामा गरी कुल ४ खर्ब ६१ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ लगानी गरेका हुन् ।
विभिन्न बिमा कम्पनीहरुले वाणिज्य बैंकको मुद्दती निक्षेपमा सबैभन्दा बढी रकम जम्मा गरेका छन् । मुद्दती निक्षेपमा बिमा कम्पनीहरुको ३ खर्ब ४९ अर्ब १३ करोड ७५ लाख रुपैयाँ रहेको बिमा समितिले जनाएको छ ।
समितिका अनुसार यस्ता बिमा कम्पनीहरुको आम्दानीको मुख्य स्रोत नै मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज हो । हालसम्म सेयर बजारमा मात्रै ७८ अर्ब ४१ करोड रुपैयाँ लगानी गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीको साधारण सेयरमा कम्पनीले १० अर्ब २६ करोड २३ लाख रुपैयाँ लगानी गरेका छन् । साधारण सेयरमा बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाउने प्रावधानअनुसार सो रकम बराबरको सेयर खरिद गरेका हुन् ।
बिमा ऐनले बिमा कम्पनीहरुलाई विभिन्न १६ वटा क्षेत्र तोकेर लगानी गर्न पाउने व्यवस्था गरेको छ । सोही ऐन अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । जसअनुसार हालसम्म सो क्षेत्रमा २९ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ लगानी गरेका छन् ।
यसैगरि, समितिले नेप्सेमा सूचीकृत कम्पनीको डिबेन्चरमा २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ । जसअनुसार हालसम्म उक्त क्षेत्रमा २५ अर्ब ८९ करोड ६९ लाख रुपैयाँ लगानी गरेका छन् ।
म्युचअल फन्ड र नागरिक लगानी कोषमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्थाअनुसार हाल सम्म १ अर्ब ४१ करोड ९३ लाख रुपैयाँ र संस्थापक सेयरमा ११ अर्ब ३१ करोड २३ लाख रुपैयाँ लगानी गरेका छन् । नेप्सेमा सूचीकृत नभएका पब्लिक कम्पनीहरुको सेयरमा समेत कम्पनीले लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
संकलित रकम एउटै क्षेत्रमा लगानी हुँदा कम्पनीको जोखिम बढ्ने भएकाले मापदण्ड तोकेको बिमा समितिको भनाइ छ । ऐनबमोजिम बढी लगानी भए त्यस्ता कम्पनीलाई कारबाहीसमेत गरेको समिति बताउँछ ।
यस्तै कम्पनीहरुले सरकारको बचतपत्रमा पनि ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । उक्त क्षेत्रमा कम्पनीले झन्डै ४५ अर्ब रुपैयाँ लगानी गरेका छन् । जसमा मेटलाइफ एउटैले बचतपत्रमा मात्रै १६ अर्ब रुपैयाँ लगानी गरेको छ ।
यसबाहेक वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ४० प्रतिशतसम्म राख्न पाउने व्यवस्था छ । जसमा सबभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८५ अर्ब रुपैयाँ लगानी गरेको समितिले जनाएको छ । त्यस्तै पूर्वाधारका क्षेत्रमा मुद्दती निक्षेपअन्तर्गत ४० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
तर, उक्त क्षेत्रमा ५ वटा कम्पनीले २५ करोड रुपैयाँ मात्रै लगानी गरेका छन् । त्यस्तै घरजग्गा व्यवसायमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्थाअनुुसार नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै ३६ करोड रुपैयाँ लगानी गरेको छ ।
सूचीकृत पब्लिक कम्पनीहरुको सेयरमा १० प्रतिशत, ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकको अग्राधिकार सेयरमा २० प्रतिशत, डिबेन्चरमा २०, कृषि पर्यटन तथा जलस्रोतलगायतका क्षेत्रमा २०, म्युचअल फन्ड र नागरिक लगानी कोषमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था बिमा ऐनमा छ ।
यस्तै ‘ख’ वर्गका बैंकको मुद्दती निक्षेपमा २० प्रतिशत, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १० प्रतिशत र अन्य सूचीकृत नभएका पब्लिक लिमिडेट कम्पनीको सेयर, संस्थापक सेयर र अन्य क्षेत्रमा लगानी गर्न पाउनेसमेत व्यवस्था ऐनले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।