logo

जानकी फाइनान्सको खुद नाफा १६९.७२ प्रतिशतले बढ्यो 

    1226   पटक पढिएको

१७ साउन / अर्थ र व्यापार – जानकी फाइनान्सले सात करोड ८६ लाख ९१ हजार रुपैंया बराबरको खराब कर्जा असुल गरेर खुद नाफामा छलाङ मारेको छ । फाइनान्सले गत आर्थिक वर्षमा ११ करोड ८३ लाख ३५ हजार रुपैंया खुद नाफा कमाएको छ । 
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले चार करोड ३८ लाख ७३ हजार रुपैंया खुद नाफा कमाएको थियो । फाइनान्सको खुद नाफा १६९.७२ प्रतिशतले बढेको हो ।

निक्षेप संकलनको अवस्था सामान्य रहेको फाइनान्सले कर्जा प्रवाहको आकार बढाएको छ । जसका कारण उसको खुद व्याज आम्दानी उल्लेख्य मात्रामा बढेको छ । चार करोड ६७ लाख रुपैंया सम्भावित जोखिमका लागि प्रोभिजन गरेको फाइनान्सले राइट व्याक गरेर कमाईको आकार झनै बढाएको हो ।

समिक्षा अवधिमा राइट व्याकको रकम बढाएका कारण फाइनान्सको निष्कृय कर्जा अनुपात घटेको छ । अघिल्लो आर्थिक वर्षमा ७.३४ प्रतिशत रहेको निष्कृय कर्जा अहिले ६.८३ प्रतिशतमा झरेको छ । यद्यपी यो अनुपात फाइनान्सका लागि राम्रो पक्ष हैन ।

समिक्षा अवधिमा पूँजी वृद्धि नगरेको फाइनान्सको चुक्ता पूँजी ३४ करोड १८ लाख ५९ हजार रुपैंया रहेको छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले १० प्रतिशत बोनस वितरण गरेको थियो । सहयोगी विकास बैंकसँगको मर्जर तोडिए पछि फाइनान्सले अन्य विकल्प अघि सारेको छैन ।

अहिले फाइनान्सको जगेडा कोषमा २९ करोड ४९ लाख रुपैंया सञ्चित छ । जगेडा कोषको सबै रकम बोनसका रुपमा वितरण गर्दा पनि फाइनान्सको चुक्ता पूँजी ६३ करोड हाराहारी मात्र पुग्छ । यस अर्थमा फाइनान्स अझै पनि मर्जर तथा विलयको बाटोमा जाने योजनामा रहेको आँकलन गर्न सकिन्छ ।

फाइनान्सको प्रतिसेयर आम्दानी ३४ रुपैंया ६१ पैसा छ भने मूल्य आम्दानी अनुपात  ७.७७ गुणा बढी तथा प्रतिसेयर नेटवर्थ १८६ रुपैंया २६ पैसा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।