logo

अझै पनि राष्ट्र बैंक वाणिज्य बैंकबराबरको पुँजी प्राप्त गर्नमा असफल

    1492   पटक पढिएको

३ साउन / अर्थ र व्यापार – सरकारले नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिका लागि २ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । राष्ट्र बैंकको ५ अर्ब पु¥याउन सरकारले आवश्यक रकम उपलब्ध गराएको हो । हाल राष्ट्र बैंकको पुँजी ३ अर्ब रुपैयाँको रहेको छ । यसलाई बढाएर ५ अर्ब पु¥याउन सरकारले आवश्यक रकम उपलब्ध गराएको हो । 

यसै साता बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकको पुँजी वृद्धिका लागि आवश्यक थप २ अर्ब रुपैयाँ राष्ट्र बैंकको साधारण जगेडा कोषको रकमबाट प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यससँगै अब राष्ट्र बैंकको पुँजी ५ अर्ब रुपैयाँको हुने छ । राष्ट्र बैंकको पुँजीको निर्धारण ऐनले नै गरेको छ र सोहीअनुसार पुँजी वृद्धिका लागि सरकारले रकम प्रयोग गर्न स्वीकृति दिएको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दोस्रो संशोधनले राष्ट्र बैंकको पुँजी ५ अर्ब रुपैयाँ हुने व्यवस्था गरेको छ । गत २९ कात्तिक ०७३ मा ऐनको दोस्रो संशोधन भएको थियो । ऐन संशोधन भएको ८ महिनापछि सरकारले पुँजी वृद्धिका लागि रकम उपलब्ध गराएको हो । ऐनमा राष्ट्र बैंकको पुँजी सरकारले दिने उल्लेख छ । त्यस्तै, नेपाल सरकारले राष्ट्र बैंकको पुँजी थपघट गर्न सक्नेसमेत ऐनमा उल्लेख छ ।

राष्ट्र बैंकको पुँजी बढेर ५ अर्ब पुगे पनि ‘क’ वर्गका बैंकको बराबर पनि हुनेछैन । हाल वाणिज्य बैंकको पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । यसअनुसार वाणिज्य बैंकको पुँजीभन्दा राष्ट्र बैंकको पुँजी ३ अर्ब रुपैयाँले कमी हुनेछ । राष्ट्र बैंकले आफ्नो पुँजी वाणिज्य बैंकको भन्दा निकै बढी पुर्याउँदा राम्रो सन्देश जाने छ । 

राष्ट्र बैंकको पुँजी वृद्धिले बजारमा राम्रो सन्देश जाने, राष्ट्र बैंकको स्वायत्ततालाई कायम राख्ने र सम्भावित विपत्तिको सामना गर्ने औजार तयार हुनेछ । विदेशी विनिमय दरमा ठूलो उतार–चढाव आउँदा वा बृहत् अर्थतन्त्रको व्यवस्थापनमा बढी खर्च गर्दा कुनै पनि वेला राष्ट्र बैंक घाटामा जान सक्छ । यस्तो अवस्थामा धेरै पुँजी हुँदा त्यसैलाई परिचालन गर्न सकिने भएकाले सरकारसँग निर्भर हुनुपर्दैन ।

अहिले वाणिज्य बैंकहरूको पुँजी ८ अर्ब पुगिसक्यो, तर राष्ट्र बैंकको पुँजी भने बल्ल ५ अर्ब पुग्दै छ । यसले बजारमा राम्रो सन्देश दिँदैन । बजारमा मनोबल बढाउन पनि राष्ट्र बैंकको पुँजीलाई २० अर्ब पुर्याउनुपर्छ । पुँजी वृद्धिले खासगरी मनोवैज्ञानिक प्रभाव पार्छ । राष्ट्र बैंकलाई बलियो बनाउन मद्दत गर्छ । राष्ट्र बैंकको स्वायत्ततालाई कायम राख्नसमेत पुँजीले भूमिका खेल्छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।