logo

नेपाल बंगलादेश बैंक जग्गा खरिद प्रक्रियाको अन्तिम चरणमा

    1135   पटक पढिएको

३ माघ/ अर्थ र व्यापार - अजेयराज सुमार्गीको मुक्तीश्री प्रालिको नाममा रहेको जग्गा नेपाल बंगलादेश बैंकले मिलेमतोमा महंगो मूल्य हालेर किन्ने प्रकृया अन्तिम चरणमा पुर्याएको छ । १२१ आना जग्गा खरिद प्रकरणमा करोडौं रुपैंयाको कमिशनको खेलले बैंकलाई भने समस्यामा पार्ने देखिएको छ । वर्षौंदेखि जग्गा खरिद प्रकृयामा रहेको बंगलादेश बैंक घोटालाको विषय मिल्न नसकेका कारण नै अहिलेसम्म जग्गा खरिदको निर्णय हुन सकिरहेको थिएन । बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्रप्रसाद ढुंगाना आफै अबैध ढंंगले जग्गा खरिद समितिमा बसेर जग्गा गरिदको अन्तिम निर्णय गराउन लागेका हुन् ।

समितिमा बस्न नमिल्ने व्यवस्था विपरित ढुगांना आफैं समितिमा बसेर जग्गा खरिद प्रकृयाको निर्णयमा हस्तक्षेप गरेका हुन् । यसले व्यक्ति मालामाल हुने तर बैंक धरासायी बनेर जाने देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा सञ्चालकहरुले व्यवस्थापन हाँक्ने गरेकोमा बंगलादेश बैंकमा भने ठीक उल्टो अवस्था छ । बैंकका प्रमुख कार्यकारी अधिकृतले नै बैंक सञ्चालक समितिलाई आफु अनुकुल रुपमा निर्णय गराउन लगाउँदै आएका छन् ।

यसै क्रममा जग्गा खरिद उपसमितिमा आफैं बसेर ढुंगानाले सुमार्गीको जग्गा महंगोमा किन्ने निर्णय गराएका छन् । आफुले ठुलो रकम कमिशनका रुपमा लिने योजना अनुसार जसरी पनि सोही जग्गा गरिद गर्ने पक्षमा ढुंगाना छन् । बंगलादेश बैंकको हालै बसेको संचालक समितिको बैठकले बिशालनगरस्थित सुमार्गीको मुक्तीश्री प्रालिको ७ रोपनी ९ आना जग्गा ८४ लाख रुपैंया प्रतिआनाको दरमा किन्ने निर्णय गरेको थियो ।

बैंक संचालक समितिमा जग्गा खरिद प्रकृया अपारदर्शी भएकाले अनियमितता भएको भन्दै फरक मत दर्ता गरेका सञ्चालक दीपक कार्की माथि सोही दिन बेलुका हातपात समेत भएको थियो । प्रमुख कार्यकारी ढुंगानाले बाहिरी मानिसहरु परिचालन गरी सञ्चालक समितिको बैठकबाट सबै सञ्चालक सहितको भोजमा कुटपीट गरेको सञ्चालक कार्कीको आरोप छ । संचालक समितिको बैठकमा फरक मत राखेकोमा बैठकपछि आयोजित रात्रि भोजमा बाहिरी मान्छे परिचालन गरी आफुमाथि कुटपीट भएको आरोप कार्कीले लगाएका छन् ।

नेपाल बंगलादेश बैंक स्रोतका अनुसार बैंकको केन्द्रीय कार्यालय बनाउने नाममा सुमार्गीको १२१ आना जग्गामा प्रतिआना २० लाख रुपैंयाभन्दा बढीको दरले करोडौं रुपैंया घोटालाको जालो बुनिएको हो । बैंक सञ्चालक समितिका साथै जग्गा खरिद समितिको पटक पटकको बैठकका निर्णयमा गरिएका परिवर्तनहरुले पनि यसलाई पुष्टि गर्ने आधार दिएको छ । बैंक सञ्चालक समितिका बैठकहरुमा पनि यस विषयमा फरक फरक निर्णयहरु भएको देखिन्छ ।

अन्तिम पटकको जग्गा खरिद समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ढुंगानाले घोटालाको विषय एक पछि अर्को गर्दै बाहिरिए पछि आफुलाई समितिको आमन्त्रित सदस्यबाट हटाएर जग्गा खरिदको निर्णयमा तिब्र दवाब दिएको खुलेको छ । निरन्तर समितिमा आमन्त्रित सदस्यका रुपमा बसेका ढुगांना अन्तिम निर्णयमा एकाएक निक समितिबाट बाहिरिए भन्ने पनि प्रश्नले पनि घोटालाको विषयलाई मलजल गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।