logo

पुस मसान्त सम्म ऋण नतिर्ने ७ हजार ३ सय ११ फर्म कालोसुचिमा

    1247   पटक पढिएको

२ माघ/ अर्थ र व्यापार  - बैंक तथा वित्तीय संस्थाहरुलाई खराब कर्जा (उठ्न नसकेको ऋण लगानी) को चाप दिनप्रतिदिन बढ्दै गएको छ । आर्थिक वर्ष २०७५र७६ को दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म ऋण नतिर्ने ७ हजार ३ सय ११ फर्म, कम्पनी र तिनका सञ्चालकहरु कालोसूचीमा परेका छन् । कर्जा लिएर भाखा नाघ्दासमेत चुक्ता नगरेपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुकै आग्रहमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो । ऋण चुक्ता गरेमा उनीहरुलाई कालोसूचीबाट फुकुवा गरिन्छ ।

यसै आर्थिक वर्ष साउन महिनादेखि पुस मसान्त (६ महिनामा) मात्रै १ हजार ७ सय ७५ कम्पनी तथा फर्म र तीनका सञ्चालकहरु कालोसूचीमा परेका छन् । आर्थिक वर्ष २०७४र७५ को असार मसान्तसम्ममा कालोसूचीमा पर्नेको संख्या ६ हजार ८६ थियो ।
बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेको ऋण उठाउन नसकेपछि कालोसूचीमा राख्ने र त्यसपछि ऋण असुली न्यायाधीकरणमा मुद्दा हाल्ने गर्छन् । न्यायाधीकरणमा बैंक(वित्तीय संस्थाको ऋणसम्बन्धी मुद्दाको चाङ लागेको श्रेस्तेदार भेषराज कोइराला बताउँछन् । बैंक तथा वित्तीय संस्थाको ऋण असुलीसम्बन्धी मुद्दाहरु छिटो(छरितो ढंगबाट कारवाही र किनारा गरी ऋणीबाट लिनुपर्ने ऋणको सावाँ, व्याज रकम असुलउपर गराइदिने उद्देश्यसहित २०५८ सालमा न्यायाधीकरणको स्थापना गरिएको थियो ।

स्थापनाकालदेखि पुस मसान्तसम्म १७ अर्ब रुपैयाँ ऋण असुली हुन बाँकी रहेको न्यायाधीकरणका प्रवक्ता समेत रहेका कोइरालाले जानकारी दिए । उनका अनुसार न्यायाधीकरणले चालु आर्थिक वर्षको चार महिनासम्म २२ अर्ब ४७ करोड ६२ लाख ५६ हजार रुपैयाँ ९ सय ६६ रुपैयाँ ६० पैसा असुल गरिसकेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मात्रै ३ अर्ब ५० करोड ४४ लाख २७ हजार ४ सय २४ रुपैयाँ ६० पैसा असुली भएको थियो । उठाउन बाँकी रहेको १७ अर्ब रुपैयाँको मुद्दा पनि चलिरहेको कोइरालाले बताए । सोमबार मात्रै प्रभु बैंकका ३ वटा तथा एनआईसी एसिया बैंक र जनता बैंकका एक(एक वटा मुद्दाको फैसला भएका छन् ।

मंगलबारका लागि २ बैंकका ४ वटा ऋण असुली मुद्दाको पेशी तोएकिो छ । २०७३ असोज ९ गते एनएमबी बैंकले सुनौला खिम्ती कन्स्ट्रक्सन प्रालि समेतका विरुद्ध र एमएमबीले नै २०७४ पुस २३ मा कामधेनु महिला दुग्ध सहकारी संस्था समेतका विरुद्ध दर्ता गराएको ऋण असुली मुद्दा मंगलबारका लागि पेशी तोकिएको थियो । यसैगरी सनराईज बैंकले २०७४ असार २७ मा नेपाल प्रगति निर्माण सेवा प्रालि र भवानी दर्नाल समेतलाई विपक्षी बनाई दर्ता गराएको मुद्दाको पनि मंगलबारका लागि नै पेशी तोकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।