logo

माघ लागेपछि ब्याजदर घट्ने अपेक्षा गरिए पनि उच्च दरमै कारोबार

    1373   पटक पढिएको

३ पुस/ अर्थ र व्यापार - पुस अन्तिम सातादेखि आकाशिएको अन्तर बैंक कारोबारको ब्याजदर माघ लागेपछि पनि घटेको छैन । बैंकहरुलाई कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) मेन्टेन गर्न तीब्र दबाब परेपछि अन्तर बैंक कारोबारको ब्याजदर आकाशिएको हो ।

पुसको अन्तिम दिन अर्थात् ३० गते सबैभन्दा बढी ८ प्रतिशत ब्याजदरमा अन्तर बैंक कारोबार भएको थियो । तर, माघ लागेपछि ब्याजदर घट्ने अपेक्षा गरिए पनि आजसम्म उच्च दरमै कारोबार भइरहेको छ ।
पछिल्लो हप्ता बैंकहरुबाट मोटो रकम बाहिरिएका कारण बैकहरुलाई सीसीडी रेसियो मेन्टेन गर्न हम्मेहम्मे परेकाले अन्तरबैंक कारोबारको ब्याज बढेको उनको भनाई थियो । 

माछापुच्छ्रे बैंकका डेपुटी सीइओ सन्तोष कोइरालाका अनुसरा राष्ट्र बैंकले अन्तर बैंक सापटी लिएको रकमलाई पनि निक्षेपमा देखाएर सीसीडी मेन्टेन गर्ने पाउने व्यवस्था मिलाएका कारण अन्तर बैंक कारोबारमा बैंकहरु आकर्षित भएका हुन् ।
‘बजारमा भएको पैसा राजस्वका माध्यबाट सरकारको ढुकुटीमा थुप्रिँदै गएको छ, सरकारले विकास खर्च गर्न सकेको छैन, अझ पुस मसान्तमा त राजस्व तिर्नका लागि बैंकबाट ठूलो परिमाणमा रकम झिकियो,’ कोइरालाले भने, ‘निक्षेप बढेको छैन, कर्जा बढेको बढ्यै छ । बैंकहरुलाई सीसीडी मेन्टेन गर्न निकै कठिन परेको छ । त्यसैले महंगो ब्याज तिरेर भए पनि बैंकले बैंकसँगै ऋण लिएको देखिन्छ ।’ नेपाल राष्ट्र बैंकले गत पुस ११ गते अन्तर बैंक कारोबार गरेर भएपनि बैंकहरुले सीसीडी मिलाउन सक्ने ब्यवस्था गरेको थियो ।

राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले ८० प्रतिशत सीसीडी रेसियो मेन्टेन गर्नुपर्छ । राष्ट्र बैंकले यस्तो सहुलियत दिँदा पनि आधा दर्जन बैंकको सीसीडी रेसियो पुस मसान्तमा ८० प्रतिशतभन्दा माथि छ । तर बैंकहरुको औषत सीप्सीडी रेसियो भने सन्तोषजनक नै देखिन्छ । राष्ट्र बैंकका अनुसार पुस ३० गते बैंकहरुको औषत सीसीडी रेसियो ७७.४५ प्रतिशत छ । यसरी अन्रत बैंक कारोबारको ब्याजदर आकाशिनुले बैंकिङ क्षेत्र अझै पनि संकटमा भएको प्रष्ट संकेत गर्ने बैंकरहरु बताउँछन् । माघ लागेपछि पनि बैंकरहरुलाई सीसीडी मेन्टेन गर्न उस्तै कठिन अवस्था देखिएको छ ।

पछिल्लो एक महिनाको तथ्यांक हेर्ने हो भने बैंकहरुले ३० अर्ब रुपैयाँले निक्षेप बढाएर ३० अर्ब रुपैयाँले नै कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको शुरुकै महिनादेखि कर्जायोग्य पुँजीको समस्या झेल्दै आएका बैंकहरु अझैसम्म यो समस्याबाट मुक्त हुन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।