logo

बैंकहरु बिच ब्याज दरमा अस्वस्थ प्रतिस्पर्धा, औषत आधार ब्याज दरमा सामान्य बृद्धि

    1423   पटक पढिएको

१ पुस/ अर्थ र व्यापार  - ब्याज दरमा अस्वस्थ प्रतिस्पर्धा गरेपछि बैंकहरुको स्रोत लागत बढेर आधार ब्याज दर बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, औषत आधार ब्याज दरमा सामान्य बृद्धि देखिएको छ । बैंकहरुले प्रत्येक महिनाको १ गते नयाँ आधार दर सार्बजनिक गर्छन् ।

बैंकहरुले ब्यक्तिगत मुद्दति निक्षेपमा घोषित रुपमै प्रतिस्पर्धा गरेका थिए । मंसिर सुरुबाटै भएको प्रतिस्पर्धाका कारण ११ प्रतिशतको ब्याज दर साढे १३ प्रतिशत पुगेको छ । सञ्चालनमा रहेका २८ वटा बाणिज्य बैंकहरुमध्ये ११ वटाले ब्यक्तिगत मुद्दति निक्षेपको ब्याज दर बढाएका छन् । केही बैंकले बचतको ब्याज दरमा पनि बृद्धि गरका छन् ।बाणिज्य बैंकहरुको आधार ब्याज दर साढे १० प्रतिशतभन्दा केही माथि पुगेको छ । बैंकहरुले आधार दरमा २ देखि साढे ६ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिने गरेका छन् । राष्ट्र बैंकले एक पटक ऋणको ब्याज बढाएपछि कम्तिमा तीन महिना बढाउन नपाउने ब्यवस्था गरेका कारण आधार दर बढे पनि सबै ऋणको ब्याज बढ्दैन । साथै आधार दर बढेजति मात्रै ऋणको ब्याज बृद्धि गर्न पाइन्छ ।

बैंकहरुले निक्षेपको ब्याज बढाउँदा आधार दर बृद्धि भएर सरकारी प्राथमिकताका ऋणको ब्याज पनि बृद्धि हुने भन्दै छाडा भएर ब्याज बृद्धि नगर्न भनिरहेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले ‘छाडा ढंगबाट’ ऋणको ब्याज नबढाउन सार्बजनिक रुपमै भनेका छन् । बैंकहरुले मनपरी ब्याज बढाउन थालेपछि त्यसको समस्या पत्ता लगाइ समाधान गर्न अर्थमन्त्री खतिवडाले डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा कार्यदल नै बनाएका छन् । गत बिहीबार नै सुझाब दिनु पर्ने कार्यदलले अझै काम सकेको छैन । 

सरकारले ब्याज अनुदानमा दिने प्राथमिकता प्राप्त ऋणहरु महँगिने भन्दै त्यसो नगर्न बैंकरलाई सम्झाइ रहेको छ । अर्थमन्त्रीले गठन गरेको कार्यदलमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना सदस्य छन् ।सरकारले बैंकहरुको तरलता अभाव कम गर्नका लागि स्थानीय निकायको बजेट निक्षेपका रुपमा परिचालन गर्न दिने ब्यवस्थासमेत गरिसकेको छ । तैपनि बैंकहरुबीच ब्याज बढाबढको प्रतिस्पर्धा चलिरहेको छ । यही प्रतिस्पर्धाका कारण आधार दर बढेको हो । केही बैंकले राष्ट्र बैंकको प्रवधान र बैंकर संघको सहमति विपरित पनि भित्रभित्रै संस्थागत निक्षेपकर्तालाई १३ प्रतिशतमसम्म ब्याज दिइरहेका छन् । 

बैंकहरुले बचत खाताको ब्याजमा पनि बदमाशी गर्न थालेका छन् । बचतको उच्चतम र न्यूनतम ब्याजको अन्तर २ प्रतिशत बिन्दु हुनु पर्ने ब्यवस्था छ । तर कल डिपोजिटमा बढि ब्याज दिएर निक्षेप तान्न केही बैंकले न्यूनतम ब्याज नै तोकेका छैनन् । बचतको न्यूनतम ब्याजभन्दा बढि कल डिपोजिटमा ब्याज दिन पाइँदैन। त्यही भएर बैंकहरुले न्यूनतम ब्याज नतोकि अधिकतम ब्याज सात प्रतिशत मात्र तोकिरहेका छन् । यसले गर्दा पनि बैंकहरुको पूँजी लागत बढेर आधारदर महँगिएको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।