logo

सरकारद्धारा बैंकका लागि विकास खर्च

    1839   पटक पढिएको


२१ जेठ / अर्थ र व्यापार -सरकारले पूर्वाधार निर्माणमा छुट्याएको रकम खर्च गर्न नयाँ रणनीती अख्तियारी गरेको छ । अबदेखि आयोजनाको तयारीका चरणहरु पूरा गरी साउनभित्र टेन्डर गरिसक्नु पर्छ। असोजभित्र प्राप्त टेन्डर मूल्यांकन गरी ठेक्का सम्झौता गरिसक्नु पर्ने नीति सरकारले लिएको हो। 

विकास निर्माणलाई तिब्रता दिन सरकारले भदौ १५ गतेभित्र आयोजनाको विस्तृत विवरण, सम्पन्न गर्नु पर्ने अवधि र लागत र त्यसका लागि जिम्मेवार कर्मचारी सहितको आयोजना कार्यान्वयन कार्ययोजना तयार पार्ने भएको छ । आयोजना सम्पन्न गर्ने अवधिभरका लागि स्पष्ट जनशक्ति योजनासहित अस्थायी दरबन्दी साउन मसान्तभित्र स्वीकृत गरिसक्नु पर्छ  । 
सरकारले आगामी आर्थिक बर्षको बजेटमा नीतिगत ब्यवस्था गर्दै तोकिएको समयमा काम सुरु नगर्ने र आयोजना कार्यान्वयन कार्ययोजना अनुसार काम नगर्ने निर्माण ब्यावसायीको ठेक्कासमेत रद्द गर्ने भएको छ। सरकारले अर्थ मन्त्रालयमा रहेको विषयगत मन्त्रालय बजेट सुचना प्रणालीबाट प्राप्त हुने चौमासिक बिभाजन सहितको कार्यक्रमलाई नै स्वीकृत कार्यक्रम र खर्च गर्ने अख्तियारी मानी बजेट निकासा दिने नीति लिएको छ ।

अबदेखि निर्माण ब्यावसायीले ठेक्का सम्झौता गरेपछि सम्झौता बमोजिमका सबै वा केही कार्यका लागि सहायक ठेक्का सम्झौता गर्नु पर्ने भएमा आयोजना प्रमुखको लिखित स्वीकृति लिनु पर्छ। अति आवस्यकवाहेक एक तहभन्दा बढि तहमा सहायक ठेक्का सम्झौता गर्न नपाइने व्यवस्थासमेत सरकारले गर्ने भएको छ। 
एकातिर तोकिएको गुणस्तर कायम नगर्ने तथा समयभित्र काम नसक्ने निर्माण ब्यावसायीलाई कारवाही गर्ने योजनासमेत सरकारले बनाएको छ भने अर्कातिर समयभित्र काम गर्ने ठेकेदारलाई सरकारले वित्तीय तथा गैरवित्तीय प्रोत्साहन उपलब्ध गराउने नीतिसमेत लिएको छ।
 
बिल भुक्तानीमा पनि सरकारले सहज नीति लिएको छ । काम सकिएपछि त्यसको भेरिफिकेसन हुन्छ। फेरिफिकेसन भएको १० दिनभित्र बिल तयार हुन्छ । बिल पेश भएको १५ दिनभित्र भुक्तानी उपलब्ध गराइने भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।