logo

ग्लोबल आईएमई बैंकको नाफा १ अर्ब ६८ करोड, स्प्रेड दर ५ प्रतिशतभन्दा माथि

    1278   पटक पढिएको

 २६ माघ / अर्थ र व्यापार - ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।
जनता बैंकसँग मर्ज भएपछिको ग्लोबलले सार्वजनिक गरेको यो पहिलो अपरिष्कृत वित्तीय विवरण हो । बैंकले गत पुस मसान्तसम्ममा १ खर्ब ९० अर्ब ५२ करोड ६५ लाख रुपैयाँ सर्वसाधारणमा कर्जा तथा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ८ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।
बैंकमा सर्वसाधारणको १ खर्ब ९७ अर्ब ४१ करोड १३ लाख रुपैयाँ सर्वसाधारणको निक्षेप संकलन गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ खर्ब २० अर्ब ८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
६ महिनाको अवधिमा बैंकले ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ भने ५ अर्ब ८ करोड २८ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको ६ महिनामा बैंकले ६ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ व्याज आम्दानी गरी ४ अर्ब ५ करोड ५३ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । गत आवको ६ महिनामा २ अर्ब ३८ करोड १० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ३ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
बैंकको खराब कर्जा अनुपात केही बढेको छ । यद्यपि नियामकीय प्रावधानभन्दा कम नै छ । गत आवको पुस मसान्तमा ०.७५ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा १.२० प्रतिशत पुगेको छ ।
बैंकको कष्ट अफ फण्ड घटेको छ । गत आवको पुस मसान्तसम्ममा ७.५७ प्रतिशत रहेको कष्ट अफ फण्ड चालु आवको सोही अवधिसम्ममा ६.७९ प्रतिशत छ । बैंकलाई थप कर्जा प्रवाह गर्ने सुविधा कम छ । गत आवको पुस मसान्तसम्ममा ७९.०६ रहेको कर्जा निक्षेप अनुपात चालु आवको सोही अवधिसम्ममा ७८.९८ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ ।
बैंकको आधारदर एकल अंकमा आएको छ । गत वर्षको पुस मसान्तसम्ममा १०.०९ प्रतिशत रहेको आधार दर चालु आवको सोही अवधिसम्ममा ९.६४ प्रतिशतमा झरेको छ । आधार दर कम हुँदा कर्जाको व्याज सस्तो पर्छ ।
बैंकको व्याज अन्तर (स्प्रेड) दर भने निकै बढेको छ । गत आवको पुस मसान्तसम्ममा ३.८१ प्रतिशत रहेको व्याज अन्तर चालु आवको सोही अवधिमा ५.३१ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चालु आवको अन्त्यसम्ममा व्याज अन्तर ४.४ प्रतिशतमा ल्याइसक्न निर्देशन दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।