logo

ग्लोबल आइएमई र रिलायवल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु

    1615   पटक पढिएको

२६ असार / अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले ताकेको पूँजी पुर्याउने क्रममा ग्लोबल आईएमई बैंक दोस्रो बनेको छ । यस अघि नेपाल इन्भेष्टमेण्ट बैंकले पहिलो पटक चुक्ता पूँजी आठ अर्ब नघाएकोमा ग्लोबल आईएमईले मर्जर तथा एक्विजिशनबाट आफ्नो पूँजी आठ अर्ब नघाएको हो ।

बैंकले आइतबारबाट रिलायबल डेभलपमेण्ट बैंकलाई आफुमा विलय गरेर एकीकृत कारोबार सुरु गरेको हो । एक कार्यक्रमका बिच अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंकको एकीकृत वित्तीय कारोबार सुरु गरेका हुन् ।

कार्यक्रममा मन्त्री कार्कीले उत्पादनशिल क्षेत्रमा लगानी बढाएर रोजगारी तथा आय आर्जन बढाउन बैंकहरुलाई आग्रह गरे । सरकार एक्लैले मात्र आर्थिक कृयाकलापलाई तिब्र बनाउन नसक्ने भन्दै उनले सबै स्थानीय तहमा अनिवार्य रुपमा शाखा बिस्तार गर्न वाणिज्य बैंकहरुलाई निर्देशन समेत दिए ।

बैंकले १० वटा मर्जर तथा विलय गरी चुक्ता पूँजी आठ अर्ब आठ करोड रुपैंया पुर्याएको हो । यस क्रममा आईएमई फाइनान्सियल इन्स्टिच्युटबाट वित्तीय सेवा सुरु गरेको बैंकले लर्ड बुद्ध फाइनान्स, गुल्मी विकास बैंक, सोसियल डेभलपमेण्ट बैंक, कमर्ज एण्ड ट्रष्ट बैंक, प्यासिफक डेभलपमेण्ट बैंक लगायतका संस्थासँग मर्जर तथा विलय गरेको थियो ।

बैंकले ११२ वटा शाखा, ११४ वटा एटीएम सञ्जाल, पाँच वटा एक्सटेन्सन काउण्टर तथा ४६ वटा शाखारहित बैंकिंङ सेवाबाट वित्तीयि सेवा प्रदान गर्नेछ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।