logo

सिटिजन्स इन्टरनेशनलको नाफा १ अर्ब २१ करोड

    1565   पटक पढिएको

६ साउन / अर्थ र व्यापार – गत आव २०७३/७४ मा सिटिजन्स इन्टरनेशनल बैंकको नाफा १२.०१ प्रतिशतले बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा १ अर्ब ८ करोड रहेको थियो । बैंकको खुद व्याज आम्दानी भने ८ प्रतिशतले बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट १२ करोड ५९ लाख रुपैयाँ, अन्य सञ्चालनबाट ३५ करोड २८ लाख र विदेशी मुद्राको कारोबारबाट बैंकले १८ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको ९० करोड १३ लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि ३१ करोड ३४ लाख रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा १.२८ प्रतिशत रहेको छ भने प्रावधान १ सय ६१ प्रतिशत गरेको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ९२ करोड पुगेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल पनि घटेको छ । यो दर १६.४० प्रतिशत छ । तर प्रतिसेयर आम्दानी भने घटेको छ । प्रतिसेयर आम्दानी १७.४८ प्रतिशतमा सिमित छ । बैंकको सञ्चिती २ अर्ब ५२ करोड रहेको छ ।

बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा लगभग १३.८१ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ । बैंकको निक्षेप संकलन ११ प्रतिशतले बढेर ५२ अर्ब र कर्जा लगानी १८.५१ प्रतिशतले बढेर ४७ अर्ब पुगेको छ । बैंकको सीडी रेसीयो ७७.४२ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ११.१७ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १६.९१ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ३६ रुपैयाँ रहेको छ ।

बैंकको कर्मचारी लागत १२ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ६ करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोको कर्जामा ३ अर्ब ११ करोड, ओभर ड्राफ्ट शीर्षकमा ११ अर्ब लगानी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।