logo

ब्याजमा छाडा नहुन चेतावनी पाउदा पनि बैंकरबीच ब्याजदर बढाउने प्रतिष्पर्धा कायमै

    1117   पटक पढिएको

२४ मंसिर/ अर्थ र व्यापार - भद्र सहमति खारेजपछि व्यक्तिगत निक्षेपमा ब्याजदर तोक्ने जिम्मा बैंकहरुलाई छाडेसँगै बैंकरबीच प्रतिस्पर्धा बढेर गएको छ । बैंकहरुले प्रकाशित ब्याजदर १३ प्रतिशत पुर्याइसकेका छन् । ब्याजदर युद्ध रोक्न अर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले ’ब्याजमा छाडा नहुन’ बैंकरलाई चेतावनी दिएपनि बैंकरबीच प्रतिस्पर्धा रोकिएको छैन । ब्याज बढाउने बैंकको सूची बढिरहेको छ ।

बैंकरबीच भद्र सहमति खारेजीपछि निक्षेप खोसाखोसको अवस्था आएको भन्दै ’भाइबर ग्रुप’ मा म्यासेज आदानरप्रदान भएको छ । ब्याज प्रतिस्पर्धाका बारेमा समिक्षा गर्नुपर्ने धारणा भाइबर ग्रुपमा आउन थालेका छन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले २८ बैंकका प्रमुख कार्यकारी अधिकृतसहित केही डेपुटी प्रमुख कार्यकारी रहेको ’भाइबर ग्रुप’ मा कारवाही गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री खतिवडाले ’सहमति गरेर पनि बाहिर ल्याउने, सहमति तोडेर पनि बाहिर ल्याउने’ कुरा नगर्न सार्बजनिक रुपमै सचेत गराए । गभर्नर नेपालले त ब्याज बढाउने बैंकले सर्वसाधारणको पैसा दूरुपयोग गर्न खोजेको आरोप पनि लगाए ।

त्यसपछि भाइबर ग्रुपमा सहमतिको विकल्प नरहेको र सहमति तोड्नेलाई कारवाही गर्नुपर्ने कुरा उठेको हो । दाहालले बैंकर्स संघलाई शक्तिशाली बनाउँदै सहमति विपरित जाने बैंकलाई अन्तर बैंक सापटीमा एक्लाउनेदेखि चेक क्लियरिङमा असहयोग गरेर कारवाही गर्न सकिने सुझाब दिएका छन् । उनले सहमति पालना नगर्ने बैंकको एटिएम कार्ड अरु बैंकले अस्वीकार गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । 

दाहालको भनाइलाई केही बैंकरले सहमति जनाएका छन् । बैंकर्स संघका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले सहमति पालना नगर्नेलाई दाहालले औंल्याएको कारवाही गर्न सकिने कुरामा सही थापेका छन् । सरकारी स्वामित्वसमेत रहेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्रप्रताप शाहले पनि कारवाही गरेर अगाडि बढ्नु पर्ने बताएका छन् । ’भाइबर ग्रुप’ मा प्रतिकृया जनाएका बैंकरमध्ये अधिकांशले दाहालको भनाइलाई समर्थन गरेका छन् ।

पुराना बैंकर शोभनदेव पन्तले भने फरक धारणा राखेका छन्। उनले ’सहमति पालना नगर्ने बैंकलाई कारवाही गर्ने बिषयमा कानुनले स्वीकृती दिन्छ?’ भनेर प्रश्न उठाएका छन् । उनले नियामकको बिषयमा बैंकर्स संघले हात हाल्नु उचित नहुने धारणा राखेका छन् ।संघले भद्र सहमति तोडेलगत्तै जनता बैंकबाट सुरु भएको ब्याज बृद्धिको प्रतिस्पर्धामा आधा दर्जन बैंक लागिसकेका छन् । जनता बैंकले १२ प्रतिशत ब्याज पुर्याएलगत्तै माछापुच्छ्रेले साढे १२ र कुमारीले १३ प्रतिशत पुर्याएको छ ।

यी बैंकको सिको गर्दै मेगा, सनराइज, सिद्धार्थ, सिभिल र सेञ्चुरी बैंक पनि प्रतिस्पर्धामा उत्रिएका छन् । साधारणसभामा अर्थमन्त्री र गभर्नरले ब्याज वृद्धिको बिरोध गरेपछि थप नबढ्नेमा बैंकर्स संघका अध्यक्ष ढुक्क थिए । त्यसपछि पनि ब्याज बढ्न थालेपछि बैंकरको ’भाइबर ग्रूप’ मा फेरि भद्र सहमतिको कुरा उठेको हो । भद्र सहमति तोड्ने्लाई कसरी कारवाही गर्ने भनेर पनि सुझाब दिइन थालेको हो । अघिल्लो साता भद्र सहमति तोडेका चार बैंकलाई कारवाही गर्ने भनेर बैंकर्स संघले २८ वटै बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिसँग छलफल डाकेको थियो । तर कारवाही गर्ने भनिएका बैंकहरुलाई राष्ट्र बैंकले कर्जा(पूँजी(निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत नाघेको भन्दै जरिवाना तिराएको थियो ।

त्यसपछि बैंकर्स संघ कारवाही गर्नुभन्दा ब्याज दर खुला छाडिदिनुपर्ने निर्णय गर्न पुगेको थियो । यसपछि ब्याज दरमा अपेक्षाभन्दा बढि प्रतिस्पपर्धा भएपछि बैंकर्सहरु सहमतिकै पक्षमा उभिन थालेका हुन् । सहमतिलाई दीगो बनाउन कारवाही गर्नुपर्ने पक्षमा बैंकरहरु देखिन थालेका हुन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।