logo

बैंक तथा वित्तीय संस्थाले जागिरेलाई १५ लाख रुपैयाँसम्म बीना धितो ऋण उपलब्ध गराउने

    983   पटक पढिएको

२९ पुस/ अर्थ र व्यापार - बैंक तथा वित्तीय संस्थाले जागिरेलाई बढिमा १५ लाख रुपैयाँसम्म बीना धितो ऋण उपलब्ध गराउने भएका छन् । तर ऋणका केही सर्तहरु भने छन् । जागिरे भएकै भरमा भने ऋण पाइँदैन । तपाईले जागिर खाएको कार्यालयको तलवी खाता बैंक तथा वित्तीय संस्थामा हुनु पर्छ । नियमित तलव भुक्तानी गर्ने कम्पनीका कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले बढिमा १५ लाख रुपैयाँसम्म बीना धितो ऋण उपलब्ध गराउँछन् ।

राष्ट्र बैंकले यस्तो खालको ऋणमा बैंकहरुलाई केही नीतिगत सहुलियत दिएको छ । त्यसैका आधारमा बढिमा १५ लाख रुपैयाँसम्म बैंक तथा वित्तीय संस्थाले ऋण दिन्छन् । लगानी सुरक्षाका लागि बैंकहरुले तलवी खाता भएका कम्पनीका कर्मचारीहरुलाई यस्तो ऋण दिइरहेका छन् ।  नेपाल राष्ट्र बैंकले आफ्नो सम्पति नभएका, भाडामा बस्ने तर नियमित आम्दानी भएकाहरुले पनि ऋण पाउन् भनेर यस्तो ब्यवस्था गरेको हो । राष्ट्र बैंकले जुन बैंकमा तलबी खाता भयो त्यही बैंकबाट ऋण लिनु पर्ने वाध्यताकारी व्यवस्था भने गरेको छैन । तर बैंकहरुले ऋणको सुरक्षाका लागि तलवी खाता भएका कम्पनीका कर्मचारीलाई मात्र ऋण दिएका हुन् ।
 

बैंकहरुको यस्तो ऋण दिने आआफ्नै सिद्धान्त छ । कुनै बैंकले मासिक तलवको दुई गुणादेखि १५ लाख रुपैयाँसम्म ऋण दिने गरेका छन् । १५ लाख रुपैयाँ नै दिने बैंक भने निक्कै कम छन् । कम्पनीको विश्वसनीयताका आधारमा मात्र कुनै कुनै बैंकले निश्चित कम्पनीका कर्मचारीलाई १५ लाख रुपैयाँसम्म उपलब्ध गराउने गरेका छन् ।  बैंक तथा वित्तीय संस्थाहरुले पर्सनल ग्यारेन्टीमा यस्तो ऋण दिने गर्छन् । बैंकहरुले नियमित आम्दानी हुनेहरुलाई बिनाधितो ऋण दिन थालेकाले तलवी खाता खोल्नेको संख्या पनि बढ्दै गएको बैंकरहरुको विश्लेषण छ । यस्तो ऋण ब्यक्तिगत तथा सामूहिक जमानीमा प्राप्त हुन्छ । शहरमा घर नभएकै कारण नियमित तलव सुविधा भएकाहरुले पनि बैंकबाट ऋण लिन पाएका थिएनन् । उनीहरुलाई लक्षित गरी १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको थियो । 

बैंकहरुले यस्तो ऋण आफूले काम गर्ने संस्थाले दिएको तलब सुविधाको प्रमाणित कागजात, ऋणको पृष्ठभूमि र काम गर्ने कम्पनीले गरिदिएको सिफारिसका आधारमा दिन सक्ने छन् । यस्तो ऋणको किस्ता तथा ब्याज बैंक तथा वित्तीय संस्थाले ग्राहकको नियमित आम्दानीबाट सोझै काट्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।