logo

ब्याजदरलाई सीमित घेराभन्दा माथि जान दिन नहुने अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकको निश्कर्ष

    1335   पटक पढिएको

२६ मंसिर/ अर्थ र व्यापार  - सरकारले उत्पादनशिल क्षेत्रमा जाने ऋणको ब्याज दर सस्तो बनाउन गृहकार्य थालेको छ । बैंक तथा वित्तीय संस्थाबाट जाने ऋणको ब्याज घटाउनका लागि अर्थ मन्त्रालयले आयात नीतिमै परिवर्तन गर्न खोजेको छ । वित्तीय संस्थाले बचतमा दिने ब्याज दर घटाउँदै ऋणको ब्याज ११र१२ प्रतिशतभन्दा माथि जान नदिने गरि काम थालेको छ । नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले संयुक्तरुपमा गृहकार्य गर्दै बचतको ब्याजदर घटाउने र उत्पादनशील क्षेत्रमा परिचालन हुने कर्जाको ब्याजदर नियन्त्रण गर्ने तयारी अघि बढाएका हुन् । 

कर्जाको ब्याजदरमा उच्च वृद्धि भएपछि त्यसलाई नियन्त्रण गर्न बचतमा दिइने ब्याजमै ‘क्याप’ लगाउने तयारी भइरहेको नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेलले जानकारी दिए । अहिले अर्थ मन्त्रालयमा कार्यरत खरेलका अनुसार कर्जाको ब्याजदर न्यूनीकरणका लागि बचतकै ब्याजलाई नियन्त्रणमा लिन खोजिएको हो ।सरकारको यो कदमपछि बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा अधिकतम ९.९ प्रतिशत भन्दा धेरै ब्याज दिन पाउँदैनन् । बचत खाताको ब्याज मुद्दति निक्षेपभन्दा कमै हुन्छ । यसो हुँदा बैंकहरुको स्रोत लागत ७र८ प्रतिशतभन्दा माथि हुँदैन र ऋण ११र१२ प्रतिशतमै पाइने आधार तयार हुन्छ । 

अर्थ मन्त्रालयले गठन गरेको मद्रा र पुँजी बजारको समस्या समाधान सुझाव समितिको प्रतिवेदनमा नै यसैलाई समेटिने खरेलले बताए बिशेष कार्यदलबाट आएको सुझाब भन्दै अर्थमन्त्रायले केन्द्रीय बैंकमाथि ऋण र ब्याज दर नीतिलाई अगाडि बढाउने छ। एक साता समय दिएर बनाइएको समितिको तेस्रो बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिने गरी काम भइरहेको र ब्याजर वृद्धि नियन्त्रणको विषय यसैमा समेटिने उनले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाले अहिले व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिने भन्दै सूचना प्रकाशन गरिरहेका छन् । बैंकहरुको यो प्रतिस्पर्धाले वित्तीय क्षेत्र नै कमजोर पार्ने बैंकहरुको गतिविधि लघुवित्त संस्थाकै जस्तो भएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिकरुपमै आलोचना गरेका थिए ।  अहिले आन्तरिक बजारमा उपलब्ध भएको वित्तीय स्रोतलाई अर्थतन्त्रको गुणात्मक विकासमा सहयोग गर्ने गरी परिचालन गर्न ब्याजदरलाई सीमित घेराभन्दा माथि जान दिन नहुने अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकको निश्कर्ष छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।