logo

लघुवित्तको पुँजी वृद्धि तत्काल नगर्ने

    1482   पटक पढिएको

२५ असार / अर्थ र व्यापार – नेपाल राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । गएको वर्षदेखि बजेट वक्तव्य तथा मौन्द्रिक नीतिमा उच्च प्राथमिकता पाएपनि हालसम्म पूर्वाधार बैंक स्थापनाको विषय कागजमात्र सीमित रहेकोले सो स्थापनाको लागि विशेष व्यवस्था ल्याउने भएको छ । राष्ट्र बैंकले पूर्वाधार बैंक स्थापनाका लागि सक्रिय पहल थाल्नेगरी मौद्रिक नीतिमा उल्लेख गर्नेछ । 

देश संघीयतामा गएको हालको अवस्थामा स्थानीय तहको पूर्वाधार विकासका लागि पूर्वाधार विकास बैंक खोल्न अपरिहार्य भएको राष्ट्र बैंकले ठहर गरेको छ । पूर्वाधार क्षेत्रको विकास निर्माणको परिल्पना चालु आवकै मौद्रिक नीतिमा गरिएको थियो । तर, अहिलेसम्म उक्त परिकल्पना साकार हुन सकेको छैन । अहिले भने देश विकासको लागि पूर्वाधार विकास बैंक अपरिहार्य भएको छ ।

आवमा बैंक तथा वित्तीय संस्थामा व्याजदर निकै उतारचढाव आएकोले आगामी आवको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ब्याज दर स्थायित्व कायम गर्नका लागि नयाँ व्यवस्था ल्याउने तयारी गरेको हो । व्याजदर स्थायित्व कायम गर्ने नयाँ योजना सहित कर्जा निक्षेपको अनुपात स्प्रेड दर पनि एकदेखि आधा प्रतिशतसम्म घटाउने तयारीमा राष्ट्र बैंक रहेकोे छ ।
त्यसरी नै पूनर्कर्जा कोषको रकम बढाउने छ भने गाडी कर्जाको डाउनपेमेन्ट पनि घटाउने भएको छ । पछिल्लो सयमा राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको समीक्षामा उत्पादन क्षेत्रमा लगानी बढाउने योजनालाई प्राथमिकतामा राख्दै गाडि कर्जामा केही कडाई गरेको थियो । ८० प्रतिशतसम्म बेैकले लगानी गरेको गाडीमा खरिद प्रक्रियालाई ५० प्रतिशतभन्दा माथि डाउनपेमेन्ट गर्न नपाउने व्यवस्था गरेको थियो । यस बारेमा आगामि मौद्रिक नीतिले केही सहजीकरण गर्ने छ । जसमा ३० प्रतिशतसम्म डाउनपेमेन्ट तिरेर गाडी खदिर गर्न पाउने व्यबस्था गर्न लागिएको हो ।

राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्दै आएको उत्पादन क्षेत्रको कर्जालाई कडाइ गर्ने भएको छ । हाल तोकिएको २० प्रतिशतलाई २५ देखि ३० प्रतिशतसम्मको अनिवार्य व्यवस्था गर्ने भएको छ । हाल उत्पादनशिल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले कुल लगानीको १७ प्रतिशतमात्र गरेका छन् ।

रियल स्टेट तथा अन्य अनुत्पादक क्षेत्रलाई विस्तारै कडाई गर्दै लैजाने नीति मौद्रिक नीतिले लिने छ । राष्ट्र बैंकले उत्पादन क्षेत्रमा लगानी बढाउँदै लैजाने नीतिलाई साहाकार पार्न, देशभित्र रोजगारी सिर्जना गर्न अनुत्पादक क्षेत्रको लगानी क्रमश कम गर्दै लैजाने भएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई ४ गुणा बढी पुँजीबृद्धि योजना लागू गरेको राष्ट्र बैंकले लघुवित्तको पुँजी वृद्धि गर्ने योजना केही समय अघि छलफल गरेपनि हाल नबनाउने भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।