logo

बैंकहरुको नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी भने घट्यो

    1136   पटक पढिएको

७ भदौ / अर्थ र व्यापार – सामान्यतः बैंकहरुको नाफा बढ्दै जाँदा प्रतिसेयर आम्दानी पनि सोही आधारमा बढ्दै जान्छ । नाफा र प्रतिसेयर आम्दानीबीच सकारात्मक सम्वन्ध रहने गरे पनि यतिबेला यो सिद्धान्त उल्टो देखिएको छ । अर्थात बैंकहरुको नाफा बढे पनि प्रतिसेयर आम्दानी भने घट्न गएको छ । यसको प्रमुख कारण कम्पनीहरुले छोटो समयमै ठूलो रकममा चुक्ता पुँजी बढाउनुपनर्घे वाध्यता रहेको हो ।

पुँजी पुर्याउनकै लागि ठूलो परिमाणमा हकप्रद जारी गर्ने बैंकहरुको प्रतिसेयर आम्दानीमा झन् ठूलो गिरावट देखिन्छ । सिद्धार्थ, कृषि विकास, सानिमा, सिटिजन्स, नेपाल बंगलादेश, एभरेष्ट, कुमारी, सेन्चुरी कमर्सियल र जनता बैंकको उच्च दरले घटेको प्रतिसेयर आम्दानीले त्यही कुरालाई प्रष्ट पार्दछ । 

हकप्रद जारी नगरेका बैंकहरुले भने प्रतिसेयर आम्दानीलाई धेरै हदसम्म सन्तुलनमा राख्न सफल भएका छन् । ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट, नविल बैंक त्यसैका उदाहरण हुन् । तिमध्ये ग्लोबल आइएमईको प्रतिसेयर आम्दानी बढेको छ भने नविल र इन्भेष्टमेन्टको गिरावट अन्तर न्यून छ ।

कतिपयले हकप्रद जारी भएर पनि त्यसको हिसाव चौथो त्रैमासको विवरणमा राख्न भ्याएनन् । प्रभु र सिभिल बैंक ४० प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डको पाइपलाइनमा छन् । मेगा बैंकले ६५ प्रतिशत हकप्रद जारी गर्न हालै स्वीकृति पाएको छ । ८ अर्ब पुर्याउँदा ति कम्पनीको प्रतिसेयर आम्दानी अझ खस्किने छ ।

पुँजी वृद्धिपछि बैंकहरुको व्यवसाय ५ देखि ३० प्रतिशत सम्म मात्रै बढेको छ । पुँजी वृद्धिपछि आगामी दिनमा प्रतिसेयर आम्दानी पनि क्रमिक रुपमा बढ्दै जाने उल्लेख छ । पुँजी बढेपछि व्यवसाय पनि बढ्न जान्छ, यसले आगामी दिनहरुमा प्रतिसेयर आम्दानी अवश्य बढ्नेछ । यो वर्ष व्यवसायको वृद्धिभन्दा पुँजी वृद्धिदर ठूलो हुन पुग्यो र प्रतिसेयर आम्दानी घट्यो ।

गत वर्ष कुमारीबाहेक सबैको नाफा बढेको छ, भने पाँच बैंकबाहेक सबैको प्रतिसेयर आम्दानी घटेको छ । प्रतिसेयर आम्दानी बढ्ने केहीले पुँजी वृद्धिलाई नसमेट्दा त्यसो असर परेको हो ।

बैंकहरुले निकाल्ने वित्तीय विवरणमा लगानीकर्ताले नाफाभन्दा पनि प्रतिसेयर आम्दानीमा सबैभन्दा धेरै चासो दिने गरेको पाइन्छ । आफ्नो लगानीअनुसार प्रतिफल दिन सक्ने कमाई गरे नगरेको यसैबाट थाहा हुने भएकाले प्रतिसेयर आम्दानीमा चासो बढेको हो ।

गत आवको वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा प्रतिसेयर आम्दानीमा कतिपय बैंकहरुले झुक्याएका छन् । थपिएको पुँजीलाई समेत नसमेटिकन प्रतिसेयर आम्दानी देखाइँदा लगानीकर्ता झुक्किएका छन् ।

यद्यपी यस्तो प्रतिसेयर आम्दानी आफैले क्याल्कुलेसन गरेर निकाल्न पनि सकिन्छ । खुद नाफालाई सूचीकृत सेयर संख्याले भाग गरेपछि वार्षिक प्रतिसेयर आम्दानी निस्किन्छ । चुक्ता पुँजीलाई पहिले १ सयले भाग गरेपछि सेयर संख्या पत्ता लगाउन सकिन्छ । बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याउँदा उसको प्रतिसेयर आम्दानीमा हुन सक्ने गिरावटलाई पनि मूल्याङ्कन गर्न अहिलेको वित्तीय विवरणले सघाउँछ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।