logo

राष्ट्र बैंकद्धारा मौद्रिक नीति सार्वजनिक, बैंक ब्याजदर करिडोर घट्यो

व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढाएर २५ करोड, विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा बढाएर ३ हजार डलर

    83   पटक पढिएको



२७ असार/अर्थ र व्यापार — नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लचिलो नीति लिएको छ । राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढाएका २५ करोड पु¥याएका हुन् ।
मौद्रिक नीति मार्फत राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पु¥याएको छ ।
गभर्नर पौडेलले यसअघि चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट सेयर धितो कर्जाको जोखिमभार १ सय २५ प्रतिशतबाट घटाएर सतप्रतिशत कायम गरेका थिए । उनले राष्ट्र बैंकको नेतृत्व सम्हालेको केही दिनमै सेयर बजारप्रति लचिलोनीति लिएका थिए ।
यसअघि राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले आव २०७८/७९ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा क्याप लगाउन सुरु गरेका थिए । अधिकारीले २०७८÷७९ को मौद्रिक नीतिमार्फत एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था गरेका थिए । यसलाई पौडेलले अहिले २५ करोड रुपैयाँ पु¥याएका हुन् । यसले सेयर बजारलाई केही लचिलो बनाईदिएको देखिएको छ ।

धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि कर्जाको अधिकतम सीमा आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक समीक्षामार्फत २० करोड कायम गरेका अधिकारीले २०८१/८२ को मौद्रिक नीतिमार्फत सीमा खारेज गरेका थिए ।
यसैगरी, राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पु¥याइएको छ ।
आगामी आर्थिक वषको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले यस्तो घोषणा गरेका हुन् । हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ । यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आगामी आर्थिक वर्षका लागि १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो र तल्लो दुवै सीमा घटाएको छ । यो व्यवस्थाले बजारमा थप मुद्रा आपुर्ति हुने अनुमान गरिएको छ ।
यस्तै, राष्ट्र बैंकले सुस्त अर्थतन्त्र गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याएको जनाएको छ ।
राष्ट्र बैंकले राष्ट्रिय परिदृष्य पनि मध्यनजर गर्दै लचिलो मौद्रिक नीति ल्याएको हो । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नीतिगत दर घटाएको छ । राष्ट्र बैंकले स्थायी तरलता दर अर्थात् बैंक दर ०.५ प्रतिशत बिन्दुले घटाइ ६ प्रतिशतमा झारेको छ ।
त्यसैगरी, नीतिगत दर ५ प्रतिशतबाट घटाइ ४.५ प्रतिशत बनाइएको छ । साथै, केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन दर पनि ३ प्रतिशतबाट घटाइ २.७५ प्रतिशत बनाइएको छ ।
त्यसैगरी आगामी आवको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि १२ प्रतिशत प्रक्षेपण गरेको छ ।
अधिक तरलताले ब्याजदर घटाएको सहज परिस्थितिमा मौद्रिक नीतिको कार्यदिशा लचिलो अवलम्बन गरिएको छ । सरकारले आगामी आवको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ भने मूल्यवृद्धि ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ ।

अब घर बनाउन वा किन्न ३ करोड रुपैयाँसम्म ऋण पाइने 
नेपाल राष्ट्र बैंकले आवास कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै आवासीय कर्जाको सीमा बढाइएको छ । राष्ट्र बैंकले निजी आवासीय घर निर्माण÷खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा बढाएको हो ।
अब निजी घर निर्माण गर्दा र वा खरिद गर्दा ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । यसअघि दुई करोड रुपैयाँ कर्जा पाइन्थ्यो । राष्ट्र बैंकले पहिलो घर निर्माण वा खरिद गर्दा यस्तो कर्जा मूल्य अनुपात ८० प्रतिशतसम्म हुने जनाएको छ । अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।