logo

पुँजी कोषको दबाबपछि बैंकहरूले घटाए सेयर धितो कर्जा

यस्तो छ सेयर मार्जिन लोनको अवस्था 

    484   पटक पढिएको


२५ माघ/अर्थ र व्यापार – पुँजीकोषको दबाब देखिएका बैंकहरूले मार्जिन प्रकृतिको सेयर धितो कर्जा धमाधम घटाउन थालेका छन् । सेयर धितो कर्जाको जोखिम भार उच्च हुँदा पुँजीकोषको दबाब देखिएका बैंकहरूले यस्तो कर्जा घटाएका हुन्।
अहिले कुमारी बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज, सिटिजन्स, एनएमबी, माछापुच्छ्रे र एनआईसी एसिया बैंकलाई पुँजीकोषको दबाब देखिएको छ। पुँजी कोषको दबाब भए पनि एनआईसी एसिया र कुमारी बैंकले भने सेयर धितो कर्जा बढाएका छन्।
अन्य, पुँजीकोष टाइट भएका बैंकहरूले भने सेयर धितो कर्जा घटाएका छन्। मार्जिन प्रकृतिको ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत र ५० लाखमाथिको कर्जाको १२५ प्रतिशत छ। जोखिम भार उच्च भएको सेक्टरमा सहजै बैंकहरू लगानी गर्न चाहँदैनन्। तर, यतिबेला बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ।
प्रणालीमा तरलता थुप्रिँदा बेलामा समेत उच्च जोखिम भार रहेको सेक्टरमा यी बैंकहरू लगानी घटाइरहेका हुन्। त्यसैमाथि आर्थिक वर्षमा वाणिज्य बैंकले ०.५ प्रतिशत अतिरिक्त पुँजी (काउन्टर साइक्लिकर बफर) थप्नुपर्नेछ । पुँजी कोष सहज भएका बैंकहरू भने सेयर धितो कर्जा बढाउन थालेका छन्। अर्थतन्त्रमा देखिएको शिथिलताका कारण देखिएको सुस्तताले अझैसम्म कर्जाको माग बढ्न सकिरहेको छैन। यस्तो अवस्थामा पुँजी कोष सहज भएका बैंकहरू भने सेयर धितो कर्जा बढाउन थालेका छन्।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको ६ महिना अर्थात् पुस मसान्तसम्मको तथ्यांकले वाणिज्य बैंकहरूले मात्रै ७ अर्ब १८ करोड सेयर धितो कर्जा प्रवाह गरेको देखाएको हो।
गत असारसम्म वाणिज्य बैंकहरूले कुल ५८ अर्ब ६६ करोड ८ लाख यस्तो कर्जा प्रवाह गरेका थिए। पछिल्लो ६ महिनामा ७ अर्ब १८ करोड बढेसँगै बैंकहरूले प्रवाह गरेको यस्तो कर्जाको आकार ६५ अर्ब ८६ करोड पुगेको छ।
चालू आवको पहिलो महिना साउनमा यस्तो कर्जा २३ करोडले बढेकामा भदौमा १ अर्ब ८ करोड, असोजमा २ अर्ब ७३ करोड, कात्तिकमा २७ करोड, मंसिरमा ७ करोड र पुसमा २ अर्ब १९ करोड थपिएको छ । नेपाल राष्ट्र बैंकले गत असोजमा एक व्यक्ति वा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र सेयर धितो कर्जा लिन पाउने सीमा बढायो।
योसँगै व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म लिन पाउने भए। तर त्यसयता मार्जिन प्रकृतिको सेयर धितो कर्जा बढ्न थालेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। एनआईसी एसिया बैंक सेयरधितो कर्जा प्रवाहमा ‘एग्रेसिभ’ देखिएको छ । पछिल्लो ६ महिनामा बैंकले ३ अर्ब ५६ करोड यस्तो कर्जा प्रवाह गरेको छ ।
जुन सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्ये धेरै हो। त्यसैगरी, दोस्रोमा नबिल र तेस्रोमा प्राइम कमर्सियल बैंक छन्। नबिल बैंकले पछिल्लो ६ महिनामा यस्तो कर्जा २ अर्ब २५ करोड र प्राइम कमर्सियल बैंकले १ अर्ब ५ करोडले बढाएको छ। चालू आवको ६ महिनामा नेपाल बैंकले ५९ करोड ७ लाख रुपैयाँ सेयर धितो कर्जा थपेर ४ अर्ब ५४ करोड ३ लाख पुर्याएको छ।
त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले १७ करोड १ लाख, नेपाल एसबीआईले ११ करोड, एभरेष्ट बैंकले ६५ करोड, सानिमा बैंकले ८ करोड ९ लाख, सिटिजन्स बैंकले ७६ करोड, ग्लोबल आइएमईले १५ करोड र कृषि विकास बैंकले ६ करोडले सेयर धितो कर्जा बढाएको छ।
एनआईएमबी बैंकले सेयर धितो कर्जा घटेको छ। पछिल्लो ६ महिनामा बैंकले सेयर धितो कर्जा ८२ करोड ८ लाखले घटेको छ । यसैगरी, हिमालय बैंकको ४० करोड ८ लाख, लक्ष्मी सनराइज बैंकको ४६ करोड १ लाख, माछापुच्छ्रे बैंकले ६ करोड, एनएमबी बैंकले ४४ करोड र प्रभु बैंकले सेयर धितो कर्जा ५४ करोडले घटाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।