logo

अधिकांश वाणिज्य बैंकको नाफा घट्यो

    921   पटक पढिएको


७ माघ/अर्थ र व्यापार – हाल सञ्चालित २० वटा वाणिज्य बैंकहरु मध्ये यसपाली अधिकांशको नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्ममा २०वटा मध्ये चारवटा वाणिज्य बैंकको नफामा वृद्धि भएको छ ।
बाँकी १६ वटा वाणिज्य बैंकको नाफामा कमी आएको हो । बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो चैमाससम्मको अपरिष्कृत वित्तीय विवरणानुसार पुस मसान्तसम्म २० वटा वाणिज्य बैंकले कुल २८ अर्ब ७६ करोड ५३ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा गत वर्षको तुलामा ९.९४ प्रतिशतल कम हो । गत वर्षको सोही अवधिमा २० वाणिज्य बैंकले ३१ अर्ब ९४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यो वर्ष बैंकहरूको खराब कर्जा बढ्दा नाफामा असर देखिएको हो ।
सरकारले मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन, एफपीओको प्रिमियम र अक्सनमा सेयर बिक्री गर्दा लिएको प्रिमियमलाई नाफा मानेर बोनस वितरण गर्ने बैंक तथ वित्तीय संस्थाहरूको नाफामा कर लिएपछि नाफा थप प्रभावित भएको मान्न सकिन्छ ।
गत मंसिर अन्तिम साता सर्वोच्च अदालतले यस्तो कर तिर्नुपर्ने फैसला गरेपछि बैंक तथा वित्तीय संस्थासहित अरू कम्पनीहरूले झन्डै १४ अर्ब रुपैयाँ बुझाएका थिए । यसैको मारमा अधिकांश वाणिज्य बैंक परेका छन् ।
कृषि विकास बैंकले भने नाफामा सुधार गरेको छ । यस अवधिमा यो बैंकले एक अर्ब ५० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म यो बैंक १२ करोड ८९ लाख रुपैयाँ घाटामा थियो ।
यस्तै, नाफा वृद्धि गर्नेमा हिमालयन, प्राइम कमर्सियल र एभरेस्ट बैंक छन् । वित्तीय विवरणानुसार गत वर्षको तुलनामा सबैभन्दा बढी नाफा वृद्धि हिमालयन बैंकले गरेको छ । यो बैंकको नाफा ५७ प्रतिशतले वृद्धि भएको छ । प्राइम कमर्सियल बैंकको ३२ प्रतिशत र एभरेस्ट बैंकको नाफा करिब ८ प्रतिशतले वृद्धि भएको छ ।
पुस मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । यो बैंकले तीन अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । ग्लोबल आइएमई बैंकले दुई अर्ब चार करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
समिक्षा अवधीमा सर्वाधिक नाफा घट्नेमा नेपाल बैंक लिमिटेड छ । यो बैंकको नाफा ४९ प्रतिशतभन्दा बढीले घटेको छ । एनआईसी एशिया बैंकको करिब ४२ प्रतिशतले नाफामा कमी आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।