logo

अधिकांश वाणिज्य बैंकको नाफा घट्यो

    782   पटक पढिएको


७ माघ/अर्थ र व्यापार – हाल सञ्चालित २० वटा वाणिज्य बैंकहरु मध्ये यसपाली अधिकांशको नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्ममा २०वटा मध्ये चारवटा वाणिज्य बैंकको नफामा वृद्धि भएको छ ।
बाँकी १६ वटा वाणिज्य बैंकको नाफामा कमी आएको हो । बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो चैमाससम्मको अपरिष्कृत वित्तीय विवरणानुसार पुस मसान्तसम्म २० वटा वाणिज्य बैंकले कुल २८ अर्ब ७६ करोड ५३ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा गत वर्षको तुलामा ९.९४ प्रतिशतल कम हो । गत वर्षको सोही अवधिमा २० वाणिज्य बैंकले ३१ अर्ब ९४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यो वर्ष बैंकहरूको खराब कर्जा बढ्दा नाफामा असर देखिएको हो ।
सरकारले मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन, एफपीओको प्रिमियम र अक्सनमा सेयर बिक्री गर्दा लिएको प्रिमियमलाई नाफा मानेर बोनस वितरण गर्ने बैंक तथ वित्तीय संस्थाहरूको नाफामा कर लिएपछि नाफा थप प्रभावित भएको मान्न सकिन्छ ।
गत मंसिर अन्तिम साता सर्वोच्च अदालतले यस्तो कर तिर्नुपर्ने फैसला गरेपछि बैंक तथा वित्तीय संस्थासहित अरू कम्पनीहरूले झन्डै १४ अर्ब रुपैयाँ बुझाएका थिए । यसैको मारमा अधिकांश वाणिज्य बैंक परेका छन् ।
कृषि विकास बैंकले भने नाफामा सुधार गरेको छ । यस अवधिमा यो बैंकले एक अर्ब ५० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म यो बैंक १२ करोड ८९ लाख रुपैयाँ घाटामा थियो ।
यस्तै, नाफा वृद्धि गर्नेमा हिमालयन, प्राइम कमर्सियल र एभरेस्ट बैंक छन् । वित्तीय विवरणानुसार गत वर्षको तुलनामा सबैभन्दा बढी नाफा वृद्धि हिमालयन बैंकले गरेको छ । यो बैंकको नाफा ५७ प्रतिशतले वृद्धि भएको छ । प्राइम कमर्सियल बैंकको ३२ प्रतिशत र एभरेस्ट बैंकको नाफा करिब ८ प्रतिशतले वृद्धि भएको छ ।
पुस मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । यो बैंकले तीन अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । ग्लोबल आइएमई बैंकले दुई अर्ब चार करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
समिक्षा अवधीमा सर्वाधिक नाफा घट्नेमा नेपाल बैंक लिमिटेड छ । यो बैंकको नाफा ४९ प्रतिशतभन्दा बढीले घटेको छ । एनआईसी एशिया बैंकको करिब ४२ प्रतिशतले नाफामा कमी आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।