logo

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु, सिभिललाई सेफ ल्याण्डिङ गराई मर्ज गराउने भूमिका सिभिलका अध्यक्ष पाण्डेको

    686   पटक पढिएको

१२ फागुन/अर्थ र व्यापार – हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै एकीकृत कारोबार सुरु भएको छ । हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले शुक्रबार एक समारोहकाबीच एकिकृत बैंकिङ कारोबार सुरु गरेका हुन्। सिभिललाई समाहित गरेपछि थप उत्कृष्ठताका साथ समृद्धिको बाटोमा अघि बढ्ने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाएका छन्। मर्जपछि हिमालयन बैंकको कुल पुँजी ३४ अर्ब, कुल सम्पत्ति ३ खर्ब ३४ अर्ब रुपैयाँ पुग्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

यस्तै बैंकको निक्षेप २ खर्ब ७४ अर्ब, कर्जा लगानी २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ। बैंकको १८९ वटा शाखा, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएम बुथबाट सेवा प्रवाह गर्ने बैंकले जनाएको छ।  सो अवसरमा सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले आगामी दिनमा झन सक्षम र सबल हुनका लागि दुई बैंक एक भएको बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोकशम्शेर राणाले हिमालयन बैंक देशकै उत्कृष्ठ र सबल वित्तीय संस्था भएको बताए।

आगामी दिनमा लगानीकर्तालाई उच्चतम् प्रतिफल दिनुका साथै ग्राहकहरुलाई नविनतम प्रविधियुक्त सेवा दिने उनले जानकारी दिए। सिभिललाई समाहित गरेपछि पनि सञ्चालक समिति हिमालयनकै हुने भएको छ।यस्तै अध्यक्ष तथा सिइओ हिमालयन बैंकबाट हुने छ। सिभिल र हिमालयन बैंक १००ः८० अनुपातमा मर्ज भएका हुन्। मर्जर कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोक राणाले नौं महिनाको लामो छलफलपछि हिमालयन र सिभिल बैंक मर्जरमा जान सफल भएको बताए । दुवै बैंकका लागि यो मर्जर ऐतिहासिक भएको भन्दै उनले अहिले अवस्थामा ठूला बैंक आवश्यक ठानेर यि दुई बैंक आपसमा मर्ज भएको बताए । उनले जानकारि गराए अनुसार एकीकृत भएसँगै बैंकको शाखा १८९ र २० वटा एकस्टेन्सन काउन्टर हुने छ भने कर्मचारी १९७३ जना हुनेछन् ।
हिमालयन बैंकले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो । मर्जरसँगै सिभिल बैंकको १०० कित्ता सेयर हुनेको हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ ।
एकीकृत कारोबार भएसगै बैंकको कुल पुँजी ३४ अर्ब, कुल निक्षेप २ खर्ब ७४ अर्ब, कुल कर्जा २ खर्ब ५० अर्ब पुग्ने छ ।
सिभिल बैंकलाई सेफ ल्याण्डिङ गराएर यसरी मर्जको वातावरण बनाउने सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेको एकदमै ठुलो भूमिका छन । उनको यो भूकिलाई सिभिल बैंकका कर्मचारीहरुले पनि राम्रो सफलता नै भएको बताईरहेका छन ।
नेपाल राष्ट्र बैंकले केही वर्षदेखि नै बैंकहरूलाई मर्जरमा जान दबाब दिइरहेको थियो। धेरै ठूला बैंक मर्जरमा गइरहेका बेला सिभिललाई पनि दबाब धेरै थियो । तर, सिभिललाई जुन–जुन बैंकले प्रस्ताव गरे, तिनले सिभिललाई सम्मानजनक हैसियत दिन मानेन् । फलस्वरूप सिभिल सञ्चालकहरूले मर्जरका लागि बैंक छान्ने भन्दा पनि आफ्ना वित्तीय सूचक बढाउने, बिजनेस बढाउने र खराब कर्जा हटाउने अभियान अगाडि बढायो।
यसैगरि, सिभिल बैंकलाई प्रविधिमैत्री बनाउन फाइल बोकेर हिँड्नुपर्ने बाध्यता हटाउँदै पूर्णप्रविधि मैत्री बनाउन पनि सिभिल बैंकका अध्यक्ष पाण्डे लागिपरे । चार वर्षमा ३ लाख ग्राहकबाट एकैपटक ८ लाखमा पुर्याउन सफल भएको सिभिल बैंकका अध्यक्ष पाण्डेको भनाई थियो ।
३० वर्षे इतिहास बोकेको हिमालयन बैंकसँग १२ वर्षअघि स्थापना भएको सिभिल बैंक मर्जरमा जान पाउनु नै सौभाग्य भएको बताउँदै सिभिल बैंकका अध्यक्ष पाण्डेले भने , ‘अहिलेको अवस्थामा अन्तिम स्थानमा रहेको बैंक एकैपटक सातौं वरियतामा आइपुगेको छ। यसले ग्राहकको विश्वास झनै बढेर जाने छ।’
सोही कारण मर्ज भएको यि दुबै बैंकले शुक्रबारबाट एकीकृत कारोबार गरेको हो । सिभिल हिमालयन बैंकमा समाहित भएपछि बैंकको कुल पुँजी बढेर ३४ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप २ खर्ब ७४ र कर्जा लगानी २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । यस्तै शाखा संख्या १ सय ८९ पुगेको सो बैंकले जनाएको छ ।
हिमालयन बैंक र सिभिल बैंकबीच १ सयबराबर ८० कित्ता (१००ः८०) को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) अर्थात् सिभिल बैंकको १ सय कित्ता सेयरबराबर हिमालयन बैंकको ८० कित्ता सेयर अनुपात कायम भएको छ ।
सिभिललाई ८० रुपैयाँको स्वाप दिन हिमालयनलाई बाध्य पार्ने ‘फ्याक्टर’ मा अध्यक्ष र सञ्चालकको ‘डिल’ मात्र नभई उच्च व्यवस्थापनले बैंकको वित्तीय स्वास्थ्यमा ल्याएको तीव्र सुधार पनि हो । पाण्डेकै भूमिकाले नै पछिल्लो समय अहिले मर्जमा गएको सिभिल बैंकको वित्तीय अवस्थामा निकै ठूलो सुधार भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।