logo

सेञ्चुरी बैंक प्रभुमा गाभिएसंगै प्रभुको एकीकृत कारोबार सुरु

    733   पटक पढिएको


२६ पुस/अर्थ र व्यापार – सेञ्चुरी कमर्सियल बैंक प्राप्ति गरेपछि मंगलबारदेखि प्रभु बैंकले एकीकृत कारोबार थालेको छ । प्राप्तिपछि प्रभु बैंक लिमिटेडकै नामबाट नयाँ बैंक सञ्चालनमा आएको छ । प्रभु बैंक हालसम्म ८ वटा बैंक तथा वित्तीय संस्थालाई गाभेर ३ खर्ब ४० अर्ब सम्पत्तिको बनेको छ ।
अब नयाँ बैंकको चुक्ता पुँजी २३ अर्ब रुपैयाँ नाघेको छ । निक्षेप २ खर्ब ४८ अर्ब र कर्जा प्रवाह २ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । करिब ३० लाख ग्राहक संख्या रहेको नयाँ बैंकले ३ सय ६५ शाखा, ३ सय ९ एटीएम र ७२ एक्स्टेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रवाह गर्नेछ ।
गाभिएपछि पनि बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी अशोक शेरचनले नै पाएका छन् । आगामी दुई वर्षमा बैंक सबै पक्षबाट अझ सबल र सुदृढ हुने सीईओ शेरचनले बताए ।
‘सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्तिपछि नेपालको बैंकिङ इतिहासमा फेरि अर्को इँटा थपिएको छ । आगामी दिनमा बैंकलाई नयाँ उचाइमा पु¥याउन, ग्राहकलाई अब्बल सेवा दिन, अर्थतन्त्रमा योगदान पु¥याउन र सेयरधनीलाई उचित प्रतिफल दिन हामी प्रतिबद्ध छौं,’ उनले भने, ‘आजैदेखि हाम्रा ग्राहकले सेवामा फरकपन महसुस गर्न सक्नुहुनेछ ।’
बैंक तथा वित्तीय संस्था सबै पक्षबाट बलियो भए मात्र मुलुकको आर्थिक समृद्धिमा योगदान पुग्ने प्रतिनिधिसभाका सांसद एवं प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनले बताए । कम्तीमा ३३ प्रतिशत महिलालाई रोजगारी दिनुपर्ने नेपालको संविधानको व्यवस्था प्रभु बैंकले पूर्ण रूपमा पालना गरेको पनि उनको भनाइ छ । हाल बैंकमा ६२ प्रतिशत पुरुष र ३८ प्रतिशत महिला कर्मचारी कार्यरत रहेको उनले जनाए ।
‘मर्जर वैवाहिक जीवनभन्दा पनि बलियो नाता हो,’ भट्टचनले भने, ‘विवाहपछि मन मिलेन भने अलग–अलग हुन पाइन्छ । तर मर्जरमा त्यो सम्भव हुँदैन । मन मिले पनि, नमिले पनि सँगै छुट्टिन पाइँदैन ।’ यसकारण पनि दुई बैंकबीचको मर्जरपछि आपसमा मनमुटाव आउन नदिएर झन् सबल र सुदृढ बनाएर अघि बढ्न उनले बैंक व्यवस्थापन पक्षलाई आग्रह गरे ।
प्रभु बैंक ८ वटा बैंक तथा वित्तीय संस्थालाई गाभेर अहिलेको अवस्थामा आइपुगेको हो । यसले यसअघि पनि साविकका ग्रान्ड बैंक र किस्ट बैंकसहित तीन वटा विकास बैंक र दुई वटा फाइनान्स कम्पनीलाई आफूमा गाभिसकेको छ । नयाँ बैंकको सञ्चालक समितिमा प्रभु बैंकका तर्फबाट ४ जना र साविकको सेञ्चुरी बैंकका तर्फबाट तीन जना गरी ७ जना चुनिएका छन् । बैंक सञ्चालक समिति अध्यक्षमा लीलाप्रकाश सिटौला चयन भएका छन् । बैंक सञ्चालक समितिको बैठकले मंगलबार सिटौलालाई अध्यक्षमा चुन्ने निर्णय गरेको हो । सिटौला यसअघि पनि प्रभु बैंकका अध्यक्ष थिए ।
एकीकृत कार्यक्रममा बैंकका अध्यक्ष सिटौलाले नयाँ बैंकसँगै आकार पनि बढेकाले सेवा प्रवाहमा पनि विशिष्टता थपिएको बताए । ‘सेञ्चुरीलाई प्राप्तिपछि सम्पत्तिको आकार पनि ३ खर्ब ४० अर्बको पुगेको छ,’ उनले भने, ‘त्यसले कति अतिरिक्त सम्पत्ति आर्जन गर्छ, त्यो हेर्न बाँकी छ ।’
प्रभु बैंकमा गाभिने विषय एक साहसिक निर्णय भएको सेञ्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको दाबी छ । ‘प्रभु जस्तो स्थापित बैंकसँग प्राप्तिमा जाने निर्णय आफैंमा चानचुने थिएन,’ उनले भने, ‘यसकारण यस निर्णयमा केही साथीको मतभिन्नता पनि थियो । अन्ततः उक्त प्रक्रियामा सफल अवतरण भएको छ ।’ आउने दिनमा सञ्चालक समिति र व्यवस्थापन मिलेर उत्कृष्ट सेवा प्रदान गर्ने र यस क्रममा अवरोधहरूलाई फन्छाउँदै अघि बढ्नुपर्ने उनको तर्क छ ।

आगामी दिनमा प्रभु बैंक अझ बढी सबल बैंक बन्ने साविकको सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपानेले बताए । ‘फरक ढंगले अघि बढिरहेको सेञ्चुरी प्रभु बैंकसँगै मिलेपछि नयाँ सिनर्जी आउने पक्का छ,’ उनले भने, ‘सेवाको गुणस्तर र वित्तीय पहुँचमा नयाँ व्यवस्थापनले अझ राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।