logo

सम्पत्ति शुद्धीकरणको जोखिम रोक्ने जिम्मा बैंक सञ्चालकलाई

    591   पटक पढिएको


१८ मंसिर/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिम मूल्याङकनमा बैंक/वित्तीय संस्थाका सञ्चालक र उच्च व्यवस्थापनको मूख्य भुमिका रहने औंल्याएको छ। केन्द्रीय बैंकले जोखिम मूल्याङकन सम्बन्धी मागदर्शन २०२२ लागु गर्दै सम्पत्ति शुद्धीकरणको जोखिम न्यूनीकरणका लागि सञ्चालक र उच्च व्यवस्थापनलाई थप जिम्मेबार बनाएको हो ।
राष्ट्र बैंकले आइतबार देखि लागु गरेको ‘एमएल/टीएफ रिस्क ऐसेसमेन्ट गाइडलाइन्स फर बैंक एण्ड फाइनान्स २०२२’ अनुसार सम्पत्ति शुद्धीकरण÷आतंकारी क्रियाकलापमा वित्तीय लगानी निरुत्साहन गर्न सञ्चालक तथा उच्च व्यवस्थापनको मूख्य भुमिका हुन्छ ।
यस्ता क्षेत्रको लगानी निरुत्साहन गर्न वा जोखिम कम गर्ने भनेको बैंक वित्तीय संस्थाका सञ्चालक वा उच्च व्यवस्थापन मार्फत सम्भव हुने मार्गदर्शनमा उल्लेख छ । सञ्चालक तथा उच्च व्यवस्थापनले त्यसका लागि प्रतिवद्ध भइ सुरुवात गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा छ ।
बोर्डले संस्थाको नियामकीय परिपालना र कर्मचारीहरुले आन्तरिक कार्यविधि, नीति, अभ्यास र प्रक्रियालाई पालना गरे नगरेको ध्यान दिनुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ । त्यसैगरी बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी नीतिहरुको स्वीकृत र समिक्षा गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।
सञ्चालक र उच्च व्यवस्थापनले यस्ता काम गरेको खण्डमा सम्पत्ति शुद्धीकरण जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने मार्गदर्शनमा छ । सञ्चालकले सम्पत्ति शुद्धीकरणको जोखिम काम गर्नका लागि ग्राहक स्वीकृत गर्दा संस्थाको जोखिम क्षमतालाई ध्यानमा राख्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ । त्यसैगरी मार्गदर्शन अनुसार आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्ने र उच्च व्यवस्थापनसंगको सक्रिय छलफलमा सञ्चालन हुनुपर्ने व्यवस्था गरेको छ ।
बोर्ड उच्च व्यवस्थापनले चालेका कदमहरु उपयुक्त छन् भन्नेमा निश्चित हुनुपर्ने व्यवस्था समेत मार्गदर्शनमा गरिएको छ । सम्पत्ति सु्द्धिकरण र अपराधिक गतिविधिमा वित्तीय लगानी हुन सक्ने जोखिमको पहिचान, मापन, मोनिटर र न्यूनीकरण गर्न जनचेतना बढाउनमा उच्च व्यवस्थपन जिम्मेबारी हुने व्यवस्था गरिएको छ ।
यसैगरि, संस्था भित्रको आन्तरिक प्रणाली, नीति तथा प्रक्रियाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने व्यवस्था समेत मार्गदर्शनमा उल्लेख छ । बैंक वित्तीय संस्थाले ल्याउने प्रडक्ट तथा प्रदान गर्ने सेवामा पनि धेरै सम्पत्ति सुद्धिकरण र अपराधिक क्रियाकलापमा लगानी बढाउने जोखिम हुन्छ । बैंकहरुले सञ्चालन गर्ने प्रडक्टहरुमा ठुलो आकारको नगद कारोबार, तेस्रो पक्षको सहभागिता हुने हुनाले यसमा नदेखिने खालको जोखिम हुन सक्छ ।
त्यसैले जोखिम मूल्याङकन प्रक्रियामा बैंक वित्तीय संस्थाले कारोबारको आकार, औसत कारोबार, बैदेशिक कारोबारको हिस्सा, नगद कारोबारको लेभल, प्रडक्टको जटिलता र पारदर्शिता लगायतका विषयमा ध्यान दिनुपर्ने व्यवस्था मार्गदर्शनमा छ ।
बैंक वित्तीय संस्थाले प्रदान गरेको सेवामा तेस्रो पक्षको सहभागितालाई पनि ध्यान पुर्वक हेर्न मार्गदर्शनले सुझाएको छ । बैंक वित्तीय संस्थाले नयाँ प्रडक्ट ल्याउँदै गर्दा सम्पत्ति शुद्धीकरणको जोखिम न्यूनीकरणको संयन्त्र तयार गरेको हुनुपर्छ । त्यसका लागि मार्गदर्शनले सेवा तथा प्रडक्टहरु तोकेको पनि छ ।
बैंक वित्तीय संस्थाले ब्याज आउने र नआउने दुबै खालका निक्षेप खाताको तथा कर्जा गतिविधिमा हुने जोखिम न्यूनीकरणलाइ ध्यान दिनु पर्छ । कर्जाको भुक्तानी नगदमा, कर्जाको तत्काल चुक्ता नगर्ने वा मार्केटयबल सेक्यूरीटी धितोमा राखेको छ भने त्यस्तो अवस्थामा बैंक व्त्तिीय संस्थाले सम्पत्ति शुद्धीकरणको जोखिम न्यूनीकरणको उपाय अबलम्बन गर्नुपर्ने व्यवस्था छ ।
त्यसैगरी, मार्गदर्शनले जोखिम हुने क्षेत्रमा विद्युतीय बैंकिङ, टे«ड फाइनान्सीङ, तेस्रो पक्ष भुक्तानी प्रक्रिया, क्रसपोण्डेन्ट बैंकिङ सर्भिसेज, सेफ डिपोजिट भल्ट, डिपोजिटरी सर्भिसेज, मार्केट मेकर फर गभरमेन्ट सेक्यूरीटीज लगायत उल्लेख गरेको छ ।
यस्तो सेवा प्रदान गर्दै बैंक वित्तीय संस्थाले जोखिम न्यूनीकरणको संयन्त्रलाइ चनाखो बनाइराख्नु पर्ने हुन्छ । बैंक वित्तीय संस्थाले जोखिम न्यूनीकरण गर्न आफुले सञ्चालन गर्ने योजनाहरुले गुमनामदातालाई अनुमती दिन्छ की दिदैन भनेर हेर्नुपर्ने व्यवस्था सो मार्गर्दशनले गरेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी ग्राहकको हिताधिकारीले लुकाएको वा नलुकाएको , सम्पत्तिको स्रोत लुकाएको छ या छैन ?, तेस्रो पक्षलाइ भुक्तानी अनुमती दिन्छ वा दिदैन ?, नगद कारोबारलाई प्रोत्साहन गर्छ वा गर्दैन ?, योजनाले बारम्बार ठुलो आकारको कारोबारको अनुमती दिन्छ वा दिदैन भन्ने प्रश्नहरुको जवाफ खोजेको हुनुपनेमा जोड दिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी योजनालाई नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाइ तथा नेशनल रिस्क ऐसेसमेन्टले पहिचान गरेको छ की छैन भन्ने विषयलाई समेत ध्यान दिनुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ ।
यस्तो जोखिम न्यूनीकरणका लागि बैंक वित्तीय संस्थाले ग्राहकको पहिचान, डेलिभरी च्यानल र जोगराफिकल लोकेसनको विषयमा पनि विषेश ध्यान दिनुपर्ने व्यवस्था मागदर्शनले गरेको छ । यसका लागि केन्द्रिय बैंकले निर्देशन पनि जारी गरिसकेको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीहरूले पालना गनुपर्ने आचरण सम्बन्धमा सदाचार नीति तर्जुमा गरी लागू गर्न निर्देशन समेत दिइसकेको छ ।
आतंवादी क्रियाकलाप तथा आम विनाशकारी हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धमा निरन्तर अनुगमन गर्नको लागि कार्यप्रणाली अवलम्बन गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।